अस्पतालको ११४ औं वार्षिकोत्सव फुटबल र भलिबल प्रतियोगिता

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालले विविध अतिरिक्त क्रियाकलापसहित ११४ औं वार्षिकोत्सव मनाउने भएको छ । अस्पतालमा वार्षिकोत्सव कार्यक्रम अन्तरगत फुटबल र भलिबल प्रतियोगिता सम्पन्न भएको छ। अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल र भलिबल प्रतियोगीता भएको छ। खेलकुद संयोजक डा. रमेश अर्यालका अनुसार विभिन्न विभागका गरी ५ समूहले प्रतिष्पर्धा गरेको बताउनु भयो । बुटवल उपमहानगरपालिका–१२ रामनगरस्थित नेपाली सेनाको गणुदल गणको खेलमैदानमा खेल भएको थियो । खेलमा भलिबल तर्फ अस्पताल प्रशासन टीम प्रथम भएको छ भने दोश्रो ल्यावको टीम भएको छ। त्यस्तै भलिबलमा महिला तर्फ दिक्षा रिजालको टीम प्रथम…

सिकलसेल र थालेसिमिया लाई स्वास्थ्य बीमामा समावेश गरौ :मन्त्री केसी

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न अनुरोध गर्नुभएको छ । बाँके निर्वाचन क्षेत्र नं१ (१)१  बाट निर्वाचित मन्त्री केसीले बुधवार स्वास्थ्य बीमा वोर्ड काठमाडौं पुगेर वोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलामार्फत् यस्तो अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । वोर्डका कार्यकारी निर्देशक डा बसौलासमक्ष मन्त्री केसीले हजारौं सिकलसेल एनिमिया र थालेसिमियाका बिरामीको निदान र उपचार स्वास्थ्य बीमाको सुबिधा थैलीमा समावेश नगरिदा यस रोगका बिरामीले औषधी खरिद गर्नुपर्ने भएको भन्दै स्वास्थ्य बीमाले प्रदान गर्ने निःशुल्क औषधीको सुबिधा…

स्थापनाको ११४ बर्षमा लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सुरु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल स्थापनाको ११४ बर्षमा क्याथ ल्याब सेवा सुरु भएको छ । सेवा आजबाट सुरु भएको अस्पताल बुटबलले जनाएको छ।अस्पतालले सुरु गरेको यो सेवा संगै सर्वसाधारणको पहुँचको अस्पतालको रुपमा चिनिँदै आएको लुम्विनी प्रादेशिक अस्पतालमा मुटुका बिरामीहरुलाई राहत हुने भएको छ। एनजीओग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकएज’ परीक्षण गर्ने विधि हो ।सो सेवा सञ्चालनमा आएपछि लुम्बिनी प्रदेश र आसपासका जनता उपचारका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हटेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले आज एकै दिन २ जना बिरामीको एन्जियोग्राम गरेको वताउनु भयो। आज पहिलो दिन अस्पतालले गुल्मीका ७५…

कपिलवस्तु दुर्घटनाका ३ मृतकको सनाखत, ३० जना उपचाररत (घाइतेको विवरणसहित)

स्वास्थ्यसमाचार/पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनाका मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला छन्। यीमध्ये तीन जनाको मात्र सनाखत भएको छ। कपिलवस्तु प्रहरीका अनुसार नाम थर वतन नखुलेको वर्ष अ २५/२६ को पुरुष व्यक्ति ०५ः२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ।यसैगरी नाम थर वतन नखुलेको वर्ष अं.२५/२६ कै पुरुष व्यक्ति ०५ः२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ। अर्का एक मृतकको रौतहट जिल्ला पहुराही नपा ३ बस्ने वर्ष ४६ को नारायण ब। भण्डारीलाई रहेको र…

कपिलवस्तुमा बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते बुटबल र कपिलबस्तुमा उपचार हुदै

स्वास्थ्यसमाचार/पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा मध्यरातमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले दिएको जानकारी अनुसार बुधबार राति १ बजे भएको बस दुर्घटनामा मृतकको संख्या १० जना पुगेको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो। प्रहरीकाअनुसार ३२ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर छ । सुदुर पश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो। चन्द्रौटा देखि…

पाल्पामा जिप दुर्घटना घाइतको लुम्बिनी मेडिकल कलेजमा उपचार हुदै

स्वास्थ्यसमाचार/क्षमताभन्दा बढी यात्रु बोकेको जिप दुर्घटना हुँदा पाल्पामा मंगलबार १० जनाको मृत्यु भएको छ । जिपमा सवार दुईमहिने बालिकासहित १७ जना घाइते छन् । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप चिदिस लुम्पेक डाँडामा दुर्घटनामा परेको हो । घटनास्थलमा ८ र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । घटनास्थलमा मृत्यु भएका मध्ये १० जनाकै पहिचान खुलेको छ । तिनाउ–६ मस्यामकी ६० वर्षीया यमकुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना रणपाल, रिब्दीकोट–१ की ६५ वर्षीया…

लुम्बिनी प्रादेशिक अस्पतालमा बन्ने भो १० तलाको भवन,निर्माणका लागि ठेक्का सम्झौता, काम सुरु

स्वास्थ्यसमाचार/ बुटबलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ बन्ने भवन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भएको छ। १२ सय शय्याको १० तले भवन निर्माणको लागि दुई पटक आह्वान गरिएको टेण्डर सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम निर्णय रद्द गरिएको थियो । तर अहिले सबै प्रकृया पुरा भई १० तलाको उक्त नयाँ भवन निर्माणका काम अघि बढेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ। स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न कानुनी अड्चन हटेको बताउँदै ८ सय बेड क्षमताको भवन निर्माण…

पाल्पा जिप दुर्घटना ८ जनाको मृत्यु १५ घाईतेलाई अस्पताल पठाईयो

स्वास्थ्यसमाचार/पाल्पामा जिप दुर्घटना हुदा ठुलो हाताहाती भएको छ। दुर्घटनामा ८ जनाको ज्यान गएको छ। भने १५ जनालाई उद्धार गरी अस्पताल पठाईएको छ।तिनाउ गाउपालिका वडा नं ६ का वडा अध्यक्ष टोम बहादुर पुनका अनुसार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य गम्भिर अवस्थाका घाईतेहरुको उद्धार गरी अस्पताल पठाईएको छ। पाल्पाको तिनाउ गाउपालिका डुम्म्रेबाट वडा नं ६ शिखरडाडा जांदै गरेको जिप दुर्घटना भएको हो। जिप सडकबाट ४० मिटर जती तल खसेको छ।जिल्ला टाफिक प्रहरी कार्यालय पाल्पाका अनुसार यात्रुहरु बोकेर तिनाउ गाउपालिका ६ चिदिक जांदै गरेको लुख १ ज २३७१ नंको जिप दुर्घटना…

अन्तराष्ट्रिय कन्डम दिवसको अवसरमा बुटवलमा म्युजिकल कन्सर्ट हुने

स्वास्थ्यसमाचार/अन्तराष्ट्रिय कन्डम दिवसको अवसरमा बुटवलमा १३ फेब्रुअरी अर्थात माघ ३० गते मंगलबार बुटवलमा भव्य म्युजिकल कन्सर्ट हुने भएको छ । युवा युवतीहरुलाई लक्षित गरेर कन्डमको प्रयोग तथा यसको फाईदाहरुको विषयमा जानकारी दिने उदेश्यका साथ बुटवलको ट्राफिक चौकका भव्य कार्यक्रम हुन लागेको हो । आस्था समुह बुटवल र स्वाथ्य निर्देशनालय राप्ती दाङको आयोजना तथा एड्स हेल्थकेयर फाउन्डेसनको सहयोगमा ट्राफिक चौकमा दिउँसो ३ बजे देखि कार्यक्रम हुन लागेको हो । कार्यक्रममा नेपालका चर्चित कलाकार काली प्रसाद बास्कोटाको विशेष प्रस्तुती रहने छ । सार्वजनिक स्थानमा अयोजना गरिएको कार्यक्रममा निःशुल्क रुपमा प्रवेशको व्यवस्था, निःशुल्क…

सिरानीले मुख छोपेर छोराछोरीको हत्यापछि छतबाट हामफालेर आत्महत्या

काठमान्डौ/ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनको समेत गएराति मृत्यु भयो । उक्त घटनाको प्रारम्भिक अनुसन्धानमा छोराछोरीलाई पहिले केही वस्तुले सास थुनेर हत्या गरी महर्जनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले घटनाको प्रकृति हेर्दा उनले नै छोराछोरीको हत्या गरी त्यसपछि घरको चार तलाबाट हाम्फालेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको जानकारी दिनुभयो । शव परीक्षणको रिपोर्टपछि मृत्युको यकीन कारण भन्न सकिने उहाँको भनाइ छ । उहाँले घटनाका कारणबारे सबै…