लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको वार्षिक समिक्षा गोष्ठि सम्पन्न

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको वार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको ।अस्पताल भएका काम समस्या र अब गर्ने कामको बारे समिक्षा भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल मेसु डा राजेन्द्र खनालको अध्यक्षता अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राईको प्रमुख आतिथ्यता र समितिका सदस्य रिज्जु श्रेष्ठको बिशिष्टआतिथ्यमा वार्षिक समिक्षा गोष्ठि भएको थियो ।

वार्षिक समिक्षा गोष्ठिमा अस्पतालका सबै वाड ईन्र्चाजले बर्ष भित्र भएका कामको बारेजानकारी गराएका थिए । उनीहरुले काम गर्न भएका समस्या समाधानका उपाय र अब काम कसरी गर्ने भन्नेवारे छलफल गरेको अस्पतालका नर्सिड ईन्र्चाज ज्योती पौडलले बताईन ।

उनले यो समिक्षा गोष्ठिवाट वाड देखी अस्पताल सम्म काम गर्न सबैलाई सहयोग पुग्ने वाड ईन्र्चाज समितिका पदाधिकारी र मेसुसहित छलफल भएपछि समस्या कर्मचारीसहजता वा असहजता बारे छलफल समिक्षा गोष्ठिवाट फाईदा भएको पौडेलले बताईन ।

समिक्षा गोष्ठि अस्पतालका अध्यक्ष सुर्य बहादुर भटराईले आफु आईसकेपछि अस्पताल सुधारका धेरै काम भएको बताए ।समितिका सदस्य रिज्जु श्रेष्ठ वोल्दै अस्पताल समस्या समाधान गर्न समिती निरन्तर लागी रहेको बताईन ।समिक्षा गोष्ठिका अध्यक्ष एबं मेसु डा राजेन्द्र खनालले सिमित श्रोत साधनका बिचपनि अस्पतालले बिरामीको उपचारमा कुनै कमी नराखी काम गरेको बताए ।  डा खनालले यो समिक्षाबाट कामगर्न सहजता आउने समेत बताए ।

सम्बन्धित शिर्षक :