स्वास्थ्यसमाचार/ स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको आयोजनामा बुटबलमा बिरामीको सुरक्षा ‘patient safety ,समिक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । लुम्बिनी प्रदेशभित्रका अस्पताल आयुर्वेद अस्पतालका लगायतका क्षेत्रका चिकित्सक नर्स तथा प्यारामेडीक्सहरु लाई उपचारमा आउदा ‘बिरामीको सुरक्षा कसरी हुन्छ भन्ने बिषयमा समिक्षा तथा गरिएको हो।बिरामीको सुरक्षा समिक्षा तथा अभिमुखीकरण कार्यक्रमको लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिब डा बिकास देबकोटाले उदघाटन गरेका छन । उदघाटन कार्यक्रममा बोल्दै सचिब डा देबकोटाले पछिल्लो समयमा बिरामीहरुको सुरक्षा विश्वव्यापीरुपमा चुनौति बनिरहेको बेला सामाजिक उत्तरदायित्व अन्तर्गत मन्त्रालयले लुम्बिनी प्रदेशमा पहिलो पटक यस्तो कार्यक्रम सुरु…
आयुर्वेद
लुम्बिनी प्रदेश बजेटः स्वास्थ्यलाई विशेष प्राथमिकता के–के छन स्वास्थ्य क्षेत्रका योजना ?
चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ। संघीय सरकारले बजेट प्रस्तुत गरेको १५ दिनपछि लुम्बिनी प्रदेशले प्रादेशिक बजेट प्रस्तुत गरे। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार लुम्बिनी प्रदेशले हरेक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। यो अहिले प्रदेश सरकारको अन्तिम बजेट पनि हो। यही वर्ष मंसिर भित्र प्रदेश सभाको निर्वाचन भएर प्रदेशहरूमा नयाँ सरकार बन्नेछ।लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा केही सुधारका योजना अघि सारेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् स्वास्थ्य क्षेत्र सुधारमा लुम्बिनी सरकारले केही…
लुम्बिनी प्रदेशको २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक
चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो् । निति कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई बिषेश क्षेत्रमा राखिएको छ। स्वास्थ्यमा लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चित प्रदेश, लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा राखेर नमुना आयोजनाका रुपमा निरन्तरता दिइने, यी दुई अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार ग्यारेन्टी, ओपीडी र जनरल बेड निःशुल्क गरिने र बुटवलमा मेडिकल कलेज बनाइने, राजधानी क्षेत्र रहेको दाङको लालमटियामा ५० शय्याको अस्पताल…
नेपालमा धुमपानको सेवनबाट वार्षिक २७ हजार नेपालीको मृत्यु
स्वास्थ्यसमाचार/ नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ। सुर्तीजन्य पदार्थको सेवनका कारण २७ हजार १३७ मानिसको मृत्यु हुने गरेको हो जुन संख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो। विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ। जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ। सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य…
बजेट : स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड विनियोजन
स्वास्थ्यसमाचार /सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका हुन् । बजेटमा स्वास्थ्यतर्फ सरकारले ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ अर्ब ३९ करोड कम हो । गत आर्थिक वर्षमा स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब ७७ करोड रहेको थियो । पछि, कोभिड खोपका लागि छुट्टै बजेट २५ अर्ब बजेट थप गरेर १ खर्ब ४७ अर्ब पु¥याइएको थियो । स्वास्थ्यमा बजेट घटाएर सार्वजनिक गरेको सरकारले…
सुर्खेत र कैलालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना हुने
स्वास्थ्यसमाचार/ सरकारले आगामी आर्थिक वर्षमा दुई स्थानमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ। सुदुरपश्चिम प्रदेशको अत्तरीया र कर्णाली प्रदेशको सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ। २०७९र८० को बजेट भाषण मार्फत अर्थमन्त्री जर्नादन शर्माले उक्त कुरा बताएका हुन्। यस्तै सरकारले आगामि आर्थिक वर्षदेखि जडीबुटी खेतिको बीमा गर्ने व्यवस्था मिलाइने भएको छ। जडीबुटीको विशेषता र उपलब्धताको आधारमा प्रदेशस्तरमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरिनेछ। सरकारको स्वीकृतिमा सबै किसिमका औषधिजन्य जडीबुटीको खेती गरी प्रशोधन एवं निर्यात गर्न आवश्यक व्यवस्था गरिनेछ। पहाडी र हिमाली भेगमा पाइने बहुमूल्य एवं बहुउपयोगी जडीबुटीहरुको प्रशोधन उद्योगलाई…
यी दुई तरिकाबाट पत्ता लगाउन सकिन्छ मंकीपक्स संक्रमण
काठमाडौं/मंकीपक्स भाइरस युएईसहित २० देशमा फैलिइसकेको छ। कोरोना भाइरसपछि यसले विश्वभर महामारीको रुप लिनसक्ने आशंका व्यक्त गरिँदैछ। यहीबीच अनुसन्धानकर्ताहरु यसको उपचार र परीक्षणमाथि अनुसन्धान गरिरहेका छन्। हालै ल्यान्सेट जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार मंकीपक्स भाइरस रगत तथा घाँटीको स्वाब परीक्षणबाट पत्ता लगाउन सक्ने उल्लेख छ। यस्तै, यो भाइरसमा एन्टिभाइरल औषधिले पनि काम गर्नसक्ने जनाइएको छ। दि ल्यान्सेट इन्फेक्सियस डिजिज जर्नलमा मंगलबार प्रकाशित अध्ययनमा उल्लेख गरिएअनुसार अफ्रिकाबाहिरका अस्पतालमा देखिएका संक्रमणबारे अध्ययन गरिएको थियो। जसमा संक्रमितको उपचारका लागि दुई एन्टिभाइरल औषधिहरु ब्रिनसीडोफोभिर र टोकोभिरिम्याटको पहिलो ‘अफ लेभल’ उपयोग गर्दा बिरामीमा देखिएका प्रतिक्रियाबारे पनि…
रुकुम पूर्वमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्धघाटन्
स्वास्थ्यसमाचार रुकुम पूर्वमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्धघाटन् गरिएकोे छ । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रि इन्द्रजित थारुले आयुर्वेद स्वास्थ्य केन्द्रको उद्धघाटन गरे । उदघाटन समारोहमा बोल्दै मन्त्रि थारुले रुकुम(पूर्व)मा आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना रहेको बताए। रुकुम(पूर्व) लुम्बिनी प्रदेशको एक मात्र हिमाली र जडिबुटीको धनी जिल्ला भएकाले यस ठाउँमा आयुर्वेद औषधी उत्पादन केन्द्र निर्माण गर्न सकिन्छ उनले भने ।यहाँका सबै दल, जनता, बुद्धिजिवीहरु एक भएर यहाँको जडिबुटीलाई यहि संकलन गर्ने, यहि प्रशोधन गर्ने र औषधी उत्पादन गरेर लैजाने हो रुकुम(पूर्व) रोजगारीको श्रृजना हुने र यहा रहेका…
सपना परियोजना समीक्षा :बालबालिकाको समग्र बिकासमा सबैले ध्यान दिऔ !
प्रदेश स्तरीय बालबालिका सपना परियोजना समीक्षा बैठक तथा कोभिड १९ प्रतिकार्य परियोजना समापन गरिएको छ। थारु महिला उत्थान केन्द्रद्वारा सञ्चालित बालबालिकाको सपना परियोजनाको आयोजना, स्वास्थ्य निर्देशनालय लुम्बिनीको सहकार्य र प्लान ईन्टरनेसनलको सहयोगमा बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच समिक्षा गरिएको हो। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दामा कुमारी शर्माले थारु महिला उत्थान केन्द्रले बच्चाहरु तथा बालबालिकाको क्षेत्रमा गरेको कार्यको प्रसम्सा गर्दै सहकार्य गर्न प्रदेश सरकार साथमा रहेको बताईन। उनले समाज बिकासका लागि काम गर्न आवश्यक रहेको बताउदै सबै समुदायको समान बिकासका लागि काम गर्नुपर्ने बताईन। उनले निजि तथा बिदेशी…
सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका १६महत्वपूर्ण कार्यक्रम
स्वास्थ्यसमाचार /सरकारको नीति तथा कार्यक्रमम स्वास्थ्यका महत्सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या क्षेत्रसँग सम्बन्धि विभिन्न महत्वपूर्ण कार्यक्रमहरु समेटिएका छन् । १. जेष्ठ नागरिकको बढ्दो जनसंख्यालाई मध्यनजर गरी विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ । २. रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना, स्वास्थ्य संस्था र स्वास्थ्य सेवाहरुको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन बोर्डको स्थापना र स्वास्थ्य विज्ञान प्रतिष्ठान…