स्वास्थ्यसमाचार/ विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत डा प्रवेश श्रीवास्ताव आयुर्वेद चिकित्सा परिषदको सदस्यमा नियुक्ती हुनुभएको छ । रिक्त भएको ९ महिनापछि आयुर्वेद चिकित्सा परिषदले पुर्णता पाएको छ । ।स्वास्थ्य मन्त्री प्रदीप पौडेललेआयुर्वेद काउन्सिलक अध्यक्षमा डा श्याममणि अधिकारी र सदस्यमा दाङको विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत डा प्रवेश श्रीवास्ताव, नरदेवी अस्पतालमा कार्यरत डा ऐश्वर्य श्रेष्ठ र क्याम्पस प्राचार्यबाट कीर्तिपुर आयुर्वेद क्याम्पसमा कार्यरत डा शिवमंगल प्रसाद नियुक्त गर्नु भएको हो। डा प्रवेश श्रीवास्ताव लुम्बिनी आयुर्वेद चिकित्सालय बुटबलबाट केहि महिना अघि नबौ तहमा बढुवा भएर दाङको विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा…
आयुर्वेद
आयुर्वेद चिकित्सा परिषदमा नयाँ नेतृत्व, अध्यक्षमा डा. अधिकारी
स्वास्थ्यसमाचार/ रिक्त भएको ९ महिनापछि आयुर्वेद चिकित्सा परिषदले अध्यक्ष पाएको छ ।स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आयुर्वेद काउन्सिलक अध्यक्षमा डा श्याममणि अधिकारी नियुक्त गर्नुभएको छ। डा अधिकारीले आयुर्वेद र जडिबुटीका विषयमा पुस्तकहरु समेत प्रकाशन गर्नुभएको छ ।डा अधिकारीले नेपालको स्वास्थ्य सेवामा ३३ वर्ष काम गर्नुभएको छ । यसैगरी आयुर्वेद चिकित्सा परिषदको सदस्यहरुमा नरदेवी अस्पतालमा कार्यरत डा ऐश्वर्य श्रेष्ठ, दाङको विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत डा प्रवेश श्रीवास्ताव र क्याम्पस प्राचार्यबाट कीर्तिपुर आयुर्वेद क्याम्पसमा कार्यरत डा शिवमंगल प्रसाद नियुक्त हुनुभएको छ । काउन्सिलमा निर्वाचनबाट तीन जना सदस्य नियुक्त हुने व्यवस्था रहेको…
नरदेविको आयुर्वेद चिकित्सालयको निर्देशकमा डा.उपाध्याय नियुक्त
स्वास्थ्यसमाचार/ नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकमा डा वासुदेव उपाध्याय नियुक्त हुनुभएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नरदेवी आयुर्वेद चिकित्सालय निर्देशकमा डा उपाध्यायलाई नियुक्त गरेको हो । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उहाँलाई निर्देशकमा नियुक्त गरेको हो ।उहाँ यसअघि स्वास्थ्य तथा जनसंख्या , लुम्बिनी प्रदेशको सचिव भइसक्नुभएको छ । नरदेवीमा यसअघि डा रामदेव यादव निमित्त निर्देशक पदमा हुनुहुन्थ्यो ।डा उपाध्याय ११ औं तहका आयुर्वेद चिकित्सक हुनुहुन्छ ।
प्रादेशिक आयुर्वेद चिकित्सालय र लुम्बिनी आयुर्वेद चिकित्सालयको स्तरबृद्धिको लागी ३ करोड
दुई आयुर्वेद अस्पताललाई ३ करोड प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा विशेषज्ञ सेवा र लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवललाई विशेषज्ञ चिकित्सालयको रुपमा स्तरोन्नति गर्न रु ३ करोड विनियोजन भएको छ ।
स्वस्थ नागरिक, समृद्ध तिलोत्तमा:आयुर्वेदले पाएको स्थानीय प्राथमिकता
स्वास्थ्यसमाचार/६१ बर्षिय हुम कुमारी रायमाझीको स्थायी घर गुल्मी हो । बर्षौ देखि ढाड दुख्ने समस्या झेल्दै आएकी उनले त्यहाँबाट उपचारको लागि रुपन्देही आईन् । छोरीको घरमा बसेर उनले आयुर्वेदिक उपचारमा लागिन्, निको भएपनि उनी दङ्ग छिन् । रुपन्देहीको करहिया आयुर्वेद स्वास्थ्य केन्द्र मा उपचार पछि उनि पूर्णरुपमा निको भएकी छिन् । उनि भन्छिन–‘ढाड दुख्ने, हिँड्डुल नै गर्न नसक्ने अवस्था थियो, तर यहाँ आएर उपचार गरेपछि निको भयो । उनि जस्तै रुपन्देहीको देवदह पालिकाका ५५ बर्षिय माया राम चौधरी लामो समय देखि घुँडा दुख्ने समस्या बाट ग्रसित थिए । विभिन्न प्रकृतिको…
कञ्चनमा गृहिणीहरूको लागि भान्सा सुधार र स्वस्थ जीवनशैली प्रर्वद्धन कार्यक्रम सम्पन्न
स्वास्थ्यसमाचार /लुम्बिनी आयुर्वेद चिकित्सालयको आयोजना तथा कञ्चन गाउँपालिकाको समन्वयमा “संक्रामक तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्यमन्त्री कार्यक्रम“ सम्पन्न भयोे । लुम्बिनी आयुर्वेद चिकित्सालयका निमित्त प्रमुख गणेश प्रसाद सापकोटाको अध्यक्षता तथा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रम सम्पन्न भएको हो।त्यस्तै लुम्बिनी आयुर्वेद चिकित्सालयको आयोजना तथा कञ्चन गाउँपालिकाको समन्वयमा “स्वस्थकर जीवनशैली प्रवद्र्धनमा गृहिणीहरुका लागि भान्सा सुधार “ कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममाकार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष नवराज ढकालले संक्रामक तथा नसर्ने रोगहरूको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न जनचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रमको महत्वमा जोड दिनुभयो। उहाँले आयुर्वेद…
संक्रामक तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्यमन्त्री कार्यक्रम सम्पन्न
स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालयको आयोजना तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाको समन्वयमा “संक्रामक तथा नसर्ने रोग न्यूनिकरणमा स्वास्थ्यमन्त्री कार्यक्रम”सम्पन्न गरिएको छ। लुम्बिनी आयुर्वेद चिकित्सालयका निमित्त कार्यालय प्रमुख गणेश प्रसाद सापकोटाको अध्यक्षता लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपाध्यक्ष कल्पना हरिजनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चिकित्सालयका आयुर्वेद चिकित्सक डा. योगेश ढकाल र डा. सन्दीप कार्कीले नसर्ने रोगको परिचय, जोखिम अवस्था, तथा जीवनशैली व्यवस्थापन सम्बन्धी जानकारी प्रस्तुत गर्नुभयो। त्यसैगरी, स्वास्थ्य कार्यालय, रुपन्देहीका ल्यावटेक्नीसिशयन अधिकृत खिमलाल पाण्डेले संक्रामक रोगको अवस्था र यसबाट बच्ने उपायहरूबारे सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा स्थानीय तहका स्वास्थ्यकर्मी महिला…
नागरिकको विश्वास आयुर्वेद तर्फ बढेको छः स्वास्थ्यमन्त्री सारु
स्वास्थ्यसमााचार/रुपन्देही लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर शारुले पछिल्लो समयमा नागरिकको विश्वास आयुर्वेद तर्फ बढेको बताउनु भयो । सेवा संगै सचेतनाका कार्यक्रम भएकोले आयुर्वेद तर्फ मानिसहरुको बिश्वास बढदै गएको बताउनु भयो । उहाले लुम्बिनी आयुर्वेद चिकित्सालयको न्युनतम सेवा मापदन्ड ((एमएसएस) ) समापन कार्यक्रममा यस्तो उक्त कुरा बताउनु भएको हो । मन्त्री सारुले चिकित्सालयमा उपचारमा आएका बिरामीहरुलाई सेवामा बिषेश ध्यान दिनुपर्ने बताउनु भयो । मन्त्रालयले आवश्यकता अनुसार उपकरण भबन तथा ब्यबस्थापनका कुराहरुलाई प्रथामिकताका आधारमा थप गर्दे जाने बताउनु भयो । अस्पतालमा उपलब्ध श्रोत र साधनले बिरामीलाई मुस्कान सहितको सेवा दिन स्वास्थ्यकर्मीहरूलाई आग्रह…
अब ७५३ वटै पालिकामा नागरिक आरोग्य सेवाः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौंको सेवा शुभारम्भ गर्नुहुँदै स्वास्थ्यमन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘हाम्रो नागरिक आरोग्य सेवा ७५३ पालिकामा पुग्दैछ । यो पटकको बजेटमा हामीले नागरिक आरोग्य सेवा सबै पालिकामा पु¥याउने गरी व्यवस्था गर्दैछौँ । यसमा सबैको पहुँचलाई हामीले सुनिश्चित गर्न खोजिरहेका छौँ । आयुर्वेद उपचार प्रणाली, आयुर्वेद स्वास्थ्य उपचार प्रणालीको बारेमा ज्ञान हुन…
विदेश – रहर होइन बाध्यता डा. शारदा खनाल
ताली भन्दा गाली खान बानि परेछ अचेल त, त्यसैले मलाई कसैले केहि भने पनि फरक पर्दैन भन्दै रिसाए रोहन। रोहनले दुइ वर्ष अगाडी मात्र MBBS पढाई सकेका रहेछन् दुइ वर्षे छात्रवृत्ति करारको जागिर सकेर एक वर्षदेखि क्लिनिक र एउटा ठुलो नाम चलेको अस्पतालमा काम गर्दा रहेछन्। रोहन मध्यम वर्गीय परिवारका दोस्रो सन्तान हुन्, उनी भन्दा सानी एउटी बहिनी छिन्। पढाइमा अब्बल, अनुशासित भनेर चिनिन्थे रोहन। सानोमा एकपटक पाठ पढेपछि उनलाई त्यो पाठको बारेमा आफूमात्र होइन अरुलाई पनि बुझाउन सक्ने क्षमता थियो। उसको पढाईको दक्षता देखेर उसलाई पढाईमा मात्र ध्यान दिन…