लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान,११३ पिन्ट रगत संकलन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्थापना दिवस तथा लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औ वार्षिकोत्सव समारोहको पुर्वसन्ध्यामा रक्तदान गरिएको छ।

रक्तदानको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले ब्लड ब्याग हस्तान्तण गरेर रक्तदान शुभराम्भ गर्नु भएको थियो ।अस्पतालका मेसु, चिकित्सक, नर्स, पारामडिक्स बिभागिय प्रमुख ,सहयोगी कर्मचारी गरि१सय १३ जना रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रमको संयोजन अस्पताल मानबहादुर श्रेष्ठ र सत्यराज शाक्यले गर्नु भएको थियो। रक्तदानकार्यक्रम मा ११३ पिन्ट रगत संकलन भएको शाक्यले बताउनु भयो।


सम्बन्धित शिर्षक :