रुकुमपूर्वअस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी लाई सास्ती

स्वास्थ्यसमाचार/जिल्ला अस्पताल रुकुमपूर्वमा विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीले सास्ती भोग्दै आएका छन्। अस्पताल स्थापना भएदेखि विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता भएको हो।

विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख डा गणेश चौधरीले जानकारी दिए। अस्पतालमा फरक–फरक विधाका गरी विशेषज्ञ डाक्टरको मात्र १० दरबन्दी रहेको अस्पतालका प्रमुख चौधरीले बताए।

विशेषज्ञ डाक्टर नहुँदा हर्निया, हाइड्रोसिल, जटिल सुत्केरी सेवा‚ बाल रोग, नाक–कान–घाँटी, छालालगायतका जटिल प्रकृतिका बिरामीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता रहेको चौधरीले बताए। अस्पतालमा कन्सल्टेन्ट अब्सट्रे तथा गाइनो विशेषज्ञ दुई र बाँकी कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट जनरल सर्जन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट रेडियोपोजिष्ट, कन्सल्टेन्ट प्याथेब्लोजिष्ट, कन्सल्टेन्ट साइकाट्रिष्ट र कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट एकएकजना विशेषज्ञ डाक्टर प्रदेश सरकारले रिक्त रहेको दरबन्दी पदपूर्ति गर्न नसकेको अस्पतालले जनाएको छ।

अस्पतालमा अहिले ६ मेडिकल अधिकृत डाक्टरहरूले धानिरहेका छन्। अस्पताल विकास समितिको बैठक बसि पटक–पटक विशेषज्ञ डाक्टरको माग गरि राखेकोमा सरकारले माग सुनुवाइनगरिराखेको अस्पतालका प्रमुखचौधरीले बताए। जसको सास्तीजिल्लाका सर्वसाधारण बिरामीलाई परिरहेको चौधरीले सुनाए । विशेषज्ञको अभावमा जटिल अवस्थाकागर्भवतीमहिला बढी सास्ती भोग्न बाध्य छन् ।

 

सम्बन्धित शिर्षक :