रुपन्देहीका १६स्थानिय तहमा साउन १५ देखी जोनसनको खोप लगाईने

५०देखी ५४ बर्ष उमेर समुहका खोप लगाउन छुटेका ,स्वास्थ्यकर्मि सरसफाईकर्मि र अपाङ्ग नागरिक

स्वास्थ्यसमाचार / रुपन्देही जिल्लाका १६ स्थानिय पालिकामा साउन १५ गते देखी कोरोना विरुद्धको जोनसनको खोप अभियान सुरुहुने भएको छ । जिल्ला कोभिड समन्य समितिको निर्णय अनुसार १५ गते देखी रुपन्देहीका सबैपालिकामा खोप संञ्चालन गर्ने निर्णय भएको हो ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले ५० देखी ५४ बर्ष उमेर समुहका पहिलो मात्र खोप लगाउन बाकीसबै नागरीक र,पुर्ण र अति अशक्त अपाङ्ग बर्ग क र ख भएका नागरिकहरु र यस भन्दा अघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मि तथा सरफसाईकर्मि हरुलाई यो खोप लगाईने वताए।

उनले आफुलाई पायक पर्ने ती केन्द्रहरुमा गर्ई खोप लगाउन आग्रह गरे ।जोनसनको खोप एकपटक लगाए पुग्छ । कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई१५ लाख३८ हजार खोप उपलव्ध गराएको थियो ।

सम्बन्धित शिर्षक :