प्रस्तावित भालुबाङ्ग अस्पतालबाट शल्यक्रियामार्फत प्रसुति सेवा सञ्चालन हुने

स्वास्थ्यसमाचार/प्रस्तावित भालुबाङ्ग अस्पतालबाट शल्यक्रियामार्फत प्रसुति सेवा सञ्चालन हुने भएको छ ।राप्ती गाउँपालिका र निक साइमन इन्सिच्यूटको विचमा चार वर्षे सम्झौता भएको हो । सम्झौता छिट्टै कार्यान्वयनमा आउने र कार्यान्वयन भएमा जटिल प्रकारको प्रसुति सेवा सञ्चालन हुने छ । सामान्य मात्रै प्रसुति सेवा प्रदान गरिँदै आएकोमा अब जटिल अवस्थाको शल्यक्रियामार्फत प्रसुति सेवा समेत सञ्चालन हुने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले जानकारी लिए । शल्यक्रिया गरेर प्रसुति गराउनुपर्ने अवस्था भएका आमाहरूलाई घोराही अथवा बुटवल रेफर गर्नुपर्ने बाध्यता थियो । शल्यक्रियाका लागि एमडी जनरल फिजिशियनसहितको स्वास्थ्यकर्मी र उपकरण निक साइमनले उपलब्ध गराएको छ…

संक्रमणको चौथो लहरको संकेत , मृत्तकमध्ये अधिकांश खोप नलगाएका

स्वास्थ्यसमाचार/  नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि सङ्क्रमण बढ्न थालेको बताइएको छ । नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको सङ्क्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ । पहिले यहाँ सङ्क्रमणदर ०.५ प्रतिशतसम्म झरेकामा अहिले १५ प्रतिशतभन्दा माथि…

सीमित जनशक्तिका बिच सेवामा सुधार गर्दै भिम अस्पताल

स्वास्थ्यसमाचार/ भिम अस्पताल भैरहवामा सिकलसेलका बिरामीहरुलाई लक्षित गर्दै परिक्षण सेवा सुरु भएको छ । यस अघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मात्र रहेको यो सेवालाई भिम अस्पतालले पनि निशुल्क रुपमा सुरु गरेको छ । बिशेष गरि थारु समुदायमा हुने यो रोगको परिक्षण भैरहवामै सुरु भए पछि भैरहवा तथा यस आसपास बसोबास गर्ने विपन्न थारु समुदायको रोग निदानमा राहत हुने छ। अस्पतालका मेसु डा शकुन्तला गुप्ताका अनुसार भिम अस्पतालमै अहिले अत्याधुनिक सिटी स्क्यान मेशीन आई पुगेको छ । केही दिनमै जडान हुने तयारीमा रहेको यो सेवाले पनि अस्पतालको सेवामा सुरु हुने बताईन।…

एकै दिन थपिए ९ सय १५ कोरोना संक्रमित, संक्रमणदर १५ प्रतिशत पुग्यो

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोभिड(१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार २ जनामा परीक्षण गर्दा ९ सय १५ जनामा संक्रमण देखिएको हो। ३ हजार ९१ पीसीआर परीक्षण गरिएकोमध्ये ५९० जनामा र २ हजार ९११ एन्टीजेन वरीक्षण गरिएकोमा ३२५ जनामा संक्रमण देखिएको हो। संक्रमणदर १५ प्रतिशत पुगेको छ। त्यस्तै, सोही अवधिमा ३ सय १ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३३ रहेको छ।आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका ४२२ जना रहेका…

“ स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ”

“ स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ” भन्ने नाराका साथ २०७९ श्रावण १६ देखि २२, (अर्थात अगष्त १ देखि ७, २०२२) देखि विश्व स्तनपान सप्ताह मनाईदै छ । ”स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ”भन्ने नाराका उद्देश्यका साथ यस वर्ष पनि मनाउन लागिएको हो, सन् १९९२ देखि नै यो सप्ताह मनाइँदै आईरहिएको छ । सोमबार देखि सुरु भएको विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइँदै छ । आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म यो दिवस मनाउने गरिन्छ । तर, यो अभियान प्रभावकारी हुन सकेको छैन…

युनिसेफ -डब्लूएचओको संयुक्त अपिल :स्वस्थ भविष्यका लागि नवजात शिशुलाई स्तनपान गराउ

स्वास्थ्यसमाचार/ स्तनपान हरेक नवजात शिशुको लागि अमृत जस्तै हो। आमाको दूधलाई बच्चाको लागि पूर्ण आहार मानिन्छ, यसमा बच्चाको पोषणको लागि आवश्यक पर्याप्त तत्वहरु हुन्छन्। यही कारणले गर्दा सबै आमाहरूलाई आफ्नो नवजात शिशुलाई स्तनपान गराउन सल्लाह दिइन्छ। अगष्टको पहिलो सातालाई स्तनपानका फाइदाबारे मानिसहरूलाई सचेत गराउने उद्देश्यले ‘विश्व स्तनपान सप्ताह’को रूपमा मनाइन्छ। यसै क्रममा यस वर्ष युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले स्तनपानमा जोड दिँदै स्तनपानका स्वास्थ्य लाभका बारेमा जानकारी दिएका छन् । युनिसेफ र डब्लुएचओले विश्वभरका मानिसहरूलाई स्तनपानको बारेमा चेतनाको लागि अपिल गरेका…

प्युठान अस्पताललाई निक साइमन्सको आईसियु भवन र उपकरण

स्वास्थ्यसमाचार/ प्युठान अस्पताललाई निक साइमन्स इन्स्टिच्युटले २३ वेडको आईसियु भबन र त्यसलाई आबश्यक पर्ने उपकरण हस्तान्तरण गरेको छ ।निक साइमन्स इन्स्टिच्युटको सहकार्यमा संचालित ग्रामिण अस्पताल सुदृढिकरण परियोजना अन्तर्गत हस्तान्तरण गरेको हो। उक्त भबन र सामान लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले भबनको उद्धघाटन र उपकरणहरु हस्तान्तरण गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थारुले कर्मचारीहरुलाई आफ्नो काममा दृढ भएर लाग्न आग्रह गरे ।उनले अस्पताल सञ्चालनको लागि क्षमतावान मेसु र इमान्दार प्रशासक, लेखा अधिकृत र स्टोर किपर हुन जरुरी रहेको भन्दै यी पदका अधिकारीहरुको लापरवाहीको कारण अस्पताल अस्तब्यस्त हुने गरेको बताए।…

स्तनपान सप्ताह-२०७९: ‘जन्मनेबित्तिकै किन खुवाउने आमाको दूध ?’

स्वास्थ्यसमाचार / शिशुका लागि आमाको दूधको महत्त्वसम्बन्धी जनचेतना जोगाउने उद्देश्यले हरेक वर्ष अगस्त १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । यस वर्ष नेपालमा ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मूल नाराका साथ स्तनपान सप्ताह मनाइँदै छ । सन् १९९० मा इटलीमा सरकारी नीति निर्माताहरू, विश्व स्वास्थ्य संगठन, युनिसेफ र सरोकारवालालगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूको एक भेला भयो । उक्त भेलाले ‘इन्नोसेन्टी घोषणापत्र’ जारी गर्‍यो । उक्त भेलामा विश्वव्यापी रूपमा स्तनपान प्रवर्द्धनका लागि अगस्त १ देखि ७ तारिखसम्म ‘स्तनपान सप्ताह’ मनाउने निर्णय गरेको थियो । यसैअनुसार…

स्तनपान सप्ताह-२०७९को सन्दर्भमा यौटा कविता

शिशुको लागि स्तनपान हो अमृतसमान । यो कुरामा हामी सबैले दिनुपर्छ ध्यान ।। जन्मेपछि स्तनपान शुरु एकघण्टा भित्र । छ महिनासम्म क्यै चाहिन्न स्तनपान मात्र।। दुई बर्षसम्म निरन्तर स्तनपानको खाँचो। बच्चाको बृद्धि विकासमा यो कुरा हो साँचो।। शिशुलाई हो पहिलो खोप आमाको दूध नै। रोगसँग लड्ने शक्ति पाइन्छ यसमा है।। बच्चाको लागि स्वस्थकर सर्बोत्तम खाना। पौष्टिक तत्व भरिपूर्ण असल सोह्रै आना।। स्तनपानले मद्दत पुग्छ जन्मान्तर कायम राख्न। अमृतसरि आमाको दूध हुँदै हुन्न खेर फाल्न ।। आमा र बच्चाको बीचमा आत्मीयता बढाउँछ। जति चुसायो शिशुलाई त्यति नै दूध आउँछ।। स्तनपायी आमालाई…

लुम्विनीमा कोरोनाको निशुल्क उपचार, लुम्विनी र भेरी अस्पताल तोकिए

स्वास्थ्यसमाचार / सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि लुम्बिनी प्रदेशका २ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको निःशुल्क उपचार हुनेमा लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पताल तोकिएका छन् । संक्रमितको उपचारबापत यी अस्पताललाई बिरामीको अवस्था र संख्याका आधारमा अनुदान दिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । कोभिडका बिरामीको निशुल्क उपचार गर्नेछ ।   केही दिनयता नेपालमा दैनिक १४ प्रतिशतभन्दा बढीका दरले कोरोना संक्रमण बढेपछि सरकारले निःशुल्क उपचारका लागि…