पूर्ण मात्रा खोप प्राप्त गरेका ९० प्रतिशत नागरिकमा पाइयो एन्टीबडी: स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार /नेपालमा पूर्ण मात्रा कोभिड(१९ खोप प्राप्त गरेका ९० प्रतिशत व्यक्तिमा एन्टीबडी देखिएको छ। स्वास्थ्य तथा मन्त्रालयले गरेको ६ महिनाको सर्वेक्षणको नतिजा अनुसार पूर्ण मात्रा खोप प्राप्त गरेका ९० प्रतिशतमा एन्टीबडी देखिएको मन्त्रालयले जनाएको हो।

मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार सातै प्रदेशका गरेर पहिलो खोप लगाउने ८० प्रतिशत व्यक्तिहरुमा र पूर्ण खोप प्राप्त गरेका ९० प्रतिशतमा एन्टीबडी देखिएको हो। कोभिड(१९ संक्रमणको दोस्रो राष्ट्रिय सेरोप्रिभ्यालेन्स सर्वेक्षणले नागरिकले लगाइरहेको खोपहरु अत्यन्त प्रभावकारी देखिएको मन्त्रालयले निष्कर्ष निकालेको छ।

 

 

सम्बन्धित शिर्षक :