प्रदेश ५ का ६० वटा एम्बुलेन्स अनलाइन जिपीएस ट्राकिङ्ग सुरु

सर्वसाधारणहरुले समयमा एम्बुलेन्स नपाउने अवस्थाको अन्त्य : मन्त्री बराल

स्वास्थ्यसमाचार / प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वाथ्य निर्देशनालयले प्रदेश ५ का ६० वटा एम्बुलेन्सलाईअनलाइन जिपीएस ट्राकिङ्ग सुरु गरेको हो ।

आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको र फोन नउठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भनेर जवाफ आउने गरेको प्रसस्त्र उदाहरण छन् । सोही वाध्यता अन्तय गर्नको लागि प्रदेश सरकारले यो अभियान सुरुवात गरेको हो ।

 

एम्वुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्वुलेन्सको बास्तविक स्थान र अवस्था पहिचान गरी आकस्मिक विरामीलाई छिटो छरितो एम्वुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले हाल प्रदेशका ६० वटा एम्वुलेन्सहरुमा एक्डिभाइस जडान गरी स्वास्थ्य निर्देशनालयमा प्रविधिमा आधारित एम्वुलेन्स सूचना केन्द्रको स्थापना गरिएको हो ।

एम्बुलेन्स सूचना केन्द्रको विहिबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सु्र्दशन बरालले सुभारम्भ गरे । कार्यक्रममा बोल्दै मन्त्री बरालले सर्वसाधारणहरुले समयमा नै एम्बुलेन्स नपाउने अवस्थाको अन्त्य हुने समेत अपेक्षा लिइएको बताए ।

मोवाइल प्रयोगकर्ताहरुका लागि अनलाईन एन्डोईड एप्लीकेशनमा आधारित मोवाइल एपिलेकशनको समेत व्यबस्था गरिएको छ । हेल्प लाइन सेवा २४ सै घण्टा उपलब्ध हुनेछ र आकस्मिक उपभोक्ताले सो हेल्पलाईनमा फोन गरी आफु रहेको स्थानको ठेगाना टिपाइसकेपछि हेल्प लाइनमा रहेका सहयोगी कर्मचारीबाट उक्त स्थानको सवैभन्दा नजिक र खाली रहेको एम्वुलेन्स एकिन गरी उक्त एम्वुलेन्सको चालकको मोवाइल नम्वर सेवाग्राहीलाई उपलब्ध गराइनेछ ।

उक्त एम्वुलेन्सले सो सेवाग्राहीलाई सेवा दिए वा नदिएको जानकारी तुरुन्त इप्रविधि मार्फत अनुगमन गरिनेछ ।प्रदेश ५ का स्वाथ्य निर्देशनालय प्रमुख डा. विनोद कुमार गिरीले एनरोइड मोवाइल प्रयोगकर्ताले मोवाइल एपमा रहेको एम्बुलेन्स नेपाल एप्लीकेशन डाउनलोड गरी अनलाईन जिपीएर लोकेसन मा जिपीएर सुरुजवात गरेपछि आफ्नो नजिक रहेको एम्वुलेन्स देख्न सक्नेछन्।

 

सो एम्बुलेन्समा क्लिक गरिसकेपछि उक्त एम्वुलेन्स आफुभन्दा कति टाढा रहेको र सो एम्वुलेन्सको गतिसमेत हेरी सो एम्वुलेन्स चालकको मोवाइल नम्वरमा क्लिक गरि चालकसँग सम्पर्क गर्नु पर्नेहुन्छ यसरी सिधै सेवा ग्राहिले एम्वुलेन्स सेवा प्राप्त गर्न सक्ने जानकारी दिए ।

आ.व.२०७६/७७ मा प्रदेश सरकारबाट विनियोजित बजेट ३० लाखबाट ३ जना कर्मचारी व्यवस्थापनसहित प्रदेशका सबै जिल्लाका गरी ६० एम्बुलेन्सहरुमा सिपिएस डिभाइस जडान गरिएको निर्देशनालयका प्रमुख गिरीले जानकारी दिए ।

प्रदेश ५ मा हालसम्म ३५० वटा एम्बुलेन्स दर्ता भएका छन् । ती सबै एम्बुलेन्सहरुलाई आगामी वर्षसम्म अनिवार्य जिपिएस सिस्टममा ल्याइने निर्देशनालयले जनाएको छ । जिपिएस जडानको लागि पहिलो पटक प्रदेश सरकारले खर्च गरे पनि यसपछि जडान गरिने जिपिएस डिभाइसका लागि सम्बन्धित एम्बुलेन्सले नै खर्च व्यहोर्नु पर्ने छ ।

एम्बुलेन्स सञ्चालनलाई थप व्यवस्थित बनाउनका लागि कार्यविधि ल्याउन लागिएको निर्देशनालयले जनाएको छ । पहिलो चरणमा जडान गरिएको जिपिएस डिभाइसका लागि प्रति एम्बुलेन्स ५ हजार खर्च भएको तथा उनिहरुले वार्षिक ६ हजार इन्टरनेट प्रदायक संस्थालाई शुल्क बुझाउनु पर्ने हुन्छ । हटलाईन सुविधाका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी ३ जना कर्मचारी व्यवस्था गरिएको छ ।

यसैगरी सेवाग्राहीले निर्देशनालयमा रहेको हटलाई नम्बर ०७१–४२०४९६ मा कल गरी आफू नजिक कुन एम्बुलेन्स छ जानकारी पाउनुका साथै उक्त एम्बुलेन्स चालकको मोवाईल नम्बर समेत थाहा पाउन सक्ने छन् ।

सम्बन्धित शिर्षक :