स्वास्थ्यसमाचार/ प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले तौलिहवा अस्पतालमा एन आई सियु सेवा बिस्तार गर्ने बताएका छन ।
अस्पतालमा सुत्केरी हुन आउनेको संख्या धेरै देखिएकोले अस्पतालमा एनआईसियु आबश्यकता रहेकोले बताए। अस्पताल अनुगमन गर्न तौलिहवा पुगेका मन्त्री बरालले एन आई सियु सेवा छिटै यो सेवा सुरु हुने बताएका छन ।
अस्पतालको विकासका लागि प्रदेश सरकार विशेष सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । तौलीहबा अस्पतालको बारेमा रत्नाकर शुक्लाले अबस्था कर्मचारी दरबन्दी भौतिक अबस्थाको बारे मन्त्री बरालललाई जानकारी गराएका थिए ।
मन्त्री बरालको साथमा प्रदेश सभा सदस्यहरु धर्म बहादुर लाल श्रीवास्तव, प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति दिर्घ नारायण पाण्डेय, फौजिया नसिम, नेकपाका नेता दीपक पाण्डेय लगायतको सहभागिता रहेको थियो ।