सामाजीक सेवाईकाले दियो १ बर्षमा ५८ सय नागरिकलाई ८७ लाखको निशुल्क सेवा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको सामाजीक सेवा ईकाईले गरिब अतिविपन्न जेष्ठनगारिक तथा असाहय लैगीक हिसा पिडित मानबसेवा आश्रममा आश्रीत गरि ५ हजार ९ सय ४८ जनाले निशुल्क सेवा लिएका छन ।

सामाजीक सेवा ईकाई प्रमुख नेत्र प्रसाद आर्चायले दिएको जानकारी अनुसार अस्पतालमा बिभिन्न जाचतर्फ ३३ लाख ७९ हजार ३ सय ३८ रुपैया र औषधी तर्फ ५० लाख ५७ हजार ४ सय ४६ रुपैया बराबरको निशुल्क औषधी बितरण गरिएको बताए ।

त्यस्तै सामाजीक सेवा ईकाले गरिब अतिविपन्न जेष्ठनागारिक तथा असहय लैगीकहिसा पिडित अपागलाई उपचारमा आएका लागी खाना तर्फ १ लाख २९ हजार ९ सय ९० नास्ता १२ हजार र यातयातमा १३ हजार रुपैया खर्च भएको प्रमुख आर्चायले बताए ।

अस्पताललमा वार्षिक ८७ लाख भन्दा बढी सामाजीक सेवाईकाईवाट औषधी उपचार खाना नास्ता र यातयातबाट खर्च भएको आर्चायले बताए । उनले दैनीक ३० जना भन्दा बढी सामाजीक सेवाईकाईबाट सेवा लिएको बताए । उनले यो सेवा लिनको लागी नेपालसरकार प्रदेश सरकार र स्थानिय सरकारले जारी गरेको परिचयपत्र वा सिफारिस आबश्यक रहने छ।  १२ किसिमका लक्षित समुहले निशुल्क औषधी र सेवा पाउने ईकाई प्रमुख आर्चायले बताए ।

अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालले सामाजीक सेवाईकाई लाई अझ ब्यबस्थीत गर्दे अस्पतालबाट अहिले सम्म पाउन नसकेको सेवालाई दिने ब्यबस्था मिलाउने अस्पतालमा अपाग जेष्ठनागरिक सयन कक्ष निमार्ण गरिने लगायतका सेवालाई बिस्तार गर्दे सेवा उपलब्ध गराउने डा खनालले बताए ।

सम्बन्धित शिर्षक :