उपचारका लागि नेपालगन्ज जाँदा जबर्जस्ती बुटबल पुराए:सांसद वली

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी वली खत्रीले आफूलाई साउन १५ गते उपचारका लागि नेपालगन्ज जाने क्रममा आफूलाई लुम्बिनी प्रदेशसभाका एमाले सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर राउतले बुटवल पु¥याएको वताईन ।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ’ २०७८ साउन १५ गते दिनको ११ बजे म उपचारको लागि नेपालगन्ज हिँड्न लागेको समयमा नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावत मेरो घर तुल्सीपुरमा आउनु भयो, फेरि उही दबाब दिन थाल्नुभयो ।

मैले फेरि पनि इन्कार गरें म बिरामी छु, उपचारको लागि नेपालगन्ज जाँदैछु, जानदिनुस् भन्दा प्रमुख सचेतक भूमिश्वर ढकालले हामी पनि नेपालगन्ज जाने हो, सँग जाऔं हामी नै पुर्याइदिन्छौं भन्नुभयो । उहाँ जस्तो जिम्मेवार नेताले भनेपछि मैले विश्वास गरी गाडीमा बसें ।

गाडी तुल्सीपुरबाट अमिलिया आएर उहाँहरु खाना खानुभयो गाडीमा बसियो तर गाडी नेपालगन्जतिर जानु पर्नेमा एक्कासि बुटवलतिर मोडियो तत्कालै मैले प्रतिवाद गर्दै भनें यता कहाँ जाने हो ? गाडी बुटवलतिर हुँइकिरहयो, मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिहँदा उहाँहरुले भन्नुभयो एक पटक मुख्यमन्त्रीज्युलाई भेट्नु पर्यो भनेर गाडी नरोकी एकैचोटी बुटवल मुख्यमन्त्री निवासमा पु¥याइयो ।’

साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दबाब दिइरहियो, मैले इन्कारी जारी राखिरहें ।’ साउन २० गते बिहान आफूलाई असह्य मानसिक पीडा भएको र दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको उनले बताएकी छिन् ।

 

सम्बन्धित शिर्षक :