लोकसेवाद्धारा स्वास्थ्य समूहको खुल्ला तथा बढुवाको परीक्षा तालिका सार्वजनिक

स्वास्थ्यसमाचार/ लोकसेवा आयोगले स्वास्थ्य समूहको खुल्ला तथा बढुवाको कार्यतालिका सार्वजनिक गरेको छ ।आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो। आयोगले चौथो तह देखि एघारौँ तहसम्मको खुल्ला तथा बढुवा सम्बन्धी परीक्षा तालिका सार्वजनिक गरेको छ।स्वास्थ्य सेवा, एघारौँ र नवौं तहका लागि असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन गर्ने जनाएको छ । त्यस्तै स्वास्थ्य सेवा, आठौं तह र स्वास्थ्य सेवा, सातौँ तहका लागि कात्तिकको अन्तिम बुधबार विज्ञापन प्रकाशन गर्ने आयोगले जनाएको छ।

रुपन्देहीमा साउन १र २ गते कोरोना विरुद्धको भेरोसेल खोप लगाईने

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले भोली देखी अर्थात साउन १ र २ गते जिल्लाका १६ स्थानिय तह र २ अस्पताललमा कोरोना विरुद्धको भेरोसेल खोप अभियान संञ्चालन गर्ने भएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार रुपन्देहीमा भोली देखी अर्थात साउन १ र २ गते कोरोना विरुद्धको भेरोसेल खोप अभियान सुरु गरिने बताए । उनले जिल्लाका १६ पालिका लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पताल भैरहवामा खोप केन्द्र तोकिएको बताए ।डा गिरीले भने केही समयपछि जोनसन एन्ड जोनसनको ‘जेनसेन’ खोप लगाउने हो अहिले त्यस बारे केहि निर्णय भएको छैन…

लुम्बिनी प्रदेशका ४ कोरोना अस्पतालका कर्मचारीलाई थप ५० प्रतिशत जोखिम भत्ता

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका ४ कोरोना अस्पतालमा कार्यरत कर्मचारीहरुलाई थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेशको कोरोना अस्पतालमा कार्यरत ४ सय बढी करार र स्थायी कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरीले जानकारी दिए। उनले कोरोना नियन्त्रण तथा रोकथाम कोषबाट प्रदान गरिने उनले जानकारी दिए। केन्द्र सरकारले फ्रन्टलाइनर्सलाई कोरोनाको समयमा काम गरेको भन्दै जोखिम भत्ता दिएपनि त्यसलाई यथावत राख्दै लुम्बिनी प्रदेश सरकारले पनि जोखिम भत्ता थपिदिएको उनले जनाए ।…

लुम्बिनी प्रादेशिक अस्पतालमा २० बेडको कोभिड आइसीयु वार्ड उद्घाटन

स्वास्थ्यसमाचार /बिगत २ बर्षदेखी धागोकारखानामा संञ्चालित लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड आइसीयु वार्ड आफ्नै भवनमा सारेको छ ।कोभिड–१९ का दुई वटा लहरमा बुटवल रामनगरस्थित धागो कारखानाबाट सेवा दिएको वार्डलाई अस्पतालले आफ्नै भवनमा सारेको हो । कोभिड आइसीयु वार्डको अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराई र अस्पतालका मेसु डा राजेन्द्र खनालले संयुक्त रुपमा वार्डको उद्घाटन गरे । उदघाटन समारोहमा बोल्दै अध्यक्ष सुर्यबहादुर भट्टराई अस्पताल परिसरमै कोभिड आइसीयु वार्ड ल्याएपछि स्वास्थ्यकर्मीलाई सहज हुने बताए । अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालले बिगत २ बर्ष देखी धागो कारखनामा संञ्चालनमा रहेको कोभिड आइसीयु वार्ड बिभिन्न बाबजुतका बिच…

बुटवलको नीति कार्यक्रम :स्वास्थ्य क्षेत्रलाई बिषेश प्राथामिकता

–मोतियाविन्दुको शल्यक्रियामा अनुदान –मुटु, मिर्गौला, क्यान्सर, अटिज्म, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल ऐनिमियाका बिरामीको उपचारमा अनुदान –हरेक वर्ष विद्यार्थीको निशुल्क आँखा जाँच –मजदुरहरुका लागि निशुल्क घुम्ति स्वास्थ्य शिविर स्वास्थ्य समाचार /बुटवल उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरसभाको नवौं अधिवेशनमा प्रमुख शिवराज सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गरे । उपमहानगरपालिकाले जनस्वास्थ्यमा नौला र आकर्षक नीति कोरोना महामारीको सम्भावित तेस्रो लहरको पूर्वतयारी लक्षित ल्याइएको नीति कार्यक्रमले जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ । सरकारी स्वास्थ्य संस्थालाई…

तिलोत्तमाको बजेट १ अर्ब ९८ करोड ७६ लाख स्वास्थ्यमा १९ करोड

स्वास्थ्यसमाचार/ “समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर शहर ः सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर भन्ने नारालाई निरन्तरता दिदै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागि १ अर्व ९८ करोड ७६ लाख २८ हजार ५ सय ७४ रुपैयाको बजेट सार्वजनिक गरेको छ । मंगलबार नगरसभामा आर्थिक बर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै तिलोत्तमा नगरपालिका उप प्रमुख जगेश्वरी देवी चौधरीले दोस्रो लहरको कोरोना महामारीको कारण विश्वभर देखा परेको संकट र अर्थतन्त्रमा पारेको असहज अवस्थामा बजेट ल्याउनु पर्दा नगरबासीहरुको बिकासको ब्यग्र चाहनालाई पुर्ण रुपमा समेटन नसकेको बताईन । उनले वर्थिङ सेन्टरमा सुत्केरी…

लुम्बिनी प्रदेशको बजेट ४० अर्ब ९५ करोड, स्वास्थ्य र कृषिलाई प्राथमिकता

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८/०७९ को लागी ४० अर्ब ९५ करोड ९७ लाख बजेट बिनियोजन गरेको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आर्थिक बर्षको लागी उक्त बजेट बिनियोजन गरेका हुन । आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालााई विशिष्टिकृत अस्पतालको रुपमा निर्माण थालनी गर्न सरकारले आगामी आर्थिक बर्षको लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको बताए । त्यस्तै राप्ती प्रादेशिक अस्पताललाई विशिष्किृत अस्पतालको रुपमा विकास गर्नका लागि त्यसको विस्तृत परियोजना रिपोर्ट अर्थात् डिपिआर निर्माणसम्मका लागि आवश्यक बजेट विनियोजन गरेको छ । हालसम्म…

कोरोना उपचारमा संग्लन स्वास्थ्यकर्मिहरुको लागी ५० प्रतिशत भत्ता

स्वास्थ्यमाचार/ लुम्बिनी प्रदेश सरकारले कोरोना उपचारमा संग्लन स्वास्थ्यकर्मिहरुको लागी ५० प्रतिशत भत्ता उपलब्ध गराउने भएको छ । आर्थिक बर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दे आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले उक्त कुरा बताए ।मन्त्री चौधरीले यो भत्ता कोरोना उपचारमा संग्लनमात्र भएको बताएका छन । मन्त्री बैजनाथ चौधरीले कोभिड १९ विरुद्ध खटिनका लागि सरकारले बजेटलाई प्राथमिकता दिएको बताएका छन्।उनले भने सडक बाटो बनाउँदै गरौंला, अरु विकासका काम गर्दै गरौंला, पहिले स्वास्थ्य उपचारलाई ठीक बनाउँ, पहिले बाँचौं भन्ने मान्यतालाई आत्मसात गरेर अघि बढेका छौं । उनले कोभिड १९ संक्रमितको उपचारका लागि…

लुम्बिनी प्रदेशको नीति कार्यक्रमः लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशिष्टिकृत बनाईने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले आज लुम्बिनी प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७८÷७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दे प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना महामारी लगायतका महामारीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनपूर्वाधार, औषधी, स्वास्थ्य उपकरणहरू र पर्याप्त जनशक्तिको व्यवस्था गर्ने । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई दुर्गम क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने प्रदेश मातहतमा रहेका स्वास्थ्य संस्थाहरूलाई समयानुकुल बनाउन सबै स्वास्थ्य संस्थाहरूको संगठन तथा व्यवस्थापन सर्वे गरि स्वास्थ्य संस्थाहरूको…

५०प्रतिशत जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयले माग्यो विवरण

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका अग्रपंक्तिका स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई ५० प्रतिशत जोखिमभत्ता उपलव्ध गराउनका लागि सबै सरकारी अस्पताल, प्रदेश स्वास्थ्य मन्त्रालय तथा प्रदेश सामाजिक विकास मन्त्रालयसँग विवरण मागेको छ । स्वास्थ्य मन्त्रालयले आइसोलेसन सेन्टर, प्रयोगशाला, अस्पतालहरुलाई कोरोना उपचार गर्ने सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीहरुको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाको मात्र ड्युटी लिष्ट र ड्युटीमा खटिएकाहरुको मात्र तलवी भर्पाइ एक हप्ताभित्र उपलव्ध गराउन सूचित गरेको छ । महाशाखा प्रमुख डा गुणराज लोहनी द्धारा हस्ताक्षरित सुचनामा उक्त कुरा उल्लेख गरिएको छ ।