स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा ३ दिनभित्र सरकारले पूर्णता पाउने भएको छ । गठबन्धनका नेताहरुले अब ३ दिनमा लुम्बिनी प्रदेश सरकारलेको मन्त्रीमन्डलले पुर्णता पाउने वताएका छन ।मन्त्रालय वाडफाडमा केहि ढिला भएकोकारणले मन्त्री मन्डल बिस्तारमा ढिलाभएको नेताहरुले बताएका छन ।
माओबादीका सभाषद तुलराम घर्ती मगरका अनुसार अब ३ दिन भित्र मन्त्रीमन्डल बिस्तार हुने बताएका छन । कोरोनामहामारी को बिषम परिस्थीतिमा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिगत १८ दिन देखी मन्त्री बिहीन अबस्थामा छ ।कहिले कस्ले पाउला स्वास्थ्यमन्त्री भन्ने प्रश्नमा सभाषद तुलराम घर्ती मगर भन्दछन माओबादीको भागमा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय परेको बताएका छन ।
मन्त्री को भन्दछन भन्ने प्रश्नमा सभाषद घर्ति भन्दछन साथीहरुको ईच्छाचाहना धेरैको छ मेरोपनि ईच्छा हो अब के हुन्छ हेरम केहि दिनभित्र पुर्णता पाएपछि थाहहुने बताए । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पुराएको छ। आईतबार बसेको मन्त्रिपरिषदको बैठकले १० बाट बढाएर १३ पुराएको हो। जसअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, भएको छन ।
भने अन्यआन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहेका छन्। उता सरकारका प्रवक्ता कृष्णध्वज खड्काले मन्त्रालय विभाजनलगत्तै यही हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन।

 
				
					 
			 
                             
                             
                            
प्रतिकया दिनुहोस्