लुम्बिनी प्रादेशिक अस्पतालमा ४५ बेडको क्याविन सेवा सञ्चालनमा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा ४५ बेडको क्याविन सेवा सञ्चालनमा आएको छ । एक कार्यक्रममा बिच अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ र प्रमुख मेडिकल सुपरिटेण्ट डा. राजेन्द्रप्रसाद खनालले संयुक्त रुपमा क्याविन सेवाको सुभारम्भ गरे।

क्याविन सेवा सुभारम्भ कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्ट डा. राजेन्द्रप्रसाद खनालले अव लुम्बिनी प्रादेशीक अस्पतालमा बेड संख्या ३ सय ७५ पुगेको र विरामीको पक्षबाट क्याविन सेवाको अध्याधिक माग भएकाले अस्पतालका सेवामा केही सहजता आएको वताए ।

डा खनालले अस्पतालका सामान्यदेखी एसी डिलक्ससम्म ६ प्रकारका क्याविन कोठाहरु रहेका छन् । क्याविनको स्तर अनुसार देनिक शुल्क १५ सय देखी ४ हजार रुपैया सम्म पर्ने डा. खनालले बताए। मेसु खनालले भने यो बनाउन सुरुदेखी पहल गर्ने पुर्व मेसु डा कृष्ण प्रसाद खनाल लगाएतसबैको सहयोग र सदभाब बाट अहिले यो बनेको बताए। नयाँ बनेको ५ तले भवनको माथिल्लो तलामा क्याविन राखिएको हो । ४५ बेड मध्ये ६ बेड स्वास्थ्यकर्मी तथा कर्मचारीको लागि प्रयोगमा आउने बाँकी ३९ वटा विरामीकै लागि प्रयोग हुने खनालले बताए।

अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले अस्पतालमा आउने आबश्यकता अनुसारको क्याविन सेवा उपलब्ध भएको बताए । उनले अस्पतालका कर्मचारीहरुलाई क्याविन सेवामात्र नभएर वोली ब्यवाहरमा पनि सुधार ल्याउनु पर्ने बताए। उनले अब नयाँ बन्ने भबनमा थप क्याविन बनाउने बताए। अस्पतालका नर्सिड ईन्र्चाज ज्योति पौडेलको संञ्चालमा कार्यक्रम  भएको थियो ।

सम्बन्धित शिर्षक :