अफगानिस्तानबाट नेपाल फर्केका नेपालीलाई पोलियो थोपा अनिवार्य

स्वास्थ्यसमाचार /अफगानिस्तानबाट नेपाल फिरेका सबै नेपालीहरुलाई पोलियो थोपा खुवाइने भएको छ।स्वास्थ्य सेवा विभाग अन्र्तगत परिवार कल्याण महाशाखाले पोलियो विरुद्धको खोप लगाउने निर्णय गरेको हो।

विश्व स्वास्थ्य संगठन अन्तर्गतको आइएचआर इन्टरनेशनल हेल्थ रेगुलसनले अफगानिस्तानबाट फर्किएका सबै मानिसलाई खोप लगाउन सिफारिस गरेको हो।बालस्वास्थ्यका प्रमुख डा झलक शर्मा गौतमका अनुसार पोलियो थोपा कार्यक्रम आजैबाट शुरु गर्ने जानकारी दिए।

आज अफगानिस्ताबाट आइपुग्ने सबैलाई पोलियो थोपा खुवाइने छ भने केही समय पहिले आउने नागरिकहरुलाई आफ्नो नजिकको स्वास्थ्य संस्थामा गएर खोप लिन निर्देशन दिएका छौं,’ उनले भने।महाशाखाले स्वास्थ्यकर्मीहरुलाई अफगानिस्तानबाट फर्केर आएका नागरिकको खोजी गरी पोलियोको खोप दिन निर्देशन दिएको छ।

नेपालमा २०१० देखि एकजना पनि पोलियोका विरामी देखिएका छैनन्। तर अफगानिस्तान र पाकिस्तानमा हालसम्म पनि पोलियोका विरामीको सख्या शून्य भएको छैन।पोलियो पनि सरुवा रोग भएका कारण सम्पुर्ण पोलियो केशलाई नहटाएसम्म निर्मुलन हुन सक्दैन।

सम्बन्धित शिर्षक :