स्वास्थ्यसमाचार/ सियारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थानेश्वर घिमिरेले चारबटा निर्णय गरेका छन। सोमबार गाउँपालिकामा पदभार ग्रहण गर्दै नवर्निचित अध्यक्ष थानेश्वर घिमिरेले पदभार ग्रहण गरेसंगै ४ निर्णय गरेका छन। १) गर्भवती महिलाका लागि फोलिक एसिड ट्याब्लेट ३ महिना सम्म निशुल्क उपलब्ध गराउने २) ७० बर्ष उमेर पुगेका वृद्धवृद्धा, अशक्त तथा अपांग नागरिकको लागि घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने ब्यवस्था गर्ने ३) रेडक्रस संग समन्वय गरि रगत आवश्यक पर्ने बिरामी हरुलाई निःशुल्क रगत उपलब्ध गराउने ४) क्यान्सर रोगबाट ग्रसित भई उपचाररत रहनु भएकाअमवा गाविसका पूर्व गाविस अध्यक्ष भवानी शंकर सापकोटालाई उपचार सहयोगका लागि ५१,०००…
आयुर्वेद
बुटवलका औषधी व्यवसायी र स्वास्थ्यकर्मी पाँच दलीय गठबन्धनको पक्षमा
स्वास्थ्यसमाचार/ बुटवलका औषधी व्यवसायी र स्वास्थ्यकर्मीहरु पाँच दलीय गठबन्धनको पक्षमा खुलेका छन् । उनीहरुले गएको पाँच वर्षमा एमालेले जितेर पनि आफूहरुको पक्षमा केही काम गर्न नसकेको बताउँदै यो निर्वाचनमा खुलेर पाँच दलीय गठबन्धनको पक्षमा लाग्ने र अरुलाई पनि पाँच दलीय गठबन्धनको पक्षमा मतदानमा सहभागि गराउने प्रतिवद्धता व्यक्त गरे । नेपाल स्वास्थ्यकर्मी संघ तथा बुटवलका औषधी व्यवसायीहरुले शनिबार बुटवलमा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर उपमेयरका उम्मेदवारसंग भेटघाट गरी मेयरमा खेलराज पाण्डेय र उपमेयरमा चिनबहादुर गुरुङलाई जिताउन आफूहरु प्रतिवद्ध भएर लाग्ने बताएका हुन् । उनीहरुले एमालेले जितेर गएपछि गएको पाँच वर्षसम्म आफूहरुका…
एमालेको प्रतिबद्धता :सेमराबजारमा पनि १५ शैंयाको अस्पताल
स्वास्थ्यसमाचार/ नेकपा एमालेले तिलोत्तमा नगरपालिका वडा नं. १० स्थित सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने भएको छ । स्थानीय निर्वाचनको सन्दर्भमा पार्टीको तिलोत्तमा नगर कमिटीले जारी गरेको प्रतिबद्धता पत्रमा सेमराबजार स्वास्थ्य चौकीलाई १५ शैंयाको अस्पतालमा स्तरोन्नती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याइने उल्लेख गरेको हो । जमिनको स्वामित्व प्राप्त नहुँदा अस्पताल निर्माणमा अलमल भैरहँदा अहिलेका जनप्रतिनिधिहरुको पहलमा स्वास्थ्य चौकीको नाममा १६ कठ्ठा ५ धुर जग्गाको लालपूर्जा २०७८ जेठ २७ गते प्राप्त भएको थियो । मन्त्रिपरिषद्को २०७७ चैत ३० को बैठकले सरकारको नाममा रहेको सार्वजनिक जग्गा स्वास्थ्य चौकीलाई उपलब्ध…
बुटवलमा गठबन्धनको सङ्कल्प पत्र सार्वजनिक: दुई नगर अस्पताल र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराउने
स्वास्थ्यसमाचार/ बुटवलमा पाँचदलीय गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनाबी संकल्प पत्र सार्वजनिक गरेको छ । बुटवलमा बुधबार पत्रकार सम्मेलन गर्दै पाँचदलीय गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको हो । बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ, पाँच दलका नेताहरु जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु डा. बालकृष्ण चापागाइँ र राजु गुरुङ, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठलगायतले संकल्प पत्र सार्वजनिक गर्नु भएको हो । संकल्प पत्र सार्वजनिक गर्दै उनीहरुले बुटवललाई समृद्ध बनाउनका लागि…
नेपाल फार्मेसी संघ दाङ शाखाको अध्यक्षमा पुनः अधिकारी
स्वास्थ्यसमाचार/नेपाल फार्मेसी संघ दाङ शाखाको अध्यक्षमा पुनः सुलभ अधिकारी चयन भएका छन् । दाङको घोराइस्थित एक होटलमा शनिवार भएको दोस्रो अधिवेशनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा कृष्ण पोख्रेल र वसन्त योगी, महासचिवमा अजय कुमार केसी, सचिवमा दया ज्ञवाली, सहसचिव विनय सापकोटा चयन भएका छन् । त्यसैगरी, कोषाध्यक्षमा भागीराम खड्का, सहकोषाध्यक्षमा लिला पौडेल चयन भएकी छिन । त्यस्तै, सदस्यहरूमा भिम बस्नेत, चन्द्र प्रकाश श्रेष्ठ, सागर आचार्य, रोजिना वली, निरज पौडेल र जानकी वली चयन भएकी छिन । संघका केन्द्रीय अध्यक्ष अमृत खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो…
मातातीर्थ औँसी :यसरी राख्नुहोस् आमाको स्वास्थ्यको ख्याल
स्वास्थ्यसमाचार/आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन सबै सन्तानले आफ्नो जन्म र कर्म दिने आमाको मुख हेरेर मिठो खाने कुरा र उपहार दिएर मनाउने गर्छन् । आमा नभएकाहरु आमातीर्थ कुण्डमा गएर यो दिन मनाउने गर्छन् । मातातीर्थ औँसी मनाइरहँदा आमाको स्वास्थ्यलाई तपाईंले कतिको ख्याल गर्नुहुन्छ भन्ने पनि आवश्यक हुन्छ । मातातीर्थका दिन आमालाई दिइने उपहार उनको जीवनभरि नै ख्याल गर्नु हो । आमाको स्वास्थ्यको ख्याल तपाईंले सँधैभरि गरिरहनुभयो भने आमालाई आजको दिन मात्रै ख्याल गर्नुपर्दैन । आमाको लामो आयू र स्वास्थ जीवन चाहनुहुन्छ भने उनको स्वास्थ्यको…
प्राकृतिक चिकित्सा पद्धति विस्तारका लागि सचेतना फैलाऊँ
प्रा देवी भक्त ढकाल/ प्राणी मात्रको जीवनसँग एउटामात्र यस्तो साथी छ जसले सधैं-सधैं जीवलाई साथ दिन्छ । दुःखमा होस्, सुखमा, आँसु वा रोदनमा होस्, बाल्यकाल, यौवनकाल, वृद्धावस्थामा नै किन नहोस् सबै समयमा साथ दिने भनेको एउटामात्र साथी छ । त्यो हो जीवनको पर्यायवाची शब्द श्वासप्रश्वास । श्वासप्रश्वास र जीवनको सम्बन्धको व्याख्यान जटिल विषय हो । जीवसँग श्वासप्रश्वास छुट्टिने कल्पनासम्म गर्न सकिन्नँ । श्वासप्रश्वास र जीवनको नितान्त अभिन्न सम्बन्ध छ । जीवनसँगबाट श्वासप्रश्वासको तत्व छुट्टियो भने जीवको अस्तित्व तत् क्षण नै समाप्त हुन्छ । श्वासप्रश्वास र जीवनलाई भिन्नाभिन्नै कल्पना नै गर्न…
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले गर्यो ९ निर्णय
स्वास्थ्यसमाचार लुम्बिनी प्रदेश सरकारले प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि, २०७८ स्वीकृत गरेको छ । मन्त्रीपरिषदको बैठकले मन्त्री स्वास्थ्य संञ्चार लगायको बिषयमा बिभिन्न निर्णय गरेको हो । सञ्चार मन्त्री एवं प्रबक्ता तिलकराम शर्माले प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि, २०७८ स्वीकृत गरेको वताए।त्यस्तै प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा (पहिलो संशोधन) निर्देशिका, २०७८ प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ । लालमटिया स्वास्थ्य चौकी, भालुबाङ, दाङलाई ५० शैयामा स्तरोन्नती गरी प्रदेश सञ्चालन ल्याउन नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय…
तिलोत्तमाद्धारा उत्कृष्ट स्वास्थ्यकर्मि,स्वास्थ्य संस्था र स्वयम सेविकालाई सम्मान
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले नगरभित्र कोरोना रोकथाम ,उपचार तथा ब्यबस्थापन मा उत्कृष्ट कार्य गरे बापत १६बटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मि, स्वास्थ्य संस्था उत्कृष्ट स्वास्थ्यकर्मि र १७६ स्वास्थ्यस्वयम सेविकालाई पुरस्कार तथा सम्मान गरेको छ। नगरपालिकामा आयोजीत एक कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरे ,उपप्रमुख जगेस्वरी देभी चौधरी,प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले उनीहरुलाई पुरस्कार तथा सम्मान गरेका हुन । कोरोना महामारीमा रोकथाम ,उपचार तथा ब्यबस्थापन मा उत्कृष्ट कार्य गरे पुरस्कार तथा सम्मान गरेको नगरपालिका का प्रशासकीय अधिकृत जीवन ज्ञवालीले वताए । उत्कृष्ट स्वास्थ्यकर्मि केशव भट्टराई र उत्कृष्ट स्वास्थ्य संस्था सेमराबजार स्वास्थ्य चौकी रहेको छ। नगरपालिकाले…
दुर्गम जाने डाक्टरलाई लुम्बिनी प्रदेश सरकारले अतिरिक्त सुविधा दिने
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका दुर्गम तथा पहाडी जिल्लाका अस्पतालमा चिकित्सकहरुको चरम अभाव भएपछि स्वास्थ्य, जनसङख्या तथा परिवार कल्याण मन्त्रालयले अतिरिक्त सुविधा दिएर पठाउने प्रस्ताव गरेको छ। यस सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी प्रदेश सरकार मन्त्रीपरिषदमा स्विकृतिको लागि प्रस्ताव पेश गरिएको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासनका शाखा अधिकृत कृष्ण प्रसाद पराजुलीले बताए । चिकित्सकहरु शहर केन्द्रित भए गाउँमा जान नमानेपछि स्वास्थ्य मन्त्रालयलले यस्तो बिषेश ब्यबस्था ल्याएको पराजुलीले बताए । प्रदेश अन्तर्गतका प्रादेशिक अस्पताल तथा प्रदेशभित्र सञ्चालित मेडिकल कलेजमा कार्यरत विशेषज्ञ चिकित्सक लाई दुर्गम तथा विशेषज्ञ चिकित्सक नभएको अस्पतालमा परिचालन गरी प्रदेशको स्वास्थ्य सेवालाई…