१५ सय बढी स्वास्थ्यका कर्मचारीको समायोजन मिलान

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५०० बढी स्वास्थ्यकर्मीको समायोजन मिलान गरेको छ। मन्त्रालयले समायोजन मिलानको सूची सार्वजनिक गर्दै त्यसको जानकारी दिएको हो। मिलानको पत्र मन्त्रालयको वेभसाइटमा राखिएको छ। समायोजन मिलानका लागि २ हजार ७ सय भन्दा बढीले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये केहीको प्रक्रिया नपुगेको र केहीको कागजपत्र नपुगेको भन्दै १५ सय ५२ जनाको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ।

धुलिखेल अस्पताल सेवाप्रवाह र बाताबरणको हिसाबले नमूना :डा राजेन्द्र खनाल

डा राजेन्द्र खनाल सहित लुम्बिनी प्रादेशिक अस्पतालको टिम धुलिखेल अस्पतालमा केहि दिन अघि पुगेका थियौ ।लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा पनि नयाँ भिआईपी क्याबिन संञ्चालन र फोहर ब्यबस्थापन गर्ने बिषयमा धुलिखेल अस्पतालको बारेमा हामी अध्यन गरेका थियौ ।मैले अस्पतालमा भनेको सुनेको मात्र होईन धेरै कुराले यो अस्पताल नमुना रहेको देखे। अस्पतालको लागी कस्को कति देन हुनुपर्छ कसरी काम गर्नुपर्छ भन्ने यस अस्पतालले देखाएको छ । धुलिखेल अस्पताल यस्तो रुपमा प्रस्तुत हुनसक्नुमा डा. रामकन्ठ माकजुको माया र समर्पणको देन छ भन्ने सुनेको थिएं।अहिले यो अस्पतालमा धेरै डाक्टरहरु, नर्सिङ स्टाफ र अन्य कर्मचारीहरु…

लुम्बिनी प्रादेशिक अस्पतालमा २३ सय५० ले लगाए कोरोना बिरुद्धको खोप

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल कोरोना बिरुद्धको खोप २३ सय ५० जनाले लगाएका छन।अस्पतालमा पहिलो चरण स्वास्थ्यकर्मी, स्वयसेबिका एम्बुलेन्सचालक सुरक्षाकर्मि गरि २३ सय ५० ले लगाएका हुन। भारत सरकारद्धारा अनुदानमा दिएको उक्त खोप माघ १४ गते देखी पहिलो चरण लगाउन सुरु गरिएको थियो ।लुम्बिनी प्रादेशिक अस्पतालका कम्युनिटी नर्सिड निरिक्षक कमला हमाल मल्ल दिएको जानकारी अनुसार चिकित्सक स्वास्थ्यकर्मि १५सय २७ जना अस्पतालमा कार्यरत अन्य कर्मचारी ४सय ७२ जना स्वयसेबिका ३ सय१७ एम्बुलेन्सचालक ८ जना र सुरक्षाकर्मि २६ जना रहेको वताईन । अस्पतालमा प्रयोगमा ल्याईएको कोरोना बिरुद्धको खोप २सय ३५भाईल खेरजाने दर शुन्य…

लुम्बिनी प्रादेशिक अस्पतालका नर्सले मनाए ५९औं वार्षिक उत्सव

स्वास्थ्यसमाचार /नेपाल नर्सिड संघ बुटबल ईकाई तथा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ स्टाफहरुले ५९औं वार्षिक उत्सव दिवस फ्लोरेंस नाइटेंगल तस्वीरमा माल्यापर्ण गरेर यो दिवस मनाएका छन। सधै फरक तरिकाले मनाउने नर्सिड हरुले कोरोनाको कहरका बिच अरु कार्यक्रम नगरि औपचारीक रुपमा मात्र यो दिबस मनाएका हुन।नेपालमा २०१८ माघ १५ गते नेपालभरिका नर्सहरु संगठित रुपमा एक भएर नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नेपालमा हाल ९५ हजारभन्दा बढी नर्सिङ जनशक्ति नेपाल नर्सिङ काउन्सिलमा दर्ता छन्। तीमध्ये २० हजारभन्दा बढी नर्सहरु विदेश पलायन भएका छन्। नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक डा तुइतुईले…

कोरोनाको खोप अभियान माघ १४ वाट सुरु हुन्छः प्रधानमन्त्री ओली

स्वास्थ्यसमाचार /प्रधानमन्त्री केपी  ओलीले माघ १४ गतेदेखि कोभिड- १९ विरुद्दको खोप अभियान सुभारम्भ गरिने बताएका छन्।   सशस्त्र प्रहरीको २०औं स्थापना दिवसमा सम्बोधन गर्दै पहिलो चरणमा कोरोना भाइरस नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी, सुरक्षाकर्मीहरुलाई खोप लगाउने  लक्षित समुहमा राखेको बताए। उनले कोभिड- १९मा सशस्त्र प्रहरीले ज्यानको बाजि राखेर खेलेको भूमिका प्रशंसनीय रहेको बताए। उक्त समयमा उनले स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी पनि धन्यवादको पात्र भएको उल्लेख गरे। उनले भने,‘कोभिड१९ को सन्दर्भमा हामी कोभिडलाई हटाउने टर्निङ प्वाइन्टमा पुगेका छौं। सम्भवतः १४ गतेबाट खोप लगाउन सुरु गर्नेछौं।’उनले करिब ४ लाख ५० हजार…

लुम्बिनी प्रादेशिक अस्पतामा सेवा प्रवाह राम्रो तर रेकर्ड कमजोर

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश सरकारले जनताको स्वाथ्य सुविधा प्रदान गर्ने कुरामा कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।सिमित स्रोत साधनका विचमा अधिकतम सेवा प्रवाह गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै मन्त्री बरालले यसको लागि सरकार ले कुनै पनि क्षेत्रमा अभाव हुन नदिने बताएका हुन । सोमबार बुटवलमा स्वाथ्य निर्देशनालयको आयोजना अस्पतालहरुमा न्युनतम सेवा प्रवाह मुल्यांकन समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले स्वाथ्य क्षेत्रमा प्रदेश सरकार नयाँ भएपनि उत्साहजन काम गरेको बताए । उनले पहिलो केही बर्षमा प्रक्रियागत रुपमा सिक्ने क्रम जारी रहेको भन्दै सिकाई संगै स्वाथ्य…

कोरोनाका बिरामीको हेरचाह गर्दा हजारौँ नर्स सङ्क्रमित

सरोज ढुंगेल कोरोना भाइरस सङ्क्रमणको महामारीमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीमध्ये नर्स पहिलो स्थानमा रहे । नर्सले कोरोना सङ्क्रमित बिरामीको उपचार, हेरचाह, औषधि दिने लगायतका सङ्क्रमितको गुनासो सुनेर काम गर्नुपर्ने जिम्मेवारीका कारण यो अवस्था देखिएको हो । चिकित्सकभन्दा नर्स सबैभन्दा बढी खटिने स्वास्थ्यकर्मी भित्र पर्दछन् । आईसीयूमा उपचाररत सङ्क्रमित होस् वा भेन्टिलेटरमा पुर्‍याइएका बिरामी होस् उनीहरूलाई नर्सले नै हेरविचार गर्नुपर्ने हुन्छ । बिरामीको हेरचाह गर्दा यतिखेर धेरै नर्स सङ्क्रमित हुन पुगेको पाइएको छ । वीर अस्पतालमा सयभन्दा बढी नर्स सङ्क्रमित भएका थिए । पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गङ्गालाल, हृदयरोग केन्द्र, शिक्षण अस्पताललगायत अन्य सरकारी तथा…

जनस्वास्थ्य प्रोटोकल पालना गर्दै तिलोत्तमाका विद्यालय मंसिर ७ बाट खुल्ने

स्वास्थ्यसमाचार /जनस्वास्थ्य प्रोटोकल पालना गर्दै यहीँ मंसिर ७ गतेबाट तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु खुल्ने भएका छन् ।कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेका विद्यालयहरु विद्यार्थीलाई भौतिक रुपमैं कक्षाकोठामा शिक्षणसिकाई क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् । संघीय सरकारले तय गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाअनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सुचारु गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले वताए । उनले नगर शिक्षा समितिको विस्तारित बैठकमा छलफल भई नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार पारित गरेको मापदण्डमा रहेर विद्यालय खुल्ने भएका हुन् । तोकिएको…

तिलोत्तमाका १२ सामुदायिक विद्यालयमा नर्सिङ्ग सेवा कार्यक्रम सुरु

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ्ग सेवा कार्यक्रम सुरु भएको छ । सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय : एक नर्स’ कार्यक्रमलाई तिलोत्तमा नगरपालिकाले १२ जना स्टाफ नर्स नियुक्त गरेर अघि बढाएको हो । विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि सुरु गरिएको कार्यक्रमअनुसार तिलोत्तमामा पहिलो चरणमा १२ सामुदायिक विद्यालय छनौट भएका छन् । नगरपालिकाले शान्ति, पशुपति, शिवपुर, जनभावना, टिकुलिगढ, जनहित, गौतमबुद्ध, जनता, जनज्योती, शंकरनगर दुर्गादत्त, जनजागृति र बरौलिया माविलाई पहिलो चरणमा विद्यालय नसिङ्ग कार्यक्रम सञ्चालनको लागि छनौट गरेको हो । बाँकी सामुदायिक विद्यालयका लागि पनि…

मधुवनी स्वास्थ्य चौकिमा कार्यरत गोमा गुरुङको कोरोनाबाट मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लाको लुम्बिनी संस्कृतिक नगरपालिका मधुवनी स्वास्थ्य चौकिमा सिअनमी पदमा कार्यरत गोमा गुरुङको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उपचारकै क्रममा भैरहवास्थित भिम अस्पतालमा सिअनमी गोमा गुरुङको निधन भएको खुदाबगर स्वास्थ्य चौकीका सिअहेब प्रमोद ज्ञवालीले बताए । रुपन्देहीमा कोरोना संक्रमित स्वास्थ्यकर्मि मृत्यु भएको पहिलो रहेको छ । उनी २० बर्ष भन्दा बढी स्वास्थ्य सेवाको क्षेत्रमा सक्रिय रुपमा कार्यरत रहेकी थिईन ।