जापानबाट ५ लाख डोज अष्ट्राजेनेकाको खोप काठमाडौं आइपुग्यो

१४ लाख नागरिकलाई साउन २५ गतेबाट लगाउने तयारी

स्वास्थ्यसमाचार / जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको मध्ये ५ लाख डोज अस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ ।शनिबार विहान ५ लाख डोज खोप नेपाल आइपुगेको हो । जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेकाको खोप अनुदानमा दिनेछ ।

जसमध्ये आइतबार ३ लाख डोज खोप आउने छ ।बाँकी खोप भने जापान सरकारले एक हप्तापछि नेपाललाई उपलब्ध गराउने तयारी छ । उक्त खोप कोभिशिल्ड खोपको पहिलो डोज लगाएर बसेका नागरिकलाई दिइनेछ ।

मन्त्रालयका अनुसार यो खोपको प्राथमिकताको सूचीमा ६५ वर्षमाथिका कोभिशिल्डको पहिलो डोज लगाएका नागरिकहरु छन् । आइतबारबाट नै उनीहरुलाई दोस्रो डोज खोप दिने तयारी छ ।यसअघि भारतको सेरम इन्टिच्युट अफ इण्डियाले नेपालले खरिद गरेकोमध्ये १० लाख डोज कोभिशिल्ड खोप आपूर्ति नगर्दा नेपालमा पहिलो डोज लगाएको दोस्रो डोज खोप लगाउन पाएका छैनन् ।

सम्बन्धित शिर्षक :