भेरी अस्पतालमा दोषीलाई कारबाही गर्न छानबिन समितिको सिफारिस

स्वास्थ्यसमाचार/बाँके नेपालगन्जस्थित भेरी अस्पतालको घटना छानबिन गरी प्रतिवेदन बुझाउन बनेको समितिले आरोपितलाई फौजदारी अभियोगको मुद्धा लगाउन सिफारिस गरेको छ। गत बिहीबार भेरी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएपछि आफन्तले आइसियुमा खटिएका चिकित्सक तथा नर्सलाई हातपात गर्नुका साथै घाँटी थिचेका थिए।समितिले गत सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदन हिजो बाँकेमा सार्वजनिक गरेको बताइएको छ। समितिको प्रतिवेदनबारे प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्वास्थ्यखबरलाई भने,‘समितिको पहिलो सिफारिसमा दोषीलाई कारबाही हुनुपर्ने भनिएको छ। साथै अस्पतालको व्यवस्थापन सुधारका कुरा पनि प्रतिवेदनमा आएको छ।’उनले प्रतिवेदनमा आफन्तको मृत्यु भएपछि आवेगमा आएर भएको…

भेरी अस्पतालमा आक्रमणमा परेका नर्स भन्छन्, हामी अझै त्रासमै छौ

स्वास्थ्यसमाचार/ नेपालगन्ज–ड्युटी गरिरहेका बेला आक्रमणमा परेका नेपालगन्जको भेरी अस्पतालका नर्सहरुले आफूहरु अझै पनि डर र त्रासमै रहेको बताएका छन् । घटना भएको ५ दिन बितिसक्यो । तर, उनीहरु राम्रोसँग निदाउन सकेका छैनन् । सानो स्वरमा बोल्दा पनि आक्रमण गर्न आउनै लागेको हो भन्ने त्रास हुने गरेको आक्रमणमा परेकी नर्स भावना श्रेष्ठले बताइन् । स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ र नेपाल नर्सिङ संघलगायत विभिन्न पेशागत संघसंस्थाहरुले दोषीमाथि कारबाही र जेल विथ आउट बेलको प्रावधानसहितको कानुनको माग गर्दै आन्दोलन गरिरहेका छन् । स्वास्थ्यकर्मीहरु हरेक दिन साँझ भेरी अस्पताल…

कर्मचारीको तलब २ हजार बढ्यो, महंगी भत्ता निरन्तर

स्वास्थ्यसमाचार/सरकारले सम्पूर्ण सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले वढाएको छ।शनिबार आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब २ हजार रुपैयाँले बढेको जानकारी दिए। कर्मचारीका लागि महंगी भत्तालाई निरन्तरता दिँदै हालको प्रतिकुल अवस्थालाई ख्याल गर्दै यो रकम वृद्धि गरिएको अर्थमन्त्री पौडेलले जानकारी गराए ।यसरी वृद्धी भएको तलब साउन १ देखि लागू हुने उनले बताए । सरकारले कर्मचारीलाई सहुलियत आवास सुविधा पनि उपलव्ध गराउने घोषणा गरेको छ। कोभिड उपचारको नियन्त्रण, रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीले कोभिड भत्ता पनि पाउने छन्। साथै तलबमान र अरु सेवा सुविधाबारे…

स्वास्थ्यकर्मि आक्रमणका दोषिलाई कडा कारवाही गरः नर्सिड संघ बुटबल

स्वास्थ्यसमाचार /नेपाल नर्सिड संघ ईकाई समिति बुटबलले एक बिज्ञेप्ती प्रकाशित गरि वाकेमा भएको चिकित्सक तथा स्वास्थ्यकर्मि माथी भएको आक्रमण का दोषीलाई कडा कार्वाहिको माग गरेको छ । नेपाल नर्सिड संघ ईकाई समिति बुटबल कि अध्यक्ष हरि केसीद्धारा जारी बिज्ञेप्तीमा भनिएको छ कोभिड १९को महामारीमा आफनो ज्यानको प्रवाह नगरि बिरामीको ज्यान बचाउनको लागी भोक प्यास परिवार र बिदा नभनि अहोरात्र रुपमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मि माथी भेरी अस्पताल नेपालगञ्ज बाकेमा यहि जेठ १३ गते राति अराजक सैलीमा रातिमा डियुटीमा रहेका स्वास्थ्यकर्मि माथि भएको दुर्रब्यवाहर हातपात तथा भौतिक सम्पतीमाथि तोडफोड भएको घटनाको…

स्वास्थ्यकर्मीमाथि आक्रमण :तीनजना विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता

स्वास्थ्यसमाचार /भेरी अस्पतालले ड्युटीमा रहेका चिकित्सक र नर्समाथि ज्यान मार्ने उदेश्यले सांघातिक हमला गरेको भन्दै तीनजना विरुद्ध किटानी जाहेरी दिएको छ। भेरी अस्पताल विकास समितिले घटनामा संलग्न रहेका लोक बहादुर रावत, मन बहादुर रावत र भरत रावत विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको जनाएको हो। तीनैजना अहिले प्रहरी नियन्त्रणमा रहेका छन्।   अस्पताल विकास समितिले चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी दिइसकेको र कानुनी कारबाहीको प्रक्रिया अगाडी बढिसकेको भन्दै सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आ–आफ्नो जिम्मेवारीमा फर्कन अपिल समेत गरेको छ। भेरी अस्पतालमा बिहीबार राती कोभिड आइसोलेसनको आइसीयुमा उपचाररत एक…

स्वास्थ्यकर्मी कुटपिटको घटना निष्पक्ष छानबिन हुन्छ :मुख्यमन्त्री पोख्रेल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिटको घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् । बाँकेको भेरी अस्पतालमा गएराति स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनामा मुख्यमन्त्रीको नाम मुछिएपछि उनले निष्पक्ष छानबिन गरिने बताएका हुन् । बिहीबार बेलुकी ८ बजे कोरोना संक्रमित बिरामीको मृत्युपछि उनका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए । शुक्रबार बिहान ट्वीट गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही हुनेछ ।’ घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३…

सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म स्वास्थ्यकर्मीहरु काममा नफर्कने

स्वास्थ्यसमाचार / बिहिबार राती नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी भएको आक्रमणको बिरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मी कुटपिट गर्नुका साथै आईसीयूकक्षमा तोडफोड समेत गरेका थिए । मृतकका आफन्तहरुको आक्रमणबाट ज्यान जोगाउन डा चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए । उपचारका क्रममा मृत्यु भएका दाङका डिल्लीबहादुर रावतका भाई मानबहादुर रावत समेतले नसिंङ स्टाफको घाँटी थिचेर आक्रमण गरेपछि उनीहरु…

भेरी अस्पतालमा आक्रमण :भाइरससँगै भिडको जोखिममा डाक्टर र नर्स

स्वास्थ्यसमाचार/कोरोना संक्रमितको जीवनरक्षामा जुटेका स्वास्थ्यकर्मी भिडबाट असुरक्षित भएका छन् । महामारीमा अथक संघर्ष गरेका भेरी अञ्चल अस्पतालका डाक्टर र नर्सहरूमाथि बिहीबार साँझ एक समूहले सांघातिक हमला गरेको छ । ज्यान जोगाउन डाक्टर र स्टाफ नर्सले एक तलामाथिबाट हाम फालेका छन् । एक साताअघि पूर्वको विराट मेडिकल कलेजमा पनि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्र्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन् । गत ४ जेठमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित रावतको बिहीबार राति करिब साढे आठ बजे मृत्यु भएको…

नेपाललाई कोभ्याक्सको पत्र कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्नु

स्वास्थ्यसमाचार / भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्यासले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को कुन खोप उपयुक्त हुन्छ भनेर विकल्प मागेको छ। कोरोना विरुद्धको खोप कम विकसित, विकासशील, विकसोन्मुख देशहरुमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज उपलब्ध गराएको थियो। कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। कोभ्याक्सले मे वा जुन महिना सम्ममा कोभिसिल्ड खोपको बाँकी डोज उपलब्ध गराउने भनेपनि अहिले उक्त खोपको विकल्पमा नयाँ खोप खोज्न नेपाललाई आग्रह…

कोरोना ठीक भएपछि पनि यी कुरामा ध्यान दिनुहोस

काठमाण्डौ । ‘अहिले कस्तो छ अवस्था ? कि अझै समस्या छ ? रिपोर्ट त नेगेटिभ आयो नि ?’ तपाइँमध्ये कतिले आफ्ना आफन्त वा साथीभाइसँग पछिल्ला केही दिनदेखि यस्ता प्रश्न राख्दै आउनुभएको होला। हो, धेरैजसोले कोरोनाविरुद्धको लडाइँ जितिसके तर यसबाट मुक्ति भने अझै प्राप्त भइसकेको छैन। कोरोनामुक्त भएपछि कतिपय मानिसले अन्य समस्या पनि सामना गरिरहेका छन्। कसैलाई छिटै थकाइ लाग्ने त कसैलाई सास लिन समस्या भइरहेको होला। कसैलाई मुटुको समस्या त कसैलाई अन्य समस्याहरु देखिन थालेको सुन्न र देख्न पाइन्छ। चिकित्सकहरुका अनुसार पोस्ट कोडिभ केयर अर्थात कोरोनाबाट मुक्त भएपछि पनि स्वास्थ्यको…