लुम्बिनी प्रादेशिक अस्पतालमा सर्पदंस व्यवस्थापन सम्बन्धि तालिम सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सर्पदंस व्यवस्थापन तालिम संञ्चालन भैरहेको छ। प्रदेश स्वास्थ्य तालिमकेन्द्रको आयोजनामा अस्पतालमा पहिलो दोश्रो र तेश्रो टोलीलाई सर्पदंस व्यवस्थापन तालिम दिईएको छ। बर्षायाम संगै मनसुन सुरु भएसंगै सर्पले टोक्ने संभाबना बढी भएकोले स्वास्थ्यकर्मिहरुलाई उक्त तालिम दिईएको छ।सर्पले टोकेका बिरामीहरुलाई उपचार गर्न सहजहोस भन्ने उद्येश्यले तालिम आयोजना गरिएको स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोद नारायण चौधरी बताए। लुम्बिनी प्रदेशका १२ जिल्लाका स्वास्थ्यकर्मीहरु सहभागी रहेको तालिमको लुम्बिनी प्रादेशीक अस्पताल एनेस्थेसियाको नेतृत्वमा तालिम संञ्चालन भएको अस्पतालका नर्सिड प्रमुख ज्योति पौडेलले बताईन। नर्सिड प्रमुख पौडेलका अनुसार अस्पतालमा सुरक्षित गर्भपतन सेवा (…

थप १०२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ६०५

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ५३९ पीसीआर र १ हजार ७६ जनाको एन्टीजेन परीक्षणका क्रममा १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा ३१ जना संक्रमित निको भएका छन्। देशभर हाल ६०५ जना सक्रिय संक्रमित छन्।

भेरी अस्पताल बन्यो देशकै उत्कृष्ट केन्द्रीय अस्पताल

स्वास्थ्यसमाचार/ भेरी अस्पताल देशभरकै उत्कृष्ट केन्द्रीय अस्पताल दरिएको छ । सरकारले अस्पतालको गुणस्तर सुधारका लागि तय गरेको न्यूनतम सेवा मापदण्ड (एमएसएस)मा ६७ अंक ल्याउँदैं भेरी अस्पताल उत्कृष्ट संघीय अस्पतालमा बन्न सफल भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको केन्द्रीय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा भेरी अस्पताल उत्कृष्ट भएको हो ।  मन्त्रालयले न्यूनतम सेवा मापदण्ड मुल्यांकन सार्वजनिक गरेको हो । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा। वीरेन्द्रबहादुर चन्दले अस्पताल सेवा सुधार, कमजोरी हटाउन भएका प्रयास र सेवा विस्तारजस्ता कारण संघीय अस्पतालहरुमा भेरी उत्कृष्ट बन्न सफल भएको बताए । ‘यो हामी सबैको टिमवर्क…

निःसन्तान दम्पती लक्षित ‘आइभिएफ’ सेवा सञ्चालन

काठमाडौं- कीर्तिपुर नगरपालिकाकी २८ वर्षीया एक महिला जति खुसी देखिन्छिन् त्यतिकै बैतडीकी ३३ वर्षीया महिलाको अनुहारमा पनि चमक छ। निःसन्तान उनीहरुमा अहिले सन्तानका लागि ‘आइभिएफ’(इनभिट्रो फर्टिलाइजेसन) पद्धतिमार्फत गर्भाधान सफल भएपछि उनमा खुसी देखिएको हो। चिकित्सकका अनुसार महिलाको पाठेघरको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको वा अन्य कुनै महिलाबाट लिनुपर्ने भए वा पुरुषको वीर्यमा कुनै खराबी देखियो भने अण्डा र वीर्य झिकेर संयोजन गराइ प्रयोगशालामा हुने उपकरण (इन्कुबेटर) मा निश्चित दिनसम्म राखिन्छ। यसपछि विकास भएको भ्रुणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै ‘आइभिएफ’ पद्धति हो। सुरुआती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रुणलाई…

स्वास्थ्यमन्त्रालयद्धारा पूर्वतयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।मन्त्रालयको स्वास्थ्य आपत‍्कालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण भई सरसफाइमा चुनौती थपिन गई हैजालगायत सङ्क्रामक रोग फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न देशभरका सबै अस्पताललाई निर्देशन दिएका छन् । अहिलेसम्म काठमाडौं उपत्यकामा हैजाका १७ बिरामी भेटिएका छन् । विपद् तथा महामारीलगायत प्रतिकार्यका लागि तयार एवं सतर्क रहन, स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकताअनुसार शय्याको व्यवस्थापन गर्न तथा औषधि उपकरणको तयारी गर्न सबै अस्पताललाई उनले निर्देशन…

निजामती कर्मचारी संगठन लुम्बिनी अस्पताल अध्यक्षमा खनाल

स्वास्थ्यसमाचार/ नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सीता खनाल चयन भएकी छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत कर्मचारीहरुको भेलाले शुक्रबार भएको भेलाले खनाललाई अध्यक्षमा चयन गरेको हो । भेलाले संगठनको उपाध्यक्षमा विरोध पाण्डे, सचिवमा सुशिल ढकाल, सह सचिवमा भेषराज बन्जाडे, कोषाध्यक्षमा गुणकला खनाललाई चयन गरेको छ । त्यस्तै, संगठनको सदस्यहरुमा वसन्ती पाठक, दीपक थापा, नारायण रिमाल, दीपेन्द्र गिरी, माधविर सिंह कार्की, सुमिन्द्र अर्याल, कमल लामिछाने निर्विरोध निर्वाचित भएको नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कमिटिका महासचिव नेत्र प्रसाद आचार्यले बताए । सम्पूर्ण निर्बाचितहरुलाई नेपाल निजामति कर्मचारी संगठनका…

लुम्बिनी प्रदेश भित्र चल्ने १२० एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्र चल्ने १२० वटा एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान गरिदिएको छ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले आकस्मिक विरामीलाई समयमै एम्बुलेन्स उपलब्ध गराउन एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान गरिएको मन्त्री ईन्द्रजित थारुले वताए। मन्त्रालयले बिहिबार बुटवलमा मन्त्रालयको वार्षिक प्रगति जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थारुले एम्बुलेन्स ट्रयाकिङका लागि ‘एम्बुलेन्स नेपाल’ नामको मोवाईल एप र निःशुल्क फोन कल मार्फत एम्बुलेन्स सेवा प्रदान गर्न १०२ नम्बरको फोन सहितको प्रादेशिक प्रेशण केन्द्र स्थापना गरिएको वताए। स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले दिएको वार्षिक प्रगति विवरण अनुसार…

कोभिड महामारी परिवर्तन भइरहेको छ समाप्त भएको छैनः डब्लूएचओ

स्वास्थ्यसमाचार/  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लेकोभिड-१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ । ‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड-१९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोन लाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ,’ डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भने ।

बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी, अवस्था गम्भीर

स्वास्थ्यसमाचार/ बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन् ।बिरामी हुनेमा बुटवल उपमहानगरपालिका– १२ नयाँगाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुम बहादुर बिक रहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । बुधबार जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरु बिरामी परेका थिए। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । बिरामी परेका सबै बेहोस् भएको र अवस्था गम्भीर रहेको छ ।

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीद्वारा राजीनामा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएकी हुन् । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ख मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वलीले माओवादी केन्द्र रोजेकी थिइन् ।