स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवलले न्यूनतम सेवा मापदण्ड (MSS) मूल्याङ्कनमा सुधार गर्दै लगातार उत्कृष्ट नतिजा हासिल गरेको छ। स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेशद्वारा २०८३ वैशाख १३ र १४ गते सम्पन्न मूल्याङ्कनमा चिकित्सालयले ८०.२५ अंक प्राप्त गरेको हो।आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा अस्पतालमा उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्तिबारे जानकारी गराइएको थियो। कार्यक्रममा स्वास्थ्य निर्देशनालय लुम्बिनीका आयुर्वेद शाखा प्रमुख डा. बिभाकर ठाकुरले चिकित्सालयले सेवा प्रवाह, व्यवस्थापन र गुणस्तर सुधारका सूचकहरूमा राम्रो प्रदर्शन गरेको बताउनुभयो। उहाँले पूर्वसूचना बिना गरिएको मूल्याङ्कनमा समेत राम्रो नतिजा आउनु सकारात्मक रहेको उल्लेख गर्दै स्रोत र बजेट अभाव…
आयुर्वेद
लुम्बिनी आयुर्वेद चिकित्सालयमा सामाजिक परीक्षण : सेवा प्रभावकारी, जनशक्ति र पूर्वाधार मुख्य चुनौती
स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवलमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। रुपन्देही मिडिया नेटवर्क प्रालिको आयोजना तथा चिकित्सालयको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम चिकित्सालय विकास समितिका अध्यक्ष शालिकराम भुसालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो। उहाँले चिकित्सालयले हालसम्म सन्तोषजनक सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै थप प्रभावकारी सेवा दिनका लागि स्थानीय तहसँगको समन्वय र सहकार्य अझै मजबुत बनाउनुपर्ने बताउनुभयो। “उपमहानगरपालिका सहकार्यका लागि सधैं तयार छ, चिकित्सालयलाई थप व्यवस्थित र सेवामुखी बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो। स्वास्थ्य निर्देशनालय लुम्बिनीका आयुर्वेद शाखा प्रमुख विभाकर…
आयुर्वेदमा रुचि बढ्दै, विषयविज्ञ जनशक्ति अभाव :निर्देशक चौधरी
स्वास्थ्यसमाचार/ स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक रोशन लाल चौधरीले आयुर्वेद चिकित्सालयको सेवा विस्तारमा बजेट अभाव र विषयविज्ञ जनशक्तिको कमी ठूला चुनौती बनेको बताएका छन्। उनले नीति निर्माण तहमा लबिङ नपुगेकाले आयुर्वेद क्षेत्र ओझेलमा परेको उल्लेख गरे।बुटबलमा भएको एक कार्यक्रममा बोल्दै चौधरीले यस्तो बताएका हुन । उनका अनुसार आयुर्वेद चिकित्सालयतर्फ केवल जनशक्ति नै नभएर आवश्यक बजेटसमेत छैन। “यो क्षेत्रमा बजेट विनियोजन र नीति कार्यक्रम बनाउन नीति निर्माण तहमा लबिङ पुगेन,” चौधरीले भने, “विषयविज्ञता हासिल गरेका जनशक्ति पनि छैनन्। भएका सीमित जनशक्तिलाई बजेट निर्माण तहसम्म ध्यान दिन आग्रह गरेका छौं।” चौधरीले आयुर्वेदका…
स्वर्णविन्दु प्राशन’ अभियानमा बालबालिकाको उत्साहपूर्ण सहभागिता
स्वास्थ्यसमाचार/ बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रियस्तरमा सुरु भएको ‘स्वर्णविन्दु प्राशन’ अभियानमा सहभागिता बढ्दै गएको छ । बुटवलमा असोज २९ बाट शुरु भएको यो अभियान अन्तरगत हरेक महिनाको पुष्य नक्षत्रका दिनमै अर्को मात्रा खुवाउनु पर्ने हुन्छ । सोही अनुसार कात्तिक २५ गते बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा अर्को मात्रा खुवाइएको छ । असोजको तुलनामा कात्तिकमा बालबालिकाको सहभागिता अत्याधिक धेरै रहेको छ । चिकित्सालयका सूचना अधिकारी वरिष्ठ कविराज गणेशप्रसाद सापकोटाका अनुसार असोजमा ३ सय ७० जना सहभागि भएकोमा कात्तिकमा ७ सय ८५ जना सहभागि भए । बुधवार बुटवल भन्दा बाहिरबाट…
आयुर्वेदमा लुम्बिनी : अर्घाखाँची पहिलो, लुम्बिनी दोस्रो र पाल्पा तेस्रो
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका आयुर्वेद स्वास्थ्य संस्था तर्फ अर्घाखाँची आयुर्वेद स्वास्थ केन्द्र पहिलो, लुम्बिनी आयुर्वेद चिकित्सालय दोस्रो र पाल्पा आयुर्वेद स्वास्थ केन्द्र तेस्रो भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा गत मंगलबार देखि बिहीबार (हिजो)सम्म चलेको प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीमा गत आर्थिक वर्षमा स्वास्थ्य कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेका स्वास्थ्य संस्थाहरुको मूल्यांकन नतिजा समेत सार्वजनिक गरिएको थियो । पुरस्कृत स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य मन्त्री खेमबहादुर सारु स्वास्व सचिब दुर्गा लक्ष्मी श्रष्ठले प्रमाणपत्र सहित सम्मान गर्नु भएको थियो ।
किन मनाउने धन्वन्तरी जयन्ती -आरोग्य र आयुर्वेदको दिवस
मानव सभ्यताको अध्यन गर्दा पृथ्वी सृष्टिको केहि समय पछि यो सन्सारमा विभिन्न किसिमका जीवजन्तु,सजिब प्राणीका साथै मानव जातिको बिकास भएको पाइन्छ।त्यो समयमा पृथ्वीमा विभिन्न जीव,जन्तु र केही बिकसित मानव सभ्यताका पौराणिक ब्यक्तित्व र राक्षस प्रवृत्तिको राज भएको अध्यन हरुले बताएका छ्न। बिगत र आगत लाइ केलाउँदा उक्त कालमा पृथ्वी लोकम।धेरै भाग पानी र समुन्द्र सतहले ओगटेको थियो। इतिहासको अध्यन गर्दा मानव जातिको क्रमागत बिकास संघ दुई किसिमको संस्कृति जोडिएको पाइन्छ। जसमध्ये एउटा देवता र ऋषि संस्कृति थियो भने अर्को दैत्य र राक्षसहरुको। देवता र ऋषि संस्कृति तथा दैत्य र राक्षस…
लुम्बिनी आयुर्वेद चिकित्सालयले गर्यो जिल्ला स्तरीय समिक्षा गोष्ठी
स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लाभित्रका विभिन्न आयुर्वेद स्वास्थ्य संस्थाबाट आर्थिक वर्ष २०८१/८२ मा करिब एक लाख ५५ हजार सेवा ग्राही स्वास्थ्य सेवा लिएका छन्। लुम्बिनी आयुर्वेद चिकित्सालयद्वारा बुटबलमा आयोजित जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम उक्त कुरा बताईएको हो । समीक्षामा वार्षिक तथ्याङ्क सार्वजनिक गर्दे लुम्बिनी आयुर्वेद चिकित्सालयका चिकित्सक डा संदिप कार्कीले लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलबाट मात्रै ६८ हजार ९सय १९ जना सेवा लिएको बताउनु भयो । तिमध्ये २२ हजार ९ सय ४५ महिला र १८ हजार ७ सय ९३ जना पुरुष रहेका छन । उहाँले चिकित्सालय बाट ११ हजार…
बुटवलमा सुरु भयो ‘स्वर्णप्राशन’ अभियान, ३६० बालबालिकालाई खुवाइयो स्वर्णविन्दु
स्वास्थ्यसमाचार/लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलमा ‘स्वर्णप्राशन’ अभियान शुभारम्भ भएको छ । बालबालिकाको शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा सुरु गरिएको ‘स्वर्णप्राशन’ अभियानको बुटबल उपमहानगर प्रमुख खेलराज पान्डेले शुभारम्भ गर्नु भयो । उक्त अबसरमा बोल्दै उहाले “आयुर्वेदिक चिकित्सा पद्धति हाम्रो संस्कृतिको महत्वपूर्ण अंग हो । स्वस्थ जीवनका लागि स्वर्णप्राशन जस्ता परम्परागत अभ्यासहरू आजको आधुनिक युगमा पनि उतिकै प्रभावकारी रहेका छन । यसले बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न, शारीरिक र मानसिक विकासमा मद्दत गर्न महत्वपूर्ण भूमिका खेल्छ । उपमहानगरपालिकाले यस्ता स्वास्थ्यमूलक अभियानलाई निरन्तर सहयोग र प्रोत्साहन गर्ने बताउनु भयो,”।उहाँले बालबालिकाको…
लुम्बिनी आयुर्वेद चिकित्सालयमा असोज २९ गते स्वर्णविन्दु प्राशन खुवाइँने
स्वास्थ्यसमाचार/बालबालिकाको शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा सुरु गरिएको ‘स्वर्णप्राशन’ अभियान बुटवलमा पनि शुभारम्भ हुने भएको छ । बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा यहि असोज २९ गते बुधबारदेखि यो अभियान सुरु गर्न लागिएको कार्यालय प्रमुख डा.कलावती विश्वकर्माले जानकारी गराउनु भयो । सोमबार आयोजना गरीएको बालबालिकाहरुका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रममा कार्यालय प्रमुख विश्वकर्माले केन्द्र र प्रदेश सरकारले बालबालिकाहरुका लागि सुरु गरेको नयाँ अभियान भएकाले आबश्यक छलफल र आबश्यक तयारी गरेर ‘स्वर्णविन्दु प्राशन’ खुवाउने कार्यक्रम सुरु गर्न लागिएको बताउनु भयो । ‘यही असोज २९ गतेदेखि सुरु हुन…
लुम्बिनी आयुर्वेद चिकित्सालयमा ४१ हजार बढी बिरामीले लिए सेवा, २ हजार बढी भारतीय
स्वास्थ्यसमाचार/लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलले आर्थिक वर्ष २०८१/८२ मा ४१ हजार ७ सय ८२ जनालाई उपचार सेवा प्रदान गरेको छ। यो सङ्ख्या लुम्बिनी प्रदेशका सबै आयुर्वेद अस्पताल तथा स्वास्थ्य संस्थामध्ये सबैभन्दा धेरै हो। चिकित्सालयका निमित्त प्रमुख गणेश सापकोटाका अनुसार उक्त अवधिमा ११ हजार २६ जनाले प्रयोगशाला सेवा, १३ हजार ३१२ जनाले पञ्चकर्म सेवा, र २२७ जनाले भर्ना सेवाबाट उपचार लिएका छन्। सेवा लिनेहरूमध्ये २ हजार १३५ जना भारतीय सीमा क्षेत्रका बिरामी रहेका छन्, जसमा ५१ जना भर्ना भएका थिए। प्रदेशभरका आयुर्वेद अस्पतालमध्ये बिजौरीमा ४० हजार बिरामीले सेवा लिएका छन् भने सबैभन्दा…
