प्रदेशको स्वास्थ्य क्षेत्रलाई उदाहरणीय बनाउने गरि काम गर्छु : स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री बिष्णु पन्थीले प्रदेशको स्वास्थ्य क्षेत्रलाई उदाहरणीय बनाउने गरि काम गर्ने बताउनु भएको छ। रुपन्देहीको देवदहमा स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम को उदघाटनमा बोल्दै मन्त्री पन्थीले प्रदेशको स्वास्थ्य निति सेवा अस्पतालका भौतिकपुर्वाधारका लागी मन्त्रालयले बिषेश काम गर्ने बताउनु भयो।

उहाले खोपजस्तो संबेदनशिल क्षेत्रमा स्वास्थ्यकर्मी सर्तक र सचेत रहेर काम गर्नुपर्ने बताउनु भयो। स्वस्थ्यकर्मीलाई तालिमले सेवामा थप दक्ष बनाउने बताउनु भयो। उहाले सबै स्वच्छ र निरोगी भए देशको अर्थतन्त्रमा समेत सुधार आउने भएकोले स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउन आफु लाग्ने समेत बताउनु भयो।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीले खोपका बिषयमा तिनै तहका सरकारको सहकार्यको आबश्यकता रहेको बताउनु भयो।

स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले खोपसेवा वाहेका अरु स्वास्थ्यका सुचकमा लुम्बिनी प्रदेशको अबस्था दयनिय रहेको बताउनु भयो। यो लुम्बिनी प्रदेशको स्वास्थ्यका लागी गम्भीर भएको समेत बताउनु भयो।

कार्यक्रमा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालले गत बर्ष प्रदेशलाई पुणखोप घोषणा गरेपनि वाकेको नेपालगञ्जमा दादुरा भेटीनुमा खोप नलगाउनु र भएकोखोपको पनि गुणस्तरमा समस्या देखिएको बताउनु भयो।

उहाले खोप उत्पादन देखी ढुवानी संघ प्रदेश जिल्ला र पालिका हुदै लगाउने बेलासम्म खोपको तापक्रम मिलाउनु पर्ने भएकोले स्वास्थ्यकर्मीहरुलाई बेला बेला यस्ता तालिम दिईने बताउनु भयो। खोप लगाउनेको लागी यो तालिम अतिमहत्वपुर्ण रहेको समेत बताउनु भयो।

स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञाबलीले खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको वताउदै खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण भएको बताउनु भयो उहाले खोप नियमीत लगाउन सबैलाई आग्रह समेत गर्नु भयो ।
खोपद्वारा नै आमा र बालबालिकाको मृत्युदर, रोगी हुने दर र अपांग वा अशक्त हुने दरमा उल्लेख्य कमी आएको ज्ञाबलीले बताउनु भयो। स्वास्थ्यकर्मिले नियमित खोप लगाउनुपर्ने भएकोले पालिकाका र भिम अस्पतालका स्वास्थ्यकर्मी लाई तालिम दिएको बताउनु भयो।

तालिममा सहभागी स्वास्थ्यकर्मीलाई खोपको शैद्धान्तिक ज्ञान, कोल्ड चेन सम्बन्धि, खोप लगाइसकेपछि हुने अवान्छित घटनाको व्यवस्थापन, खोप सम्बन्धि रीपोर्टीङ र रेकर्डिङ खोपका बारेमा जानकारी गराउने बताउनु भयो।उहाले नेपाल सरकारको पहिलो प्राथमिकता प्राप्त कार्यक्रम खोप रहेको बताउनु भयो।

अर्का जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत देबेन्द्र गुरुडले स्वास्थ्यकर्मीहरुलाई नयाँ नयाँ तालिम समेत दिदै आएको बताउनु भयो। उहाले ४ दिनको तालिममा नयाँ कुरा सिकाईने र स्वास्थ्यकर्मिले आफुले काम गर्दा लागुगर्न आग्रह गर्नु भयो।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका कोल्ड चेन निरीक्षक शुरेन्द्र दुबेदीले रुपन्देहीका ५ पालिका लुम्बिनी संस्कृतिक नगरपालिका मर्चवारी गाउँपालिका कोटहीमाई गाउँपालिका,सम्मरीमाई गाएपालिका र रोहीणी गाउँपालिकाका २५ स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको बताउनु भयो।

सम्बन्धित शिर्षक :