राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल कपिलबस्तुको प्रथम भेला सम्पन्न

भेलाले १५ जनाको तदर्थ समिति र ६ जनाको सल्लाहकार समिति चयन

स्वास्थ्यसमाचार / राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल कपिलबस्तु प्रथम भेला सम्पन्न भएको छ । जिल्ला संयोजक दिपक पन्थी को अध्यक्षता कपिलबस्तु जिल्ला आयुर्बेद प्रमुख डा नलिननाथ तिवारी प्रमुख अतिथी , विशिष्ट अतिथि केन्द्रिय उपाध्यक्ष शालिक राम भुसाल र विशिष्ट अतिथी लुम्बिनी आयुर्बेद चिकित्सालय का बरिस्ठ कबिराज श्री नरहरी अर्यालको आतिथ्यमा भेला सम्पन्न भएको थियो।

उक्त भेलामा बोल्दै प्रमुख अतिथि डा तिबारीले राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल सबैको साझा सस्था भएकोले सबैजना आबद्ध हुनु पर्ने र ले आयुर्बेद क्षेत्रको बिकाशमा अतुलनिय योगदान पुर्याउने बिश्वास ब्यक्त गर्नु भयो ।सबै संगठन हरुले सुरुवाती समय मा राम्रै बिषय उठान गरे पनि बिस्तारै बिस्तारै कार्य प्रगति मा ह्रयास आएको बिगतमा देखिएको हुदा यस संगठन ले त्यस्तो नगर्नु हुन सुझाब दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय उपाध्यक्ष  (लुम्बिनी प्रदेश) शालिक राम भुसाल ले सस्थाको बारेमा बिस्तृत रुपमा बताउनु भयो उहाले राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल आयुर्बेद क्षेत्रको एकीकृत सस्था रहेको र सबैको हक अधिकारको लागि आवाज बुलन्द गर्न स्थापना भएको बताउनु भयो आयुर्बेद क्षेत्र को बिकाशमा सस्थाले कुनै पनि ब्यक्तिगत स्वार्थ नराखी अगाडी बढने उहाले बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथी लुम्बिनी आयुर्बेद चिकित्सालय का बरिष्ठ कबिराज नरहरी अर्याल ले राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालले आयुर्बेद का समस्या समाधान गर्न ध्यान दिनुपर्ने बताउनु भयो स्थापनाको छोटो समयमा ले गरेको गतिबिधी हरु देखेर आयुर्बेद क्षेत्र को बिकाशमा महत्वपूर्ण भुमिका निर्बाह गर्ने आशा आयुर्बेद क्षेत्रमा सुरु हुन थालेको बताउनु भयो ।

राष्ट्रिय आयुर्बेद एशोसिएसन आयुर्बेदका सबै क्षेत्र लाई समेटने मुख्य उद्देश्य का साथ स्थापना भएको उहाको भनाइ थियो । राष्ट्र र जनताका लागि पेशागत वृत्ति बिकास तथा उच्च स्तरिय सेवा प्रबाहका लागि आयुर्बेद क्षेत्र एकजुट हुनुपर्ने आजको आबस्यक्ता रहेको उहाले बताउनु भयो ।
कार्यक्रमको हरिलाल पाध्यायको संञ्चालन डा नागेश्वोर मिश्रको स्वागतमा कार्यक्रममा रेखा शुक्ला ,सुधा दुबेदी ,नाथुराम चौधरी लगायत ले सुभकामना मन्तव्य राख्नु भएको थियो ।

कपिलवस्तु जिल्लामा भएको आयुर्बेद क्षेत्रको प्रथम भेलाले कपिलबस्तु जिल्लामा राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल जिल्ला उप– शाखा कार्यालय स्थापना गर्ने निर्णय गर्नुका साथै कपिलवस्तु जिल्ला को जिल्ला उपसाखा तदर्थ समिती समेत चयन गरेको छ ।राष्ट्रिय आयुर्बेद एशोसि एसन नेपाल कपिलबस्तु जिल्लाको प्रथम भेला बाट हरिलाल पाध्याय को अध्यक्षतामा १५ जनाको तदर्थ समिति र ६ जनाको सल्लाहकार समिति चयन गरेको छ।

अध्यक्ष हरिलाल पाध्याय उपाध्यक्ष डा बिजय चौधरी महिला उपाध्यक्ष सुधा दुबेधी सचिब डा आशिष कुमार चौधरी सह सचिब दुर्गा गिरी कोषाध्यक्ष शिव गैरे सदस्य डा रुपक चौधरी सदस्य दिनेश थारु सदस्य डा सुरज पाण्डे सदस्य डा नागेश्वर मिश्र सदस्य अनुशा घिमिरे सदस्य अन्जु श्रीवास्तब सदस्य रेखा सुक्ला सदस्य सुधाकर त्रिपाठी सदस्य शिव प्रकाश चौधरी रहेका छन।

छ जना आयुर्बेद क्षेत्रका अग्रज हरुलाइ सल्लाहकारमा चयन गरेको छ जसमा डा नलिननाथ तिवारी डा धर्मराज अधिकारी दिपक पन्थी  मोहन गौतम  मोति घिमिरे  नाथुराम थारु रहेको सल्लाकार समिति रहेको छ।

 

 

 

सम्बन्धित शिर्षक :