रुपन्देही जिल्लामा एक हप्ते‘नेपाल मास्क अभियान’ सम्पन्न

७ हजार माक्स बितरण ३सय बढीको एन्टिजेन परिक्षण

स्वास्थ्यसमाचार /जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरीकार्यलयको सहयोगमा रुपन्देहीका बिभिन्न ठाउमा माक्स बितरण गर्नुका साथै जिल्लाका सरकारी कार्यलयमा कोरोना एन्टिजेनवाट परिक्षण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि एक साताका लागी मास्क अभियान सञ्चालन गर्ने कार्यक्रम अनुसार रुपन्देहीमा पनि यो अभियान संञ्चालन गरिएको छ ।

‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ रुपन्देहीमा पनि यो अभियान साउन २४ गते देखी सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।

अभियान अन्र्तगत साउन २४ गते जिल्ला प्रसाशन कार्यलय भैरहवामा प्रमुख जिल्ला अधिकारी अस्मान तामाडले माक्स अभियानको सुरुवाता गरेका थिए सोहि दिन बुटबल र भैरहवामा २६ सय माक्स बितरण एन्टिजेन परिक्षण गरिएको छ ।

भने २६ गते भैरहवा मालपोत कार्यलय २७ गते जिल्ला निबार्चन कार्यलय भैरहवा भन्सार कार्यलय २८ गते बुटबल मालपोत कार्यलयमा २९ गते यातयात कार्यलय मणिग्राममा कार्यलयमा कोरोना एन्टिजेन बाट परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका ल्याव टेक्नीसीयन हुमप्रसाद खनालले बताए । अभियानका क्रममा गरिएका एन्टिजेनटेष्टमा सबै नेगेटीभ देखीएको खनालले बताए ।

अभियानमा लुम्बिनी प्रादेशिक अस्पतालका २ जना मेडिकल अधिकृतले माक्स कसरी लगाउने भन्नेबारे जानकारी गराएका थिए भने जिल्ला स्वास्थ्य कार्यलय ल्याबटेक्नीसीयन हरुले एन्टिजेन परिक्षण गरेको खनालले बताए । अभियानमा ६हजार २ सय ५० माक्स ३सय ३१ जनाको एन्टिजेन परिक्षण गरिएको थियो ।

सम्बन्धित शिर्षक :