रुपन्देहीमा रोटा भाईरसको खोप वच्चालाई खुवाएर उदघाटन

स्वास्थ्यसमाचार /रुपन्देहीमा नयाँ खोप रोटा भाईरस संगै सरसफाई प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । प्रदेश ५का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले तिलोत्तमा नगरपालिकाको मधवलिया स्वास्थ्य चौकीमा नयाँ खोप रोटा भाईरस बच्चालाई मुखमा थोपा खुवाएर उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै सामाजीक बिकास मन्त्री सुदर्शन बरालले हरेक बालबालिकाको पहुचमा रोटाभाईरसको खोप र हरेक आमाहरु लाई पुर्णसरसफाई बारे जानकारी गराईने बताए ।नेपालमा अरु नियमित खोप संग यो खोप पनि भएको मन्त्री बरालले बताए ।

तिलोत्तमा नगरपालिका प्रमुख वासुदेब घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५का स्वास्थ्य निर्देशक डा बिनोद गिरी जिल्ला समन्य समितिका प्रमुख एकराज बिश्वकर्मा,जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरी, मधवलिया स्वास्थ्यचौकी ब्यवस्थापन समितिका अध्यक्ष लगायतले बोलेका थिए ।

कार्यक्रमको संञ्चालन जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोपअधिकृत भेषराज शर्माले गरेका थिए । झाडा पखालबिरुद्ध यो खोप दिईने जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बताए । प्रदेश ५ मा पहिलो रुपन्देहीको तिलोत्तमाबाट सुरु गरिएको गिरीले बताए ।

सम्बन्धित शिर्षक :