लुम्बिनी प्रादेशिक अस्पतालमा कविता प्रतियोगिता

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा अस्पतालमा कार्यरत कर्मचारी बिच कविता प्रतियोगिता सम्पन्न भएको छ ।

“म र मेरो अस्पताल“ शिर्षकमा बिहीबार सम्पन्न प्रतियोगितामा विजय आचार्य प्रथम भएका छन् भने सुनिता अर्याल द्वितीय भएकी छन् । आर्या भण्डारी र सरिता बस्यालले तृतीय स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा प्रमुख निर्णायकको रुपमा उपस्थित डा. हिरण्यलाल ज्ञवालीले कवितामा स्वास्थ्यकर्मीको अन्तरहृदयको पीडा, बेदना तथा खुसी उद्घाटित भएको बताए ।
कवितामा भौतिक स्वरुपमा रहेको अस्पताल लाई मानविकरण गरिएको ज्ञवालीले बताए ।

कविताका पंक्ति पंक्तिमा स्वास्थ्यकर्मी, बिरामी तथा अस्पताल संग सम्बन्धित समग्र अवस्थालाई जोडिएको बताए । प्रतियोगितामा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानहरी मरासिनी , नर्सिङ इन्चार्ज ज्योति पौडेल लगायतले बोलेका थिए ।

सम्बन्धित शिर्षक :