नेपाल आयुर्बेद औषधी व्यबसायी संघ दाङको अध्यक्षमा अधिकारी

स्वास्थ्यसमाचार /  नेपाल आयुर्वेद औंषधि व्यवसायी संघ जिल्ला शाखा दाङको दोस्रो साधरणसभा तथा अधिवेनसनले प्रकाश अधिकारीको अध्यक्षतमा नौ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा दयारामा शर्मा, सचिव खडक बहादुर चन्द र कोषाध्यक्षमा केशव न्यौपाने रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा नितु चौधरी, पुष्पा चौधरी, गणेस पौडेल, मानबहादुर बस्नेत र श्रीधर अधिकारी चयन हुनुभएको नेपाल आयुर्वेद औंषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीका सचिब सालिक राम भुसालले बताउनु भयो। कार्यक्रम उदघाटन समारोहमा आयुर्वेद चिकित्सा परिषद नेपालका अध्यक्ष डा सन्तोष कुमार ठाकुरले स्वस्थ समाज निर्माणका लागि आयुर्वेद चिकित्सकको महत्वपूर्ण भूमिका…

किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

काठमान्डौ/ पछिल्लो समय भिटामिन ‘डी’ को कमी स्वास्थ्य क्षेत्रमा एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने झन् धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी पाइन्छ । भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको किरण हो । तर अहिले धेरै व्यक्ति भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको पराबैजनी किरणको सम्पर्कमा कमै मात्र आउन पाएका हुन्छन् । किनकि बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका कारण मानिसहरुलाई घाममा बस्ने फुर्सद नै कम छ । सहरका घरहरु एकापसमा जोडेर बनाइएकाले कोठा कोठामा सूर्यको किरण छिर्न पनि पाउँदैन । मानव छालाले सूर्यको…

नवीन औद्योगिक माबिमा डेंगु रोग नियन्त्रणको लागि सचेतना कार्यक्रम

स्वास्थ्यसमाचार/  नवीन औद्योगिक कदर बहादुर रीता मा वि देवीनगरमा डेंगु रोग नियन्त्रणको लागि सचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नवीन औद्योगिक कदर बहादुर रीता मा वि देवीनगरमा व्यवस्थापन समुहमा अध्ययनरत विद्यार्थीहरुलाई सचेतनापुर्वक डेंगु, यसका लक्षणहरु,डेंगु भाइरस, यसको रोकथाम, सावधानीका सम्बन्धमा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले प्रशिक्षण दिनु भएको थियो । व्यवस्थापन समुहका शिक्षक केशव भण्डारीको नेतृत्वमा विद्यालय परिशर र विद्यालय परिशर नजिक डेंगु बस्ने स्थानहरुको पहिचान नियन्त्रण गर्ने कार्य गरेका थिए उक्त कार्यक्रममा जुनियर इन्जिनियर विशाल रावतले सहजीकरण गर्नु भएको थियो ।

नेपाल आयुर्बेद औषधी व्यबसायी संघ रुपदेहीको अध्यक्षमा डा. धिताल

स्वास्थ्यसमाचार /नेपाल आयुर्बेद औषधी व्यबसायी संघ जिल्ला शाखा रुपदेहीको अध्यक्षमा डा दिपक कुमार धिताल निबिरोध निर्बाचित भएका छन। आज सम्पन्न अधिवेशनले ३ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। संघको उपाध्यक्षमा कृष्ण बहादुर के सी सचिबमा सालीक राम भुसाल कोसाध्यक्ष केसब राज पोख्रेल र सदस्यहरुमा डा.योगेन्द्र ठाकुर श्याम शर्मा डिल्ली राम ज्ञवाली सुनिता राना बुचा अनुपा आचार्य भुमा बेल्बासे चयन भएको निर्बाचन समितिका संयोजक यमलाल भट्राईले बताए । दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनको  बुटबल नगरपालिका उपप्रमुख खेलराज पान्डेले उदघाटन गरेका थिए।

नेपालमा थप ६६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा देशभर थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६८२ परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ४४४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ रहेको छ ।

आयुर्बेद चिकित्सालाई सरकारले वास्ता नगर्दा व्यवसाय धरापमा

रीमा विसी स्वास्थ्यसमाचार/ आधुनिक प्रविधिसँगै गुणस्तरमा जोड दिन सकेमा आयुर्वेद चिकित्साको महत्व अझै बढेर जाने सरोकार वालाहरु ले बताएका छन् ।नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ रुपन्देहीले साउन २१ गते बुटवलमा आयोजना गरेको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनमा सहभागी सरोकारवाला हरुले यस्तो कुरा बताएका हुन् । नेपालमा आयुर्वेदिक चिकित्सा आर्थिक समृद्धिको सम्भावना रहेको भएपनि आयुर्वेद चिकित्सालाई राज्यले पवद्र्धन गर्न नसक्दा संविधानले गरेको व्यवस्था समेत कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरेकाछन् ।कार्यक्रमका प्रमुख अतिथि बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आयुर्वेदिक औषधीको महत्व, आवश्यकता र प्रभावकारिताका विषयमा कोभिडको संक्रमणबढेसँगै बढी लाभदायक भएको…

एकै दिन थपिए ९ सय १५ कोरोना संक्रमित, संक्रमणदर १५ प्रतिशत पुग्यो

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोभिड(१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार २ जनामा परीक्षण गर्दा ९ सय १५ जनामा संक्रमण देखिएको हो। ३ हजार ९१ पीसीआर परीक्षण गरिएकोमध्ये ५९० जनामा र २ हजार ९११ एन्टीजेन वरीक्षण गरिएकोमा ३२५ जनामा संक्रमण देखिएको हो। संक्रमणदर १५ प्रतिशत पुगेको छ। त्यस्तै, सोही अवधिमा ३ सय १ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३३ रहेको छ।आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका ४२२ जना रहेका…

“ स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ”

“ स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ” भन्ने नाराका साथ २०७९ श्रावण १६ देखि २२, (अर्थात अगष्त १ देखि ७, २०२२) देखि विश्व स्तनपान सप्ताह मनाईदै छ । ”स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ”भन्ने नाराका उद्देश्यका साथ यस वर्ष पनि मनाउन लागिएको हो, सन् १९९२ देखि नै यो सप्ताह मनाइँदै आईरहिएको छ । सोमबार देखि सुरु भएको विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइँदै छ । आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म यो दिवस मनाउने गरिन्छ । तर, यो अभियान प्रभावकारी हुन सकेको छैन…

स्तनपान सप्ताह-२०७९को सन्दर्भमा यौटा कविता

शिशुको लागि स्तनपान हो अमृतसमान । यो कुरामा हामी सबैले दिनुपर्छ ध्यान ।। जन्मेपछि स्तनपान शुरु एकघण्टा भित्र । छ महिनासम्म क्यै चाहिन्न स्तनपान मात्र।। दुई बर्षसम्म निरन्तर स्तनपानको खाँचो। बच्चाको बृद्धि विकासमा यो कुरा हो साँचो।। शिशुलाई हो पहिलो खोप आमाको दूध नै। रोगसँग लड्ने शक्ति पाइन्छ यसमा है।। बच्चाको लागि स्वस्थकर सर्बोत्तम खाना। पौष्टिक तत्व भरिपूर्ण असल सोह्रै आना।। स्तनपानले मद्दत पुग्छ जन्मान्तर कायम राख्न। अमृतसरि आमाको दूध हुँदै हुन्न खेर फाल्न ।। आमा र बच्चाको बीचमा आत्मीयता बढाउँछ। जति चुसायो शिशुलाई त्यति नै दूध आउँछ।। स्तनपायी आमालाई…

रुपन्देहीमा डेंगुका बिरामी बढे सचेतना कार्यक्रम गर्न बजेट अभाब

स्वास्थ्यसमाचार रुपन्देहीमा एक महिना यता डेंगुका बिरामीहरू बढ्दै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल, सैनामैना, देवदह र तिलोत्तमामा डेंगुका बिरामीहरु बढेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा यो रोग लागेका बिरामीहरुले भरिएका छन् । यी मध्ये धेरै गम्भीर प्रकृतिका बिरामीहरुलाई चितवन तथा काठमाडौं पठाइएको छ ।लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सचेतना, यसको लार्भा खोज र नष्ट गर भन्ने अभियान बिगतमा गरिएपनि अहिले पालिकाहरुले प्रभावकारीरुपमा यसलाई संचालन गरेको नदेखिएको स्वास्थ्यकर्मी कमल ज्ञवालीले बताए । रुपन्देहीका हरेक ल्याबहरुमा अहिले डेंगुका लक्षण देखिएका बिरामीको परीक्षण गर्ने भीड लागेको छ…