बिरामीमाथि बलात्कार प्रयास गर्ने डा.झा निलम्वित !

स्वास्थ्यसमाचार । बिरामीमाथि बलात्कारको प्रयासको आरोप लागेका डा. रोहितकुमार झा निलम्बित भएका छन्।

धेरै गुनासो आएपछि आइतबार नै डा. झालाई निलम्बन गरेको मेडिसिटी अस्पतालकी मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिइन्। डा.झाले दुई महिना अघिबाट मात्र अस्पतालमा काम शुरु गरेका थिए।

उपचारका लागि आएकी एक युवतीमाथि बलात्कार प्रयासको आरोपमा प्रहरीले सोमबार उनलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार उपचारका लागि आइतबार अस्पताल गएकी ती युवतीले आफूमाथि डा. झाले बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएपछि प्रहरीले झालाई पक्राउ गरेको हो।

सम्बन्धित शिर्षक :