कोरोनालाई जितेकी नर्स :द्वन्द्वात्मक अवस्थाबाट माथि उठ्नु जीवन विजय हो

म एक नर्स हुँ, जन्म र मृत्युको साक्षी पनि । मृत्युको क्षणको पीडा पनि देखेको छु । बच्चा जन्मँदाको हर्षोल्लास पनि देखेको छु । कहिलेकाहीं लाग्छ कि अस्पताल जन्म र मृत्युको संगम हो । जहाँ एन्ट्री र एक्जिट द्वार छ । कोरोनाको लक्षण देखिँदा म काममै थिएँ । आजको यो शुभ बिहानी मेरो आफ्नो कोरोनाले छाडेका अनुभव साट्न चाहन्छु । सुन्दर चरीको मधुर अनि सुन्दर चीरबीर आवाज सुन्दै, पंक्षीहरुको महफिल भन्न चाहन्छु । साथै मेरो आफ्नो त्यो अवस्थामा गुज्रेका अनुभव बाँड्न मेरा अक्षर आतुर छन्, यो उषामा आज । जीवन…

स्वास्थ्यकर्मीको काटेको तलब फिर्ता गरियोस :नेपाल स्वास्थ्यकर्मी संघ

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघले स्थानीय तथा प्रदेश तहमा सरकारले गरेको पहिलो पत्र अनुसार स्वास्थ्यकर्मीको तलव काटेको फिर्ता गर्ने व्यवस्था मिलाउन सरकार संग माग गरेको छ । आइतबार नेपाल स्वास्थ्यकर्मी संघले विज्ञप्ती जारीगरि स्वास्थ्यकर्मीको काटेको तलव फिर्ता गर्नको लागि सरकार समक्ष माग गरेको हो ।सरकारले निर्णय गरि परिपत्र गरेको अवस्थामा पुन सोही निकायबाट निर्णय गरि पुन परिपत्र नगर्दा सम्म यसले कानुनी मान्यता पाउँदैन, विज्ञप्तीमा भनिएको छ स्वास्थ्य सेवा कर्मचारी वा स्वास्थ्यकर्मीहरुको तलव नकाट्ने भनी निर्णय गरी पुन परिपत्र गर्ने व्यवस्था नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे द्धारा जारी बिज्ञेप्तीमा उल्लेख गरिएको…

कोरोना बिरुद्ध लडन स्वास्थ्यकर्मीहरुलाई तालिम दिंदै प्रदेश सरकार

स्वास्थ्यसमाचार/विश्वमा नै महामहारीको रुपमा फैलिएको कोरोना विरुद्ध लडनका निम्त्ति प्रदेश नं. पाँच सरकारले भैरहवामा रहेको भिम अस्पताललाई आइसी यु र भेन्टिलेटर सहितको सुविधा सम्पन्न कोरोना विशेष अस्पतालको रुपमा स्थापना गरिएको छ । तीस वटा वेड रहेको अस्पतालमा कोरोना विशेष उपचार वार्ड गरी ३५ बेड रहने गरी तयारी अन्तिम चरणमा पुगेको भिम अस्पताल भैरहवाका कोरोना फोकल पर्सन डा.सुमित प्रजापतिले बताए । यो कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको उपचार तथा हेरचारह गर्ने गरी व्यवस्थापन गरिएको छ । अस्पतालमा उपकरण र मानवीय श्रोत भएपनि यस्तो खालको महामारीमा सघन उपचार कक्षा संचालनको अनुभव…

सामाजीक बिकास मन्त्रीको १२ जिल्लाका स्वास्थ्यप्रमुख संग भिडियो सम्बाद

स्वास्थ्यसमाचार /प्रदेश ५का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले प्रदेशको स्वास्थ्य अवस्था तथा कोरोना विरूद्धको तयारी बारे भिडियो सम्बाद गरेका छन् । कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणको विषयमा मन्त्री बरालले प्रदेश ५ अन्तर्गतका १२ जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुखहरुसँग भिडियो संवाद गरेका हुन । मन्त्रीले कोरोना भाइरस नियन्त्रणको लागि जिल्लामा भएका कार्यहरुको बारेमा स्वास्थ्य कार्यालयका प्रमुखहरुले रिपोटिङ गरेको र आवश्यक तयारीको सम्वन्धमा जानकारी गराएका थिए । सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोनाका संक्रमितको पहिचानको लागि परिक्षणलाई मन्त्रालयले प्राथमिकता दिएको बताउदै र्या्पिड टेष्टको…

स्वास्थ्य मन्त्रालयले भन्यो : स्वास्थ्यकर्मीको तलव काटिदैन

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफु मातहतका कर्मचारी तथा डाक्टर, नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको तलव कट्टा नहुने स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले यसको जानकारी गराए । मन्त्रीपरिषद्को बैठकले ३ देखि ७ दिनसम्मको तलव काट्ने भनिएकोमा मन्त्रालयद्वारा डाक्टर सहित सम्पूर्ण स्वास्थ्यकर्मीको तलव काट्ने निर्णय नभएको प्रवक्ता देवकोटाले वताए । । कोरोना उपचार तथा रोकथाम नियन्त्रणका लागि स्थापना गरिएको कोषमा स्वेच्छिक सहयोग गर्न भने सकिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको परीक्षणको दायरा बढाएको छ। उपत्यका सहित ११ स्थानमा कोरोनाको परीक्षण सुरु भएसँगै…

कोरोनालाई पराजित गरेकी नेपाली नर्स :आत्मबल सबैभन्दा ठुलो कुरा

स्वास्थ्यसमाचार/अमेरिकाको कोलोराडो स्थित बोल्डरमा बस्दै आएकी बर्ष ४१ कि प्रमीला पौडेललाई गत मङ्गलवार मार्च २४ देखी कोरोना भाइरसको चपेटामा परेकी उनी कोरोनालाई जितेर अहिले सामान्य जीवनमा फर्केकी भए पनि सेल्फ आसोलेसनमा छिन । आसोलेसनमा बसेको आज १० दिन भएको छ । उच्च मनोबल, घरमा बनाएको औषधी र स्वास्थ्य जीवनशैलीले गर्दा उनले कोरोनालाई पराजित गर्न सफल भएको उनका श्रीमान् सञ्जय सिंहले  बताए । उनले भने– ‘जिउ छाडेर पल्टियो अथवा मनोबल कमजोर बनायो भने कोरोनाले हामीलाई जित्छ, मनोबल उच्च बनायो र निरन्तर लडाई जारी राखेमा हामीले जित्न सक्छौँ ।’ बोल्डर कम्युनिटी अस्पतालमा…

प्रदेश ५मा आजसम्मको कोरोनाको अबस्था

स्वास्थ्यसमाचार /प्रदेश नं ५ मा कोरोना भाईरसका अवस्था हेल्प डेक्स स्कीन गरिएका बिरामी आईसोलेसन बेड र संकास्पद बिरामीको स्वाव परिक्षण सवन्धी स्वास्थ्य निर्देशनालयले एक बिज्ञप्ती जारी गरेको छ। स्वास्थ्य निर्देशनालयद्धारा जारी बिज्ञप्तीमा ४० हेल्प डेक्स १ लाख ९९ हजार १ सय ३१ जनाको स्किन टेष्ट आईसोलेसन बेड १९ प्रादेशिक अस्पताल सहित कुल १ सय १० कोरोना संकास्पद ५५ सेम्पल टेष्ट ३६ मध्ये १७ नेगेटीभ १९ प्रकृयामा रहेको स्वास्थ्य निर्देशनालयद्धारा जनाईएको छ ।

जोखिम मोल्दै स्वास्थ्यकर्मी, ‘कोरोना युद्ध’ जित्न खोज्दैछ सरकार

काठमाडौं /सरकारले सिंगै मुलुक कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेको घोषणा गरिसकेको बेला बिरामीको उपचारमा प्रत्यक्ष जोडिने स्वास्थ्यकर्मीहरु सुरक्षित कति सुरक्षित छन् ? यो पनि बहसको विषय बनेको छ । सरकारकले स्वास्थ्यकर्मीहरु सुरक्षित छन् भनिरहे पनि स्वास्थ्यकर्मीले भने जोखिम मोल्दै काम गर्न विवश रहेको बताइरहेका छन् । कति छन् स्वास्थ्यकर्मि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत ३१ हजार ५९१ दरबन्दी कायम रहेको छ । जसअन्तर्गत ४ हजार जनशक्ति रिक्त छ । सरकारले जनशक्ती थप नगरेको १५ वर्ष बढि भइसक्यो । निकै कम जनशक्तीको भरमा स्वास्थ्य क्षेत्र गुज्रिरहेको छ । अभाव के…

कोरोना प्रभाब :समायोजन भएका कर्मचारीको रमाना तत्काल रोक्ने

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भई हाल कार्यरत रहेका संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई समायोजन तथा पदस्थापना भएको स्थानमा जान रोक लगाउने निर्णय गरेको छ। मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै तत्कालिका लागि स्वास्थ्यकर्मीलाई समायोजन र पदस्थापना भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलब भत्ता खाने गरी कामकाजमा लगाउने निर्णय गरेको हो। यस्तै मन्त्रालयले स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागलाई अधिकृत सातौं स्तरसम्मका सम्बिन्धित स्वास्थ्यकर्मीलाई कामकाज गर्न खटाउन सक्ने गरी अधिकार प्रत्यायोजन समेत गरेको छ। मन्त्रालयले करार वा छात्रवृत्ति करारमा कार्यरत स्वास्थ्यकर्मीलाई चालु आर्थिक वर्षसम्म तलब…

प्रदेश पाँच :मातृ शिशु रुग्णता तथा मृत्यु न्यूनिकरण विशेष कार्यक्रम संचालन हुने

स्वास्थ्यसमाचार/ प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले मातृशिशु रुग्णता तथा मृत्यु न्यूनिकरणकालागि बिशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामाजिक बिकास मन्त्रालयले प्रदेशका १२ जिल्लामा ३सय ६३ वटा वर्थिङ् सेन्टर सञ्चालन भएपनि उपलब्धि खासै नदेखिएकाले ति वर्थिङ् सेन्टरलाई राम्रो ईक्वीपमेन्ट सहितको दक्ष जनशक्तियुक्त बनाउनकालागि बिशेष कार्यक्रम सुरु गर्न लागेको हो । बुधबार सामाजिक बिकास मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेशमा मातृ शिशु स्वास्थ्यलाई सुरक्षित बनाउनका लागि संघीय सरकारले प्रदान गरेको प्राप्त १० करोड रुपैंया बिशेष अनुदानबाट प्रदेशका ग्रामिण क्षेत्रलाई समेट्नेगरी नर्सिङ् कर्मचारीका लागि एसबिए…