नसर्ने रोगको प्रकोप बढदै :प्रदेश ५मा ९१ हजार भन्दा बढीमा मुटुरोग सम्बन्धी समस्या

मदन शर्मा स्वास्थ्यसमाचार /नसर्ने रोग यतिबेला विश्वकै एउटा मुख्य चासोकोे विषय बनेको छ । पछिल्ला केही वर्ष यता विश्वभर नै नसर्ने रोग तथा यससँग सम्बन्धीत समस्याहरु बढेको पाईएको छ । र अहिलेको अवश्स्थामा यो विषय विश्वव्यापी रूपमै चिकित्सा विज्ञानका निम्ति चुनौतीको विषय बनिरहेकोे छ । एक व्यक्ति बाट अर्को व्यक्तिमा नसर्ने दिर्घ रोग, सुक्ष्म जीबाणु माध्यमबाट नहुने रोग लाई साधारणतया नसर्ने रोग अथवा नन् कम्युनीकमेवल डिजीजेज भनिन्छ । यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई लाइफ स्टाइल डिजिज समेत भन्ने गरिन्छ । यसमा मुख्य गरेर मुटु सम्बन्धी रोग, क्यान्सर, मधुमेह,…

नेपालमै पहिलो खोप लगाउनु पूर्व वच्चाको स्वास्थ्य परिक्षण गर्ने गाँउपालिका मायादेवी

स्वास्थ्यसमाचार/ रुपन्देहीको मायादेवी गाँउपालिकाको स्वास्थ्य शाखाले वालवालिकाको स्वास्थ्य परिक्षण गरेर मात्र खोप लगाउने परिपार्टीको शुरुवात गर्ने निर्णय गरेको छ । स्वास्थ्य शाखाले गाउपालिकाका ४ वटा स्वास्थ्य संस्थामा कार्यरत १५ जना स्वास्थ्यकर्मीलाई खोप लगाउनु पूर्व वालवालिकाको स्वास्थ्य परिक्षण अनिवार्य गर्ने गरि प्रशिक्षण प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख भास्कर आत्रेयले बताए । विशेष गरि नेपाल सरकारले १५ महिना मुनीका वालवालिकालाई निशुल्क रुपमा विभिन्न ११ प्रकारका रोग विरुद्धको खोप लगाउने गर्दछ । \नेपाल सरकारले १५ महिना मुनिका वालवालिकालाई क्षयरोग, भ्यागुते, लहरेखोकी, धनुष्टकार, हेपाटाईटिस बी, होम फिलोस ईन्फून्जा टाईव बी, पोलियो, दादुरा, रुवेला, जापानिज…

प्रदेश पाँच सुर्तिजन्य र कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा नेपालकै अग्रस्थान

स्वास्थ्यसमाचार/सुर्तिजन्य पदार्थ र पिउनलाई अयोग्य वा कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा प्रदेश नम्बर पाँच नेपालकै अग्रस्थानमा रहेको एक अध्ययनले देखाएको छ । सुर्तिजन्य पदार्थमा चुरोट ,विडी, तमाखु,सुर्तिजन्य गुडखा,पानपराग, पान ,सुर्ति पर्ने गर्दछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद काठमाण्डौले गत फेबु्रअरी देखि मे २०१९ सम्ममा गरेको सर्वेक्षणमा नेपालमा कुल जनसंख्याको २८ दशमलव ९ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको राष्ट्रिय तथ्याङक रहेकोमा प्रदेश पाँचमा भने ३६ दशमलव ६ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको प्रतिवेदन मा उल्लेख गरिएको छ । राष्ट्रिय तथ्याङक भन्दा प्रदेश पाँचमा ७ दशमलव ७ प्रतिशत जनताले…

तौलिहवा अस्पतालमा एनआई सियु सेवा छिट्टै :मन्त्री बराल

स्वास्थ्यसमाचार/ प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले तौलिहवा अस्पतालमा एन आई सियु सेवा बिस्तार गर्ने बताएका छन । अस्पतालमा सुत्केरी हुन आउनेको संख्या धेरै देखिएकोले अस्पतालमा एनआईसियु आबश्यकता रहेकोले बताए। अस्पताल अनुगमन गर्न तौलिहवा पुगेका मन्त्री बरालले एन आई सियु सेवा  छिटै यो सेवा सुरु हुने बताएका छन । अस्पतालको विकासका लागि प्रदेश सरकार विशेष सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । तौलीहबा अस्पतालको बारेमा रत्नाकर शुक्लाले अबस्था कर्मचारी दरबन्दी भौतिक अबस्थाको बारे मन्त्री बरालललाई जानकारी गराएका थिए । मन्त्री बरालको साथमा प्रदेश सभा सदस्यहरु धर्म बहादुर लाल श्रीवास्तव,…

निःशुल्क स्वास्थ्य शिविरमा एकहजार बढीको परीक्षण

स्वास्थ्यसमाचार /लायन्स क्लब अफ सिद्धार्थनगर युथले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित आमामा निःशुल्क स्वास्थ्य शिविर तथा मधुमेह परीक्षण गरेको छ । स्वास्थ्य संस्थासम्म पहुँच नभएका ग्रामीण क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक तथा क्लबका प्रशासक प्रशान्त श्रीवास्तवले बताए । कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले ग्रामीण क्षेत्रमा क्लबले स्वास्थ्यसंग सम्बन्धित कार्यक्रम लैजानु उदाहरणीय रहेको बताए । उनले स्वास्थ्य क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्नेमा जोड दिए । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य अष्टभुजा पाठकले सरकारले गर्नुपर्ने काम लायन्स…

तम्घास अस्पताललाई बेबी वार्मर र फोटो थेरापी मेसिन हस्तान्तरण

स्वास्थ्यसमाचार /जिल्लाअस्पताल गुल्मीलाई लायन्स क्लब अफ तम्घासले सातलाख बराबरको साम्रगी हस्तान्तरण गरेको छ ।नबजात शिशुहरुको जन्म हुँदा चिसोबाट बचाउनका लागि प्रयोग गरिने बेबी वार्मर र फोटो थेरापी मेसिन अस्पताललाई हस्तान्तरण गरेको हो अस्पताललाई सामाग्री हस्तान्तरण गदै लायन्स क्लब अफ तम्घास का अध्यक्ष बालसिंह काउछाले क्लबले गरेको सानो सहयोगले नबजात शिशुहरुको अकालमै मृत्यू हुने अबस्थाको अन्त्य गर्नका लागि सहयोग पुग्ने बताए । उनले दुखी गरिब बिपन्न र अशक्तहरुलाई सहयोग गर्दै आएको वताउदै साउन ७ गते सत्यवती गाउँपालिकामा गएको पहिरो पीडितहरुका लागि पनि सहयोग गरेको बताए । सामग्री बुझ्दै अस्पतालका प्रमुख डाक्टर…

भैरहवा युनिभर्सल मेडिकल कलेजका विद्धार्थीको आन्दोलन स्थगित

स्वास्थ्यसमाचार, २२ मंसिर । भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र विद्धार्थीबीच सहमति भएको छ । कलेजले लिएको बढि शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै एकमहिना बढि लामोसमयदेखी सङ्घर्षरत विद्धार्थीले आन्दोलन स्थगन गरेका छन् । शिक्षा मन्त्री गिरिराजमणि पोखलेरका स्वकीय सचिव पुरन केसीको नेतृत्वमा शनिवार राति भएको ६ बुँदे सहमतिमा शैक्षिक वर्ष २०७५/०७६ को हकमा विद्यार्थीले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्कसमेत तिरिसकेको हकमा त्रिवि रजिष्टेसन शुल्क, काउन्स्लि रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम दोस्रो किस्तामा समायोजन गर्ने जनाइएको छ । सहमतिपत्रमा कलेजको तर्फबाट अजयकुमार…

देवदहमा लायन्स आखाँ अस्पताल भवनको शिलान्यास

स्वास्थ्यसमाचार/देवदहमा लायन्स आखा अस्पताल बन्ने भएको छ । आज एक कार्यक्रमका बिच पुर्बमन्त्री तथा सघिय ससंदका सासंदका छबिलाल बिश्वकर्माले लायन्स आखा अस्पताल भवनको शिलान्यास गरे । शिलान्यास कार्यक्रममा बोल्दै बिश्वकर्माले देवदहमा आखा अस्पताल निर्माणले स्वास्थ्य क्षेत्रमा एउटा इटा थपिने वताए ।स्वास्थ्य मानिसको सबै भन्दा ठुलो सम्पती भएको भन्दै अस्पतालले सो क्षेत्रका सर्ब साधरण लाई सहज तरिकाले सेवा प्रवाह गर्नु पर्ने वताए । बर्तमान सरकार जनताको स्वास्थ्य प्रति सचेत रहेको भन्दै ससंद बिकाश कोषको केही रकम आफुले अस्पताल निर्माणमा सहयोग गरेको बताए ।उनले अस्पताल निर्माणमा सहयोग गर्न सम्पुर्ण देवदहबासी लाइ आग्रह…

लुम्बिनी प्रादेशिक अस्पतालको सेवाप्रति ९७ प्रतिशत बिरामी असन्तुष्ट

रुपन्देही- लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरु असन्तुष्ट देखिएका छन्। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक एक हजार २०० बिरामी उपचारका लागि आउने गरे पनि अधिकांशले अस्पतालको उपचार सेवा राम्रो नभएको बताएका छन्। अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारदेखि सरसफाइ, खानेपानी र फार्मेसी सेवा सम्बन्धमा पनि बिरामीले गुनासो गरेका छन्। प्रदेश नं ५ को सरकारले अस्पतालले दिने सेवा सम्बन्धमा गरेको अध्ययनमा अधिकांश बिरामीले अस्पतालको सेवाबाट असन्तुष्टि व्यक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एवं टेकनारायण पाण्डेले बताए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको सर्वेक्षणअनुसार अस्पताल आउने बिरामीमध्ये ९७ प्रतिशत बिरामीले अस्पतालको सेवाबाट सन्तुष्ट नभएको…

चितवन मेडिकल कलेजका बिद्यार्थीमाथि प्रहरीद्वारा लाठीचार्ज !

स्वास्थ्य समाचार, २० मङ्सिर । चितवन मेडिकल कलेजमा धर्ना बसेका बिद्यार्थी माथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट एमबिबिएसका बिद्यार्थीहरु घाइते भएका छन । लाठीचार्जबाट चितवन मेडिकल कलेज दोस्रो वर्षमा अध्यनरत पिश जोन जोशी र प्रथम वर्षमा अध्ययनरत भावना राजवंशी घाइते भएका छन । कलेजकाे प्रशासन शाखामा बिद्यार्थीले लगाएको ताला बिना जानकारी खोलिएको भन्दै बिद्यार्थीद्वारा प्रदर्शनको क्रममा प्रहरीले लाठीचार्ज गरेपछि बिद्यार्थीहरु थप आक्रोशित भइ प्रहरीसंग झडपको स्थिति बनेको थियो ।