प्रदेश ५ मा डाक्टर नर्स सहित ८जना प्रदेश सेवा पदकद्धारा बिभुषित

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले संविधान दिवसको अबसरमा प्रदेश सेवा पदकद्धारा यस प्रदेशका ४ डाक्टर २ नर्स १ आयुर्वेद र १ जना ल्याव टेक्नीसियन लाई विभुषित गरेको छ । बिभुषित हुनेमा डा. राजेन्द्र प्रसाद खनाल लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट , डा. सुमित प्रजापति भीम अस्पताल भैरहवा, डा. उत्तम पच्या गुल्मी जिल्ला अस्पताल गुल्मी तम्घास रहेका छन। उनीहरुलाई कोभिड १९ बाट संक्रमित बिरामी र अन्य बिरामीहरुको उपचारको समुचित व्यवस्था मिलाएको र जिल्ला अस्पतालमा कार्यरत रही स्वास्थ्य सेवामा प्रशंसनीय कार्य गरेको कारण बिभुषित गरेको छ । त्यस्तै २ जना नर्स बसुन्धरा ज्ञवाली…

राष्ट्रपतिबाट विभूषित लुम्बिनी प्रादेशिक अस्पतालका दुईहस्ती डा थापा र नर्स पौडेल

स्वास्थ्यसमाचार/ केही महिनादेखि जारी कोभिड महामारीमा जोखिम मोलेरै सेवा गरेका चिकित्सक र नर्सको मनोवल बढाउनेगरी सरकारले संविधान दिवसको अबसमा विभूषण प्रदान गरेको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोभिड उपचारमा खटिएका चिकित्सक डा. सुदर्शन थापा, र लुम्बिनी प्रादेशिक अस्पतालकि नर्सिङ इन्चार्ज ज्योति पौडेल, राष्ट्रपति प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित गरिएको छ। पछिल्लो समयमा कोरोना बिषेश अस्पतालमा फोकल प्रशनको रुपमा सक्रिय रहेका छन डा सुर्दशन थापा । चिकित्सकलाई नेतृत्व लिएर फ्रन्टलाइनमा रहेर डा थापा लामो समय देखी लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रहेका छन । कोरोना उपचारमा नर्सको नेतृत्व लिएर फ्रन्टलाइनमा रहेर उनले…

प्रदेश ५ सामाजीक बिकास मन्त्रालयद्धारा स्वास्थ्यका केहि कर्मचारीको सरुवा

स्वास्थ्यसमाचार/ प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले स्वाथ्यका केहि कर्मचारीको सरुवा गरेको छ।मन्त्रालयले आज सुचना प्रकाशित गरि कर्मचारीलाई कामकाज गर्ने गरि सरुवा गरेको हो । मन्त्रालयले चिकित्सक नर्स ल्याबटेक्नीसियन आयुर्वेद लगायका लाई काजमा सरुवा गरेको सामाजीक बिकास मन्त्रालयले जनाएको छ ।प्रदेश सरकार प्रदेश नं ५ कर्मचारी ब्यबस्थापन कार्यबिधि बमोजीम उनिहरुलाई सरुवा गरिएको छ । नेपाल स्वास्थ्य सेवाका र नेपाल शिक्षा सेवाका बिभिन्न समुह उपसमुह तहका कर्मचारीलाई सरुवा गरिएको छ । सरुवा भएकाको बिबरण यस प्रकार रहेको छ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि परिवार योजना सेवाको सुनिश्चतता अपरिहार्यः मन्त्री बराल

स्वास्थ्यसमाचार/ प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले परिवार योजना सेवाको सुनिश्चतता अपरिहार्य रहेको बताए । सातौँ परिवार योजना दिवसका अवसरमा शुभकामना दिँदै मन्त्री बरालले परिवार योजना सेवालाई आधारभूत अधिकारका रुपमा नेपालको संविधानमा अंगिकार गरिएको स्मरण गर्दै मातृ तथा नवजात शिशु मृत्युदर र रुग्णता घटाइ स्वास्थ्य र दीगो विकासका लक्ष्य प्राप्तिकालागि परिवार योजना सेवाको सुनिश्चतता अपरिहार्य रहेको बताए । प्रदेशको विशिष्ट जनसांख्यिक संरचनाअनुसार परिवार योजना निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै मन्त्री बरालले शहरी र ग्रामिण जनसंख्या, विविध धार्मिक, साँस्कृतिक समुदायका मूल्य तथा मान्यता र आजको वैज्ञानिक यूूग तथा योजनामा तादाम्यता…

लुम्बिनी प्रादेशिक अस्पतालले सबै कर्मचारीको कोरोना विमा गरिदिने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले आफना सम्पुर्ण कर्मचारीको कोरोना बिमा गरिदिने भएको छ ।आज एक सुचना प्रकाशित गरि लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारीको कोरोना बिमा गरिदिने अस्पतालले जनाएको छ । अस्पतालले ३ दिन भित्र आफना कर्मचारीको सबै बिबरण मागेको छ ।लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले कोरोना महामारी रुपलिन थालेपछि अस्पताललका सबै चिकित्सक स्वास्थ्यकर्मि अस्थायी ज्यालादारी सबैको बिमा गरिदिने निर्णय गरेको बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले सम्म चिकित्सक नर्स तथा अन्य कर्मचारी गरि ३२ जनामा कोरोना संक्रमण देखीएको अस्पतालले जनाएको छ ।

डा सुदर्शन थापा भगवानको चक्रले मलाई कोरोनाबाट बचायो :डा उमाशंकर चौधरी

म डा उमाशंकर प्रसाद चौधरी प्रदेश ५ सामाजीक बिकास मन्त्रालय अस्पताल बिकाश तथा चिकित्सा सेवा महाशाखा प्रमुखको रुपमा कार्यरत रहेको छु । कामको शिलशिलमा मलाई कोरोना संक्रमित पुष्टि भयो । कोरोना संक्रमण पछि म होम आईसोलेशनमा बसे। आफु स्वयम चिकित्सक भएकोले मैले आफनो स्वास्थ्यको बारेमा ख्याल गर्दे आएको थिए मैले अक्सिजन नाप्ने मेसीन किनेर आफनो स्वाश प्रस्वास नापी रहेको थिए । सुरुमा शरिरमा अक्सिजन मात्र सेचुरेशनको मात्रा जब ९३ बाट तल झर्दै गयो सास फेर्न गार्हाे हुँदै गयो कोरोनाका जटिलताहरू थपिदै गए पछि कोरोनाको आईसियु मा भर्ना भए। म आफै…

लुम्बिनी प्रादेशिक अस्पतालमा तेश्रो कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलबस्तुकी कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया भएको छ । कपिलबस्तु नगरपालिका वडा नं २ कि ३० वर्षीया महिलाले शल्यक्रियावाट बच्चा जन्माए कि हुन । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बच्चा जन्मीएको बताए । लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतमको नेतृत्वमा शल्यकृया भएको थियो । शल्यक्रिया आमाको र बच्चा को अबस्था समान्य रहेको डा विष्णु गौतमले बताए । आमा र बच्चाको पिसीआर नेगेटीभ आएपछि डिसर्चाज गर्ने डा सुचना अधिकारी डा गौतमले बताए। अस्पतालका नर्सिड ईन्र्चाज ज्योती पौडेल श्रृष्टि कोईराला माधुरी ज्ञाबली लगायका नर्सिड…

प्रदेश ५ का चारवटा कोरोना विशेष अस्पतालमा जनशक्ति र बजेट थप

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटबल भिम अस्पताल भैरहवा दाङ र नेपालगञ्जको भेरी गरि प्रदेशका चारवटा कोरोना अस्पतालमा ५ सय ८३ जना जनशक्ति र ३ करोड ९६ लाख बजेट स्वीकृत गरेको छ । कारोना महामारी रोकथाम र नियन्त्रणको लागी ३ महिनाका लागी स्वास्थ्यकर्मिको तलव र भत्ताका लागी उक्त बजेट स्वीकृत गरेको हो । मन्त्रीपरिषदको वैठकले लुम्बिनी प्रादेशिक अस्पताल मातहत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा १ सय ८९ जना जनशक्ति थप गर्ने निर्णय गरेको छ । यो अस्पतालमा आईसीयू बेड १८, एचडी ९ मिनी आईसीयू बेड…

कोरोना रोकथाममा सरकार र नागरिकको दायित्व

बिश्वभर बिगत १० महिना देखि कोभिड-१९ संक्रमणका प्रभावका कारण हरेक क्षेत्रलाई त्रसित बनाईरहेको छ। बिश्व प्रभावीत भैरहेको बेला नेपालका सातवटै प्रदेश समेत संक्रमणबाट अछुतो रहन सकेको छैन। त्यसबाट अलग हुनका लागि सरकारी तवरबाट र अग्रपंक्तिका कार्यकर्ता सुरक्षाकर्मी/स्वास्थ्यकर्मी लगायत सबैको तहबाट अनेकन प्रयत्न गर्दा पनि न्यूनीकरण र ब्यवस्थापन गर्न निकै हम्मे हम्मे परिरहेको अवस्था छ। विश्वका शक्तिशाली रास्ट्र देखि बिकासोन्मुख रुपमा रहेका सबै किसिमका मुलुकहरुको भिड-१९ को संक्रमणका कारण राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, औधोगिक लगायत समग्र क्षेत्रमै कल्पना गरेको भन्दा धेरै संकटको अवस्थामा पुगिरहेको छन। विश्वका हरेक देशमा यसले हुने खानेदेखि…

स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही : स्वास्थ्य मन्त्रालयल

स्वास्थ्यसमाचार/  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेहरु स्थानीय प्रशासनले कारवाही प्रक्रिया अघि बढाएको बताएको छ । मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुरा बताए । चितवनमा संक्रमित चिकित्सक होम आइसोलेसनमा बसिरहँदा टोल सुधार समितिको नामबाट एउटा समूह कोरोना संक्रमितको घर भन्दै व्यानर टाँस्न पुगेको थियो । शनिबार मात्रै काठमाडौँमा टोल सुधार समितिकै नाममा एउटा समूहले सिभिल अस्पतालका स्वास्थ्यकर्मी बसेको नयाँ बानेश्वरस्थित एक होस्टलको घेराउ गर्न पुगेको थियो । यी दुबै घटनालाई स्वास्थ्यकर्मीमाथिको दुर्व्यहारको संज्ञा दिदै उनले यसो नगर्न आम सर्वसाधारणलाई पुन सचेत बनाए ।…