सरकारले साउन २३ देखी सप्ताहव्यापी माक्स अभियान संञ्चालन गर्ने

स्वास्थ्यसमाचार सरकारले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि मास्क अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोली शनिबारदेखि देशभर एक साताका लागि उक्त अभियान सञ्चालन गर्ने जनाएको छ।

‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ उक्त अभियान सुरु गरिने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

सहप्रवक्ता डा. अधिकारीका अनुसार जनमानसमा स्वास्थ्यको मापदण्ड र मास्कको महत्व बुझाउनका लागि अभियान सञ्चालन गर्न लागिएको वताए । यता रुपन्देहीमा पनि केन्द्रिय कार्यक्रम अनुसार यो अभियान संञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा राजेन्द्र गिरीले बताए ।

सम्बन्धित शिर्षक :