लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवगर्न लायक बनाउछौ : स्वास्थ्यमन्त्री पन्थी

लुम्बिनी प्रादेशिक अस्पताल एक सय १३ वर्षमा

स्वास्थ्यसमाचार/ बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल सुरु भएको एक सय १३ वर्ष पूरा भएको छ । अस्पतालले १ सय १३ वर्ष प्रवेशको अवसरमा सोमबार विशेष समारोह आयोजना गरेर वार्षिक उत्सव मनाईएको हो।

अस्पताल को १ सय १३ औ बार्षिक उत्सवको उदघाटन गर्दे लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले सरकारले अगाडी बढाएको लुम्बिनी प्रदेशकै गौरवको योजानको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लाई नमुना विशिष्टकृत अस्पताल बनाउने बताएका छन् ।

उनले गुरुयोजना अनुसार नै अस्पतालको स्तरउन्नती हुने जानकारी दिदै १० तले आधुनिक भवन निर्माणको लागि रोकीएको ठेक्का प्रक्रिया अविलम्ब सुरुवात गर्ने समेत आश्वासन दिए । स्वाथ्य मन्त्री पन्थीले प्रदेशको सबैभन्दा महत्पूर्र्ण अस्पतालको रुपमा बिकास गर्ने योजना रहेको बताएका हुन ।

उनले बुटवल आर्थिक राजधानीको कोसेढुङ्गा भएको भन्दै विपतमा तुरुन्त उपचार पाइन्छ, बाँच्न सकिन्छ भन्ने भरोसा दिलाउन सक्ने गरी अस्पताल विकास हुने बताए । उनले भने– यो हस्पताल विकासे लागि सिङ्गो प्रदेशको चासोको केन्द्र हो , यसको व्यवस्थापनमा मा हामी लाग्छौं ।’

स्वास्थ्यकर्मी लाई आत्मबल साथ अगाडि बढ्ने वातावरण बनाउने भन्दै बुटवललाई मेडिकल टुरिजम बनाने समेत बताए । उनले सरकारी स्वास्थ्यमा लगानी गर्ने नीजी स्वाथ्य संस्थालाई समेत सम्मान गरी अस्पतालको गुरुयोजना अनुुार रहेको लुम्बिनी ट्रेड कम्लेक्स निर्माणको लागि साझेदारीका साथ अगाडी बढ्ने बताएका थिए ।

पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठ अप्ठ्यारो अवस्थामा अस्पतालले स्वास्थ्य संकटमा ठूलो योगदान दिएको बताउँदै पछिल्लो समयमा विरामीहरुले बिमा बाट भएका हैरानी अन्त्य गर्नका लागि अस्पताल प्रशासनले कदम चाल्नुपर्ने बताए ।

अस्पतालको सुदृढीकरणका निमित्त, गुणस्तर व्यवस्थापन गर्न आवश्यक भएको भन्दै अरवौंको भवन निर्माण गर्ने काममा अघिल्लो सरकार कुबाटोमा लागेकै कारण आधा सम्पन्न हुने अवस्थमा अस्पताल निर्माण नैसुरुवात नभएको दावि गरे ।

कुन चिज लाई प्राथमिकतामा राख्ने भन्ने विषयमा जवाफदेही हुनुपर्ने जवाफदेही नहुँदाको परिणाम अस्पताल सहि रुपले अगाडि बढ्न नसक्ने पुर्व मन्त्री तथा वर्तमान सांसाद श्रेष्ठको भनाई रहेको थियो ।

बुटवल उपमहानगरपालिका उपप्रमुख खेलराज पाण्डेले कोभिड कालमा अस्पतालले दिएको सुविधा प्रसंशायोग्य रहेको भन्दै एमडी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा सहयोग रहने बताए ।उनले बुटवलमा हुने विभिन्न सेवा प्रदायक संस्थामा बुटवल उपमहानगरपालिका सहयोगी निकायको रुपमा रहेने बताउँदै यसमा सहकार्य गर्नका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानहरी मरासिनी ले विरामीको चाँप अनुसार अस्पतालको भौतिक पुर्वाधार अभाव रहेको बताएका थिए । उनले निर्माण गर्ने भनिएको १० तले भवन छिटोभन्दा छिटो निर्माण प्रकृया अगाडि बढाउनको लागि प्रदेश सरकारसंग माग समेत गरे ।

कार्यक्रममा पूर्व अध्यक्षहरुबाट बाबुराम भट्टराई ,लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी पूर्व मेडिकल सुपरिटेन्टेन्टको तर्फबाट डा. राजेन्द्र खनाल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का लगायतले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा सेवा निवृत्त कर्मचारी विश्वनाथ गौतम, कृष्णप्रसाद सापकोटा, युग कुमारी खनाल लाई सम्मान समेत गरिएको थियो । सप्ताहब्यापी रुपमा गरिएको बिभिन्न कार्यक्रममा बिजयी भएकालाई प्रमाणपत्र दोसल्लाले सम्मान समेत गरिएको थियो। यो अस्पतालले प्रदेशका जिल्लाहरुका करिब चालिस लाख जनसंख्यालाई सेवा उपलब्ध गराउदै आएको छ कार्यक्रमको संञ्चालन अस्पतालका शाखा अधिकृत राजन केसीले गरेका थिए ।

सेवा विस्तारको अवस्था

– विरामीहरुको उच्च चाप हुने यस अस्पतालमा प्रशुती तथा बालरोग भवन हस्तान्तरण तथा संचालनमा ल्याइएको छ । महिला तथा प्रसुती इमर्जेन्सी, ओ.पि.डि, वार्ड संचालनमा आइसकेको छ भने ओ.टि, पिडियाट्रिक वार्ड, एन.आई.सि.यु र पि.आई.सि.यु साही विल्डीङ्गमा तयारी अवस्थामा रहेको छ।

-२३ वेडको मेडिकल वार्ड विस्तार गरि ४५ पेड, पेयिङ्ग वार्ड २२ वेड, डायलाइसिस ६ बेड बाट १९ बेडमा विस्तार गरिएको छ । १९ बेड मध्ये २ वेड शेरोपोजेटिभ केशको लागि, १ वेड आई.सि.यु को लागि तथा १ वेड कोभिडको लागि छुट्टाइएको छ ।

– आई.सि.यु ६ वेड बाट २६ विस्तार गरिएको छ भने ८ वेड सि.सि.यु संचालनको लागि तयारी अवस्थामा छ ।
– ६ वेडको वर्न वार्ड तथा ५२ वेडको अर्थोपेडिक वार्ड संचालनमा ल्याइ सकिएको छ

– पुरानो टिनको टहराबाट नया सुविधा सम्पन्न लिफ्ट र ¥याम सहितको विल्डिङ्गमा ओ.पि.डी सेवा संचालन गरिएको छ ।
-अक्सिजन प्लान्ट र पाइपलाइन विस्तार गरिएको छ ।

-२ वेडको डेण्टल ओ.पि.डी १० वेडमा विस्तार गरिएको छ ।

– कार्डियोलोजी, नेत्र रोग तथा प्लाष्टिक सर्जरी ओ.पि.डी संचालन गरिएको छ ।

– पुरानो भवनमा ४० वेडमा संचालन रहेको इमर्जेन्सी सेवा हाल आई.सि.यु भएको भवनमा ६० वेडमा संचालन गरिएको छ ।

– ग्रेड ए एम्बुलेन्स सेवा संचालनमा रहेको छ । क्याथ ल्याव,भ्च्ऋए संचालनको तयारी अवस्थामा रहेको छ ।

– NTD Unit उपत्यका बाहिर लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र संचालनमा रहेको छ ।

– फोहोर व्यवस्थापनमा Micro wave Autoclave द्धारा संक्रमणजन्य फोहोरको व्यवस्थापन गरिएको छ ।

– लुम्बिनी प्रदेश सरकारको सहयोगमा ओ.पि.डी , इमर्जेन्सी, जनरल वार्डहरु तथा रक्तसंचार सेवा निशुल्क गरिएको छ ।

अवको आवश्यकता ः

१.गौरवको आयोजना अन्तर्गतको १२०० वेडेड अस्पताल तथा १० तले बिल्डिङ्गको निर्माण यथाशिघ्र अघि बढाउन आवश्यक छ ।

२. ब्लड बैंक निरको खाली जग्गामा बन्नेLTC (Lumbini Trade Coplex) को निमार्ण यथाशिघ्र अघि बढाउन आवश्यक छ । यसबाट हामीलाई आर्थिक रुपमा आत्मनिर्भर सहयोग पुग्नेछ ।

३.अध्ययन अध्यापन अन्तर्गत एम.डि.एम.एसको अध्यापन गराउन आवश्यक छ । जसबाट चुस्त र गुणस्तरीय सेवा प्रवाह गर्न सहयोग पुग्ने देखिन्छ ।

४. जनशक्ति व्यवस्थापन तर्फ आई.सि.यु र कोभिड करार अन्तर्गत कार्यरत १९३ जनाको अस्थायी दरवन्दी सिर्जना गरी क्याविनेटमा पेश भएकोले यथाशिघ्र प्रमाणिकरण आवश्यक छ

५.सटर व्यवस्थापन गर्दा बार्षिक रुपमा ६ करोड प्रदेश सरकारबाट शोधभर्ना दिने गरेकोमा यो बर्ष उक्त रकम हाल सम्म प्राप्त नभएकोले यथाशिघ्र उपलब्ध गराउनु हुन अनुरोध छ ।


सम्बन्धित शिर्षक :