मेसुलाई दुर्व्यवहार गर्नेमाथि कडा सजाय होस :स्वास्थ्य तथा जनसंख्यामन्त्रालय लुम्बिनी प्रदेश

राप्ति प्रादेशिक अस्पतालका मेसुलाई कालोमोसो : सेवा बन्द, चिकित्सक, स्वास्थ्यकर्मी आन्दोलनमा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञेप्ती जारी गरी राप्ति प्रादेशिक अस्पतालका मेसुलाई दुब्र्यवहार गरेको प्रति खेद प्रकट गरेको छ ।

मन्त्रालयका प्रबक्ता डा पुष्पराज पौडेल द्धारा जारी विज्ञेप्तीमा भनिएको छ समग्र स्वास्थ्य प्रणाली चिकित्सक तथा स्वास्थ्य कर्मि यस महामारीमा नभनि अहोत्र दिनरात्र नभनि अग्रपन्तीमा खटिएका लाई उच्च मनोबल वढाउनु सेवा प्रवाहका समन्धमा रचनात्कम सुझाब सल्लाह प्रदान गर्नु र सामुदायीक अपन्त गर्नुको साटो अस्पताल जस्तो गरिमामय पबित्र स्थलमा गरिएको ब्यवाहरले लज्जित तुल्याएको छ ।

यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मिको मनोबल गिराउने र अस्पताल सेवामा थप असर हुने सिवाय अरु कुनै उपलब्धी नहुने भएकोले सम्पुर्ण नागरिक समाज आमा बुवा दिदी बहिनीहरु अस्पताल तथा स्वास्थ्यकर्मिको पक्षमा उभिन आवाहन गर्दछौ ।यस घटनामा जोसुकै संग्लन भएपनि कानुनको दायरामा ल्याई कडा सजाय दिनुको साथै अब आईन्दा यस्ता घटना पुनरावृत्ति हुन नदिन स्थानिय प्रशासन सुरक्षा निकाय नागरिक समाज लगायत सबैमा मन्त्रालय हार्दिक अपील गर्दछ।

उता राप्ति प्रादेशिक अस्पतालका मेसुलाई कालोमोसो दल्नेमाथि कारबाही नभएको भन्दै अस्पतालका सेवाहरु बन्द गरिएको छ । घटना भएको २ दिन बित्दा पनि दोषीलाई काननु दायरामा नल्याएको भन्दै सेवा बन्द गरिएको अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले वताए ।

आइतबार बिहानैदेखि अस्पतालको इमर्जेन्सी, डायलासिस र प्रसूतिबाहेकका सेवा बन्द गरिएको न्यौपानेले वताए । सेवा बन्द गरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी प्रदर्शनमा उत्रिएका छन्। आन्दोलनमा दाङका निजी स्वास्थ्य संस्थाका चिकित्सक, स्वास्थ्यकर्मीको समेत साथ रहेको अस्पताल विकास समितिका अध्यक्ष न्यौपानेको भनाइ छ। शुक्रबार दिउँसो दाङका एमालेनिकट अनेरास्ववियूमा अध्यक्ष सर्जन परिवारको नेतृत्वमा आएको समूहले अस्पतालका मेसु डा. विनोद सिंहलाई कालो मोसो दलेको थियो।

घटनापछि तत्कालै अस्पतालको बोर्ड बैठक बसी दोषीलाई कारबाही कडा कारबाही गर्न माग गरिएको थियो । भन्छन् तर अहिलेसम्म पक्राउ गरिएको छैन’ अस्पताल विकास समिति अध्यक्ष न्यौपाने भने, ‘कारबाही नभएसम्म आन्दोलन जारी रहन्छ।’ घटनाका मुख्य दोषी रहेका परियारले घटनापछि फेसबुक लाइभ गर्ने विज्ञप्ति निकाल्ने गर्दै आफ्नो हर्कतलाई सही ठहर्याउन लागि रहेको देखिन्छ।

सम्बन्धित शिर्षक :