भारतमा फैलिएको कोरोनाको आँधीबेहरी तथा नेपालमा यसको प्रभाव – डा. रवीन्द्र पाण्डे

भारतमा कोरोना संक्रमण प्रतिदिन ५० हजारको आसपासमा बढिरहेको छ । अहिलेसम्म परीक्षण भएका संक्रमित १३ लाख ३६ हजारभन्दा धेरै छन् भने यसको धेरै गुणाको परीक्षण नभएका संक्रमित भएको विश्वास गरिएको छ।

आजसाम्म ३१ हजार ३ सय ५८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ  । हिंजो भारतमा ४ लाख २० हजार व्यक्तिको कोरोना परीक्षण गरिएको छ भने आगामी दिनमा परीक्षणको दायरा बढाउनको लागि ठूला ठूला ल्याब बिभिन्न राज्यमा स्थापना गरिएको छ । सम्पूर्ण नीजी ल्याबलाई ३ हजारमा कोरोना परीक्षण गर्न अनुमति दिइएको छ।

जो भारतमा ११ सय भन्दा धेरैको मृत्यु भएको थियो भने आज ७५० जना संक्रमितको मृत्यु भएको छ ।नेपालसंग सिमाना जोडिएका ४ राज्यमध्ये पश्चिम बङ्गालमा हप्तामा २ दिन लकडाउन गरिएको छ ।  यातायात तथा हवाइजहाज फेरी बन्द गरिएको छ । क्रमितको संख्या ५३ हजारभन्दा धेरै छन् भने आजमात्र २२ सय १६ जनालाई संक्रमण पुष्टि भएको छ। विहारको अवस्था अत्यन्तै नाजुक भइरहेको छ । त्यहाँको परीक्षण प्रति १० लाखमा ३४०० जनामा मात्र भएको छ।  ठूलो जनसंख्या परीक्षणको दायरा बाहिर छ ।

आजको मितिसम्म प्रमाणित संक्रमित ३३ हजार ९ सय २६ छन् भने २२० जनाको मृत्यु भएको छ। आज मात्र बिहारमा २८ सय संक्रमित थपिएका छन्। अस्पतालमा खाली बेड छैनन्। आइसीयु, भेन्टिलेटर तथा अक्सिजनको अभाव छ।  बिरामीहरु निरुपाय बनेका छन् । स्वास्थ्यकर्मीलाई पिपीई को अभाव छ।
उत्तर प्रदेशमा पनि संक्रमण बढिरहेको छ । संक्रमितको संख्या ५८ हजारमाथि छ । आज मात्र २८ सय भन्दा धेरै संक्रमित भएका छन ।

नेपालको भारतसंग १८०० किलोमिटरभन्दा लामो खुला सिमाना भएकोले हामीले त्यहाँको अवस्था बुझेर तदनुसार रणनीति बनाउनु जरुरी छ । अहिलेपनि खुला सिमानाको फाइदा उठाउँदै धेरै भारतीय नेपाल प्रवेश गरिरहेको सुन्नमा आएको छ।  हामीले पुरै सिमाना शिल गर्ने, २४ सै घण्टा गस्ती गर्ने तथा सिमाबासीलाई प्रशिक्षित गर्नु अत्यावश्यक छ ।

भारतको बिहारमा कोरोना संक्रमितमा बिभिन्न लक्षण देखिएका छन् । सास फेर्न गाह्रो हुने, जाडो हुने, पखाला लाग्ने, एकदम कमजोरी महशुष गर्नु लगायतका लक्षण देखिएका छन्। नेपालको सप्तरी, इनरुवा, बिरगंज लगायतका ठाउँमा पनि कोरोना संक्रमितमा त्यस्तै लक्षण देखिएका छन् । यसबाट थाहा हुन्छ कि भारतका सिमाबर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका व्यक्ति वा वारपार ब्यापार गर्ने व्यक्तिबाट नेपालमा कोरोना संक्रमण बढेको छ ।

हाम्रो स्वास्थ्य मन्त्रालयले दिनमा ३- ४ हजारको परीक्षण गरेर संक्रमित घटेको प्रचार गरिरहेको छ । जोखिम समुदायमा परीक्षण नगण्य रुपमा भएको छ। हामीले भारतको नियति नभोग्ने हो भने घटीमा पनि दिनको ३० हजार पिसिआर टेस्ट गर्नु जरुरी छ । Pooling मेथोड़बाट https://www.youtube.com/watch?v=-B6L9SfbMiY&t=368s  पिसिआर टेस्ट गर्ने हो भने दिनमा ४-५ हजार पिसिआर परीक्षण गर्ने साधनस्रोत र जनशक्तिले दिनमा ३०-४० हजारको परीक्षण गर्न सक्छन ।

यसको लागि सरकार इमान्दार र जनताप्रति बफादार भएर लाग्नुपर्यो । स्वतन्त्र विज्ञको आवाज सुन्नुपर्यो  । गणेश प्रवृतिको कारण कुमारहरू निरुत्साहित हुनु दुर्भाग्य हो ।सरकारले जनस्वास्थ्यका मापदण्डलाई अनिबार्य ब्यबस्था गर्नुपर्छ । भारतमा मास्क नलगाउनेलाई ५०- १ लाख जरिवाना गर्दैछ ।  बेलायतले मास्क नलगाउनेलाई १०० युरो जरिवाना तोकेको छ ।

संसारका अधिकांश देशमा मास्क नलगाउने तथा व्यक्तिगत दुरी कायम नगर्ने व्यक्तिलाई निगरानी र जरिवानाको ब्यबस्था गरिएको छ । हाम्रो देशमा कोरोना संक्रमण नियन्त्रणलाई गम्भीरतापूर्वक कदम चालिएको छैन, प्राथमिकतामा राखिएको छैन ।राइट म्यान, राइट प्लेस नहुनु नै हाम्रो दुर्भाग्य हो ।

सरकारले नेपालीबाहेक अन्यको लागि सिमा तथा हवाइ उडान खोल्नु हुँदैन। बिदेशमा रहेका नेपालीलाई निशुल्क वा न्युनतम शुल्कमा स्वदेश आउने वातावरण सरकारले तयार गर्नुपर्छ । तर १ अरब ३० करोड जनसंख्या भएको भारत तथा कोरोना संक्रमण निकै बढिरहेको बंगलादेश ९ २ लाख २० हजारभन्दा धेरै संक्रमित भएको बाट नेपालमा कोभिडको उपचार गर्न, बच्नको लागि वा अन्य उद्देश्यले स्थल तथा हवाइमार्गबाट आए भने हाम्रो देशले धान्न सक्दैन ।

कोरोना संक्रमणको आँधीबेहरी रोक्नको लागि हामी सबैको इमान्दार तथा अनुशाशित प्रतिबद्धता आवश्यक छ । डा रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ हुन ।

सम्बन्धित शिर्षक :