गुल्मीमा कुकुर आतंक : एकै वर्षमा ७सय १० जना घाइते

स्वास्थ्यसमाचार/ गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकैदिन कुकुरले टोकेर चारजना घाइते भएका छन्। चारजनामध्ये दुईजनालाई सामान्य उपचारपश्चात घर पठाइएको र दुईजनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। कुकुरको आक्रमणबाट चन्द्रकोट गाउँपालिका( ३ हर्राचौर बस्ने १२ वर्षीय अरुण खड्का घाइते भएका छन्। उनको बायाँ हातमा टोकेको छ। त्यस्तै, बाग्लुङ बरेङ गाउँपालिका( ७ साब्दी घर भई चन्द्रकोट गाउँपालिका( ३ भुल्के मामा घर बस्ने चार वर्षीया रिमा श्रीस पनि घाइते छन्। उनको पनि दायाँ हातमा टोकेको छ। खड्का र श्रीसको गुल्मी अस्पताल तम्घासमा उपचार गरिएको छ। त्यस्तै, सोही स्थानकै वर्ष…

नेपालमा संक्रमितको संख्या बढ्यो, कोरोनाबाट १ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।पछिल्लो २४ घण्टामा ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४६ सय ५१ जनाको परीक्षणमा ३८६ पीसीआर र ७१ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, आज ४८ जना कोरोनामुक्त भएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ रहेको छ।देशभर सक्रिय संक्रमितको संख्या १७ सय ७६ रहेको मन्त्रालयले जनाएको छ ।

मेडिकल कलेज र निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द

स्वास्थ्यसमाचार सरकारले आर्थिक वर्ष २०७९/ ०८० बाट स्वास्थ्य बिमा कार्यक्रम सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र संचालन गर्ने गरी बजेट पास गरेपछि निजी अस्पतालहरुले तत्काललाई बिमा अन्तर्गतको सेवा बन्द गरेका छन् । स्वास्थ्य बिमा बोर्डले देशभरका ४८ निजी अस्पतालसँग स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने सम्झौता गरेको छ । वजेट वक्तव्यमार्फत सरकारी तथा सामुदायिक अस्पतालबाट मात्र बिमाअन्र्तगतको सेवा प्रदान गर्ने विषय तयारी बिनाको कार्यक्रम भएको र यसले बिमाको लक्ष्यअनुसारको कभरेज गर्न नसक्ने भन्दै बिमा बोर्डले नेपाल सरकारलाई झण्डै दुई हप्ता अघि पत्र पठाएको बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला बताउँछन् । ‘हामीले…

लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई नमूना बनाउँछौ: मुख्यमन्त्री केसी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरलाई नमूना अस्पताल बनानका लागि प्रदेश सरकारकाले कुनै पनि कार्य वाकी नराख्ने बताउनुुभएको छ । मुख्यमन्त्री केसीले प्रदेशको गौरवको आयोजना भएकाले बजेटका व्यवस्था जसरी भए पनि गर्ने त्यसका लागि भएको जनशक्तिले जनताको सेवामा कुनै कन्जुवाई नगर्न आग्रह गर्नुभयो ।अब भौतिक संरचना कुनै पनि हिसावले कमी हुन नदिने प्रतिवद्धता गर्दै आगामी दिनमा सेवालाई पनि प्रभावकारी रुपमा सञ्चालान गर्न निर्देशन दिर्दै त्यसका लागि सकरात्मक वातावरण सृजना गर्न सबैलाई आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा विशिष्ट अतिथि…

लुम्विनी र राप्ती प्रादेशिक अस्पतालमा साउन १देखि टिकट बेड निःशुल्क

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र राप्ती प्रादेशिक दाडमा ओपिडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वजेटमा लुम्विनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेपछि साउन १ गतेदेखि कार्यान्वयनमा आउन लागेको हो । ओपिडी र बेड निःशुल्क गर्न वजेटमा एक करोड ५० लाख रुपैया बिनियोजन भएको छ । ‘टिकट शुल्क नलाग्ने भएपनि विरामीहरुले टिकट काउन्टरबाट टिकट भने लिनुपर्छ’ लुम्विनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले भने ।…

साउन १ बाट कोभिड–१९ का लागि करारमा लिइएका सबै स्वास्थ्यकर्मी हटाइने

स्वास्थ्यसमाचार/ सरकारले कोभिड (१९ उपचार तथा व्यवस्थापनका लागि विगतका वर्षबाट सञ्चालनमा ल्याएका ६४९ स्थानीय तहका कोभिड(१९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिलाई साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराउने भएको छ। स्वास्थ्य मन्त्रालयमा शुक्रबार सचिवद्वय देवकुमारी गुरागाई र डा रोशन पोखरेलको उपस्थितिमा भएको छलफलले उक्त निर्णय गरेको हो। कोभिड(१९ उपचार तथा व्यवस्थापनका लागि विगत वर्षहरुबाट सञ्चालनमा आएका ६४७ स्थानीय तहका कोभिड(१० अस्थायी अस्पतालमा कार्यरत जनशक्तिका लागि साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराइने सबै स्थानीय तहलाई जानकारी गराउने, निर्णयमा भनिएको छ। यस्तै काठमाडौं उपत्यकामा कोभिड(१९ को व्यवस्थापनका लागि डेडिकेटेड अस्पतालका रुपमा रहेका शुक्रराज ट्रपिकल…

लुम्बिनी प्रदेशमा अव रगत पुर्ण निशुल्क

स्वास्थ्यसमाचार /सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि अब रगत सम्वन्धीसबै सेवा शुल्क निशुल्क हुने भएको छ । २०७९ साउन १ गतेदेखि लागु हुनेगरिप्रदेश सरकारले विरामीका लागि आवश्यक पर्ने रगतमा लाग्ने सबै सेवा शुल्कनिशुल्क गरेको हो । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलमारहेको रक्तसंचार केन्द्रका विच रगतका लागि लाग्ने सबै सेवा शुल्क निशुल्क गर्ने सहमति भएको हो ।अस्पतालकातर्फबाट मेडिकल सुपेरिटेण्डेन डा ईन्द्र ढकाल र रक्तसंचारकेन्द्रका तर्फबाट संयोजक कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेकाथिए । साउन १ गतेदेखि अस्पतालको सिफारिसमा रक्तसंचार केन्द्रले कुनै पनिसेवा शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो…

जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ्ग’ बिषयक पत्रकारिता तालिम सम्पन्न

प्रेम सुनार स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका पत्रकारहरुको तालिम मंगलबार बुटवलमा सम्पन्न भएको छ । युएसएड, सुआहरा दोश्रो र युनिसेफको आयोजना र नेपाल सरकार, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सुचना केन्द्र र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्व्यमा दुई दिन सम्म सञ्चालि ‘ जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ्ग’ बिषायक पत्रकारिता तालिमको समापन गरिएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरिको अध्यक्षता र नेपाल सरकार , स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीको प्रमुखको आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथीको आशनबाट नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका…

बुटवल उपमहानगर नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा

स्वास्थ्यसमाचार/रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । सोमबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच १२ वर्ष माथिका उमेर समुहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको भन्दै पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरेको जानकारी गराएका थिए ।बुटवल उपमहानगरपालिकामा खोप लगाउन बाँकी रहेका पूर्ण खोपका लागि आह्वान गर्दै खोप केन्द्र मार्फत सेवा प्रदान गरिएको नगरप्रमुख पाण्डेले जानकारी दिए ।…

एकै दिन १६८ जनामा कोरोना संक्रमण, ७७० सक्रिय संक्रमित

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र ११८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ। पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन्।