नक्कली खोप कार्ड बनाई क्यानडा छिरेका दुई जना पक्राउ, १६ हजार डलर जरीवाना

क्यानडाले आफ्नो देशमा आउने यात्रुका लागि भ्याक्सिन लगाएको प्रमाण अनिवार्य

स्वास्थ्यसमाचार /नक्कली खोप कार्ड बनाई क्यानडा छिरेका दुई जना पक्राउ परेका छन् । खोप लगाएको भनेर फर्जी कागजात देखाएर अमेरिकाबाट क्यानडा प्रवेश गरेका दुई जना पक्राउ परेका हुन् ।

पक्राउ परेका दुई जनालाई जरीवाना तिराएर छोडिएको बीबीसीले जनाएको छ । एकजनालाई १६ हजार अमेरिकी डलरका दरले जरीवाना तिराएको बिबिसीले जनाएको छ।

क्यानडाको टोरन्टो एरपोर्टमा आइपुगेका उनीहरुको खोप लगाएको भनेर प्रमाणित कागजात नक्कली भएको खुलेको थियो। त्यसैगरी कोरोना जाँच गरिएको रिपोर्टसमेत नक्कली भएको खुलेपछि उनीहरुलाई जरीवाना तिराइएको थियो।

क्यानडाको पब्लिक हेल्थ एजेन्सीको विज्ञप्तिमा जुलाई १८ मा ती व्यक्ति अमेरिकाबाट क्यानडा आएका थिए। कोरोना संक्रमण रोकथामका लागि क्यानडा सरकारले यस्ता खालका अनुसन्धान जारी राख्ने वक्तव्यमा उल्लेख गरिएको बिबिसीले जनाएको छ।

क्यानडाले आफ्नो देशमा आउने यात्रुका लागि भ्याक्सिन लगाएको प्रमाण अनिवार्य गरेको छ। खोप नलगाएकाले धेरै पटक कोरोना जाँच गरेको रिपोर्ट बुझाउनुपर्ने र १४ दिन क्वारेन्टाइन जानुअघि ३ दिन सरकारले तोकेको होटलमा जानुपर्ने नियम लागू गरेको छ। जुलाई ५ बाट यो नियम लागू गरेको बताइएको छ। बिबिसीवाट

सम्बन्धित शिर्षक :