राप्ती प्रादेशिक अस्पतालका मेसु लाई कालोमोसो दल्ने २ जना पक्राउ

स्वास्थ्यसमाचार /राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहलाई दुव्र्यवहार गर्नेलाई प्रहरीले प्रकाउ गरेको छ । डा सिंहलाई दुव्र्यवहार गर्ने मुख्य व्यक्तिलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी दिए ।

साथै कालोमोसो दल्ने मुख्य व्यक्तिलाई पक्राउ गरिसकेको र बाँकी घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको एसपी काफ्लेले बताए । उनले आज बेलुका सम्म सबैलाई पक्राउ गरिसक्ने बताए । पक्राउ परेकाको नाम ठेगाना पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिने बताए ।

सम्बन्धित शिर्षक :