आम्दा अस्पताललाई संजालद्वारा प्यासन मोनिटर हस्तान्तरण

स्वास्थ्यसमाचार /रुपन्देही सामाजिक संजाल अष्टे«लियाले बुटवलको शिद्धार्थ महिला तथा वाल अस्पताल( आम्दा अस्पताल)मा प्यासन मोनिटर हस्तान्तरण गरेको छ । आईसियु कक्षमा भर्ना भई उपचार गरिरहेका विरामीको उपचारमा यसले सहजता ल्याउने संजालले विश्वास लिएको छ ।

संजालले ७ लाख ४६ हजार ५० रुपैया वरावरको मोनिटर प्रदान गरेको कार्यक्रम संयोजक तथा संजालका कला साहित्य तथा सांस्कृतीक संयोजक मुक्तिराम पोख्रेलले जानकारी दिए । आईतवार एक कार्यक्रम विच संजालका प्रतिनिधि काशीनाथ पोख्रेलले अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद वस्याललाई मोनिटर हस्तान्तरण गरे ।

सो अवसरमा अस्पतालका मेसु डा राजेन्द्र प्रसाद वस्यालले जापानी जनताको सहयोगमा निर्माण भएको अस्पताल अहिले आन्तरिक तथा वाह्य सहयोगबाट संचालनमा रहेको बताए । उनले अष्ट्ेलियामा रहेका नेपालीहरुबाट अस्पतालमा सहयोग पाउदा निकै खुसी लागेको भन्दै धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा संजालका अध्यक्ष इश्वर पोखरेलले विरामीले उपचार सेवा पाउने संस्थालाई सहयोग गर्न पाउदा खुसी लागेको बताए । अष्ट्ेलियामा रहेका नेपाली विद्यार्थी, व्यवसायी र कर्मचारीबाट एक एक रुपैया गरी संकलन गरिएको सहयोग राशीले विरामीको उपचारमा सहयोग पु्ग्ने उनको विश्वास छ । सामाजिक उत्तरदायीत्व अन्तर्गत आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा संजालका महासचिव दिवाकर काफ्लेले संजालले अहिले सम्म गरेको कार्यको वारेमा जानकारी दिदै कर्मको लागि विदेशी भूमिमा रहेपनि आफ्नो मुलुकको माया लागेर नै सहयोग कार्यलाई जारी राखिएको बताए ।

आम्दा अस्पतालका प्रशासन प्रमुख धु्रव श्रेष्ठको संचालनमा भएको उक्त कार्यक्रममा जुम मार्फत अस्ट्ेलियाका संचालका पदाधीकारी तथा सदस्यहरु जोडिएका थिए । सन २०१५ मा स्थापना भएको उक्त संजालले कोभिड प्रभावितहरुलाई राहत वितरण, तिलोत्तमामा यौन हिंसामा परेका वालिकालाई सहयोग, क्यान्सर पिडितहरुलाई सहयोग, भुकम्पपिडितहरुलाई एनआरएन मार्फत सहयोग, मणिग्राम स्थित आत्मशान्ति अनाथ आश्रम, नेपाल अपा· आश्रममा सहयोग गरी सकेको छ ।

 

सम्बन्धित शिर्षक :