राप्ती अस्पतालका मेसुलाई कालोमोसो दलेको आरोप लागेका परियारले गरे आत्मसमर्पण

स्वास्थ्यसमाचार/ राप्ती प्रादेशिक अस्पतालका तुल्सिपुरका मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहलाई कालोमोसो दलेको आरोप लागेका अनेरास्ववियू दाङका अध्यक्ष सर्जन परियारले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

उनी आज आफैं जिल्ला प्रहरी कार्यालय दाङमा उपस्थित भएका हुन् । परियारले प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । परियारले आफूलाई प्रहरीले लगाएको मुद्दा झूटो भएको भन्दै आत्मसमर्पण गरेका छन् ।पक्राउ पछि उनले मुद्दा झुटो रहेको दाबी गर्दै हिरासतभित्र भोकहड्ताल गर्ने बताएका छन् ।

चिकित्सकमाथि कालोमोसो दल्ने मुख्य आरोपी ६ जनामध्ये प्रहरीले अहिलेसम्म परियारसहित तीन जना पक्राउ गरेको छ ।

सम्बन्धित शिर्षक :