रुपन्देहीमा भेरोसेल खोप दोस्रो मात्रा दुई चरणमा पहिलो साउन २५ र २६दोश्रो २८ र २९

स्वास्थ्यसमाचार रुपन्देहीमा कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी सोमबार यही साउन २५ गते देखि दुई चरणमा सञ्चालन गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार कोभिड तथा खोप समन्य समितिका अध्यक्ष एबं जिल्ला प्रमुख जिल्ला अधिकारी आश्मान तामाडको अध्यक्षतमा बसेको वैठकले रुपन्देहीमा २ चरणमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी सोमबार देखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य कार्यलयले जनाएको छ । पहिलो मात्रा लगाएको २१…

उपचारका लागि नेपालगन्ज जाँदा जबर्जस्ती बुटबल पुराए:सांसद वली

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी वली खत्रीले आफूलाई साउन १५ गते उपचारका लागि नेपालगन्ज जाने क्रममा आफूलाई लुम्बिनी प्रदेशसभाका एमाले सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर राउतले बुटवल पु¥याएको वताईन । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ’ २०७८ साउन १५ गते दिनको ११ बजे म उपचारको लागि नेपालगन्ज हिँड्न लागेको समयमा नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावत मेरो घर तुल्सीपुरमा आउनु भयो, फेरि उही दबाब दिन थाल्नुभयो । मैले फेरि पनि इन्कार गरें म बिरामी छु,…

नक्कली खोप कार्ड बनाई क्यानडा छिरेका दुई जना पक्राउ, १६ हजार डलर जरीवाना

स्वास्थ्यसमाचार /नक्कली खोप कार्ड बनाई क्यानडा छिरेका दुई जना पक्राउ परेका छन् । खोप लगाएको भनेर फर्जी कागजात देखाएर अमेरिकाबाट क्यानडा प्रवेश गरेका दुई जना पक्राउ परेका हुन् । पक्राउ परेका दुई जनालाई जरीवाना तिराएर छोडिएको बीबीसीले जनाएको छ । एकजनालाई १६ हजार अमेरिकी डलरका दरले जरीवाना तिराएको बिबिसीले जनाएको छ। क्यानडाको टोरन्टो एरपोर्टमा आइपुगेका उनीहरुको खोप लगाएको भनेर प्रमाणित कागजात नक्कली भएको खुलेको थियो। त्यसैगरी कोरोना जाँच गरिएको रिपोर्टसमेत नक्कली भएको खुलेपछि उनीहरुलाई जरीवाना तिराइएको थियो। क्यानडाको पब्लिक हेल्थ एजेन्सीको विज्ञप्तिमा जुलाई १८ मा ती व्यक्ति अमेरिकाबाट क्यानडा आएका…

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको वार्षिक समिक्षा गोष्ठि सम्पन्न

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको वार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको ।अस्पताल भएका काम समस्या र अब गर्ने कामको बारे समिक्षा भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल मेसु डा राजेन्द्र खनालको अध्यक्षता अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राईको प्रमुख आतिथ्यता र समितिका सदस्य रिज्जु श्रेष्ठको बिशिष्टआतिथ्यमा वार्षिक समिक्षा गोष्ठि भएको थियो । वार्षिक समिक्षा गोष्ठिमा अस्पतालका सबै वाड ईन्र्चाजले बर्ष भित्र भएका कामको बारेजानकारी गराएका थिए । उनीहरुले काम गर्न भएका समस्या समाधानका उपाय र अब काम कसरी गर्ने भन्नेवारे छलफल गरेको अस्पतालका नर्सिड ईन्र्चाज ज्योती पौडलले बताईन । उनले…

लुम्बिनी प्रादेशिक अस्पतालमा ४५ बेडको क्याविन सेवा सञ्चालनमा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा ४५ बेडको क्याविन सेवा सञ्चालनमा आएको छ । एक कार्यक्रममा बिच अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ र प्रमुख मेडिकल सुपरिटेण्ट डा. राजेन्द्रप्रसाद खनालले संयुक्त रुपमा क्याविन सेवाको सुभारम्भ गरे। क्याविन सेवा सुभारम्भ कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्ट डा. राजेन्द्रप्रसाद खनालले अव लुम्बिनी प्रादेशीक अस्पतालमा बेड संख्या ३ सय ७५ पुगेको र विरामीको पक्षबाट क्याविन सेवाको अध्याधिक माग भएकाले अस्पतालका सेवामा केही सहजता आएको वताए । डा खनालले अस्पतालका सामान्यदेखी एसी डिलक्ससम्म ६ प्रकारका क्याविन कोठाहरु रहेका छन् । क्याविनको स्तर…

अनमी र सिएमएका लागि इजरायलमा ‘केयरगिभर’का लागि आवेदन खुल्यो

स्वास्थ्यसमाचार / इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ। अनमी तथा सिएमए पढेकाले पहिलो प्राथमिकता पाउने उक्त अवसरमा मासिक कमाई झण्डै २ लाख हुने छ। वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै २१ दिनभित्र आवेदन दिन भनेको छ। विभागको सूचना अनुसार विभागको वेभसाइट http://ferms.dofe.gov.np मा अनलाइन आवेदन दिन सकिने छ।इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने बताएको छ। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष हुनेछन्। मासिक तलब लगभग एक हजार छ सय अमेरिकी डलर (एक लाख ८८ हजार भन्दा बढी नेपाली रुपैयाँ) हुने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।…

रुपन्देहीका १६स्थानिय तहमा साउन १५ देखी जोनसनको खोप लगाईने

स्वास्थ्यसमाचार / रुपन्देही जिल्लाका १६ स्थानिय पालिकामा साउन १५ गते देखी कोरोना विरुद्धको जोनसनको खोप अभियान सुरुहुने भएको छ । जिल्ला कोभिड समन्य समितिको निर्णय अनुसार १५ गते देखी रुपन्देहीका सबैपालिकामा खोप संञ्चालन गर्ने निर्णय भएको हो । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले ५० देखी ५४ बर्ष उमेर समुहका पहिलो मात्र खोप लगाउन बाकीसबै नागरीक र,पुर्ण र अति अशक्त अपाङ्ग बर्ग क र ख भएका नागरिकहरु र यस भन्दा अघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मि तथा सरफसाईकर्मि हरुलाई यो खोप लगाईने वताए। उनले आफुलाई पायक पर्ने ती केन्द्रहरुमा…

तिलोत्तमा वडा नं ४मा महिला तथा बालबालिका मैत्री अस्पताल बन्ने

स्वास्थ्यसमाचार / रुपन्देहीको तिलोत्तमामा महिला तथा बालबालिका मैत्री अस्पताल बन्ने भएको छ। तिलोत्तमा बडा नम्बर ४ भक्तपुर टोलमा निर्माण हुने अस्पतालको लुम्बिनी प्रदेशका उद्योग मन्त्री कल्पना पाण्डे लम्सालले सिलन्यास गरिन। आगामि ७ महिना भित्र सञ्चालनमा ल्याउने गरी निर्माण शुरु गरिएको उक्त अस्पतालमा २० जना सेयर सदस्य रहेका छन्। महिला अस्पतालमा महिलामात्रै सेयर सदस्य रहेका छन्। पहिलो चरणमा १५ बेडको अस्पताल निर्माण गर्ने गरी काम अगाडि बढाईएको सस्थाका प्रबन्ध निर्देशक कमला मल्ल हमालले जानकारी दिईन। अस्पतालमा ३ करोड बढीको लगानी रहने उनले जानकारी दिईन्। अस्पताल महिला जनशक्तिबाट सुचारु गर्ने गरी जनशक्ति…

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना खोप लगाउन लाईनबस्नु नपर्ने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतल बुटबलमा साउन ८ गते देखी वैदेसिक रोजगारीमा जानेलाई लगाउन सुरु गरिएको जोनसनको खोप लगाउन अब लाईन लाग्नुपर्ने बाध्यता हटेको छ । चर्काेगर्मिको कारण खोपलगाउनेहरुलाई समस्या र बढी भिडभाड भएकोले यस्तो ब्यबस्था गरिएको हो। अब खोप लगाउन जादा अस्पतालमा सम्पर्क गरि नाम टिपाउने र आफनो पालो आएपछि खोपलगाउन जाने ब्यबस्था गरिएको लुम्बिनी प्रादेशीक अस्पताल बुटबलका नर्सिड ईन्र्चाज ज्योती पौडेलले बताईन । अस्पतालमा निम्न नम्मरमा सम्पर्क गर्न पनि पौडेलले सरोकारवाला लाई आग्रह गरिन। बिहान ८ बजे देखी ६ बजे सम्म नाम दर्ता गर्न सकिने छ । सम्पर्क गर्नको…

धुर्कोट गाउँपालिका वडा नं ४ जैसिथोकमा बर्थिङ सेन्टर संञ्चालन

वासुदेव पोखरेल स्वास्थ्यसमाचार /गुल्मी धुर्कोट गाउँपालिका ४ जैसिथोकमा बर्थिङ सेन्टर संचालन गरिएको छ । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बर्थिङ सेन्टरको उद्घाटन गरे । जैसिथोकमा बर्थिङ सेन्टर संचालनमा आएसँगै अब सुत्केरी गराउनको लागि सदरमुकाम तम्घास वा धुर्कोट रजस्थल प्राथमिक स्वास्थ्य केन्द्र जानुपर्ने छैन । आर्थिक बर्ष ०७७/ ७८ मा उक्त स्वास्थ्य चौकीममा ३८ जनाले चारपटक गर्भ जाँच गराएका छन् । अहिलेसम्मको तथ्यांक हेर्दा बार्षिक ३५ देखि ४० जना उक्त स्वास्थ्य चौकीमा सुत्केरी हुने स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवम् जैसिथोकका वडा सदस्य गनेपाल थापाले ,जानकारी दिए । स्वास्थ्य चौकिमा अनमि तारा…