भैरहवा युनिभर्सल मेडिकल कलेजका विद्धार्थीको आन्दोलन स्थगित

स्वास्थ्यसमाचार, २२ मंसिर । भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र विद्धार्थीबीच सहमति भएको छ । कलेजले लिएको बढि शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै एकमहिना बढि लामोसमयदेखी सङ्घर्षरत विद्धार्थीले आन्दोलन स्थगन गरेका छन् ।

शिक्षा मन्त्री गिरिराजमणि पोखलेरका स्वकीय सचिव पुरन केसीको नेतृत्वमा शनिवार राति भएको ६ बुँदे सहमतिमा शैक्षिक वर्ष २०७५/०७६ को हकमा विद्यार्थीले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्कसमेत तिरिसकेको हकमा त्रिवि रजिष्टेसन शुल्क, काउन्स्लि रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम दोस्रो किस्तामा समायोजन गर्ने जनाइएको छ ।

सहमतिपत्रमा कलेजको तर्फबाट अजयकुमार पीएस र सन्तोषकुमार बीएन र विद्यार्थीको तर्फबाट १५ जनाले हस्ताक्षर गरेसंगै आन्दोलनका सबै कार्यक्रम स्थगन भएको हो ।

सम्बन्धित शिर्षक :