पाँच पालिकाका स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धी तालिम

स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम सम्पन्न भएको छ।

बिहीबार देखी देबदहमा संञ्चालित तालिमको समापन कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञाबलीले ४ दिन सम्म सहभागी स्वास्थ्यकर्मीलाई खोपको शैद्धान्तिक ज्ञान, कोल्ड चेन सम्बन्धि, खोप लगाइसकेपछि हुने अवान्छित घटनाको व्यवस्थापन, खोप सम्बन्धि रीपोर्टीङ र रेकर्डिङ खोपका बारेमा जानकारी गराएको बताउनु भयो।

उहाले नेपाल सरकारको पहिलो प्राथमिकता प्राप्त कार्यक्रम खोप रहेको वताउनु भयो । उहाले खोपद्वारा नै आमा र बालबालिकाको मृत्युदर, रोगी हुने दरमा कमि आएको बताउनु भयो।

तालिममा समापन कार्यक्रममा अर्का जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत देबेन्द्र गुरुडले स्वास्थ्यकर्मीहरुलाई नयाँ नयाँ तालिम समेत दिदै आएको बताउनु भयो। उहाले ४ दिनको तालिममा नयाँ कुरा सिकाईने र स्वास्थ्यकर्मिले आफुले काम गर्दा लागुगर्न आग्रह गर्नु भयो।

समापन कार्यक्रममा देबदह नगरपालिका स्वास्थ्य शाखा संयोजक कासिनाथ बन्जाडे, जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका कोल्ड चेन निरीक्षक शुरेन्द्र दुबेदी र तालिममा सहभागीले समेत बोल्दै तालिमा सिकेका कुरा लागु गर्ने बताउनु भयो।

रुपन्देहीका ५ पालिका लुम्बिनी संस्कृतिक नगरपालिका मर्चवारी गाउँपालिका कोटहीमाई गाउँपालिका,सम्मरीमाई गाएपालिका र रोहीणी गाउँपालिकाका २५ स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको खोप अधिकृत ज्ञाबलीले बताउनु भयो।

तालिमको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु पन्थीले उदघाटन गर्नु भएको थियो।

सम्बन्धित शिर्षक :