सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्यमन्त्री यादवको अनुरोध

स्वास्थ्यसमाचार/उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गरेका छन्। शुक्रबार एक भिडियो सन्देश जारी गर्दै दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले सञ्चालन गरेको खोप अभियानमा अभिभावकलाई आफ्ना सबै बालबालिकालाई खोप लगाउन अनुरोध गरेका हुन्। उनले सन् २०२६ मा दादुरा–रुबेला रोग निवारण गर्ने विश्वसामु प्रतिबद्धता जनाएको हुँदा उक्त खोप अभियान देशव्यापी रुपमा सञ्चालन गर्नु परेको उल्लेख गरेका छन्। उनले सन्देशमा गत वर्षको मङ्सिरदेखि तराई, मधेश र काठमाडौं उपत्यकामा फैलिएको हुँदा ती जिल्ला दादुराका लागि उच्च जोखिम क्षेत्र भनी पहिचान गरिएको उल्लेख…

मर्चवारमा ट्याक्टर पल्टिदा २६ जना घाइते भीम र सिटीमा उपचार हुदै

स्वास्थ्यसमाचार/रुपन्देहीको मर्चवारमा ट्याक्टर दुर्घटना हुंदा २६ जना घाइते भएका छन् । जिल्लाको कोटहीमाइ गाउँपालिका वडा नं ५  दुई मुहानमा श्रीमद भागवत महायज्ञको लागि जल लिन गएको लु १ त ५५४७ नं ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक मनोहर भट्टले जानकारी दिए । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा सावित्रा यादव र उर्मिला यादव रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको ट्याक्टरको चालक फरार रहेकोले खोजी कार्य जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

निजीमा उपचार गराउँदा बिमितले अब २० प्रतिशत रकम तिर्नुपर्ने

स्वास्थ्यसमाचार/स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ ।बोर्डले स्वास्थ्य बिमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले जानकारी दिए । उनका अनुसार सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने हुन्छ । यसअघि गत माघ १ गतेदेखि सरकारी, निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा १० प्रतिशत रकम तिर्ने व्यवस्था गरिएको थियो । बोर्ड पनि पुनः कार्यविधि संशोधन गरेर…

पक्षघातबाट बिरामी रहेका लुम्बिनीका पूर्व प्रदेश प्रमुख यादवको निधन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको मंगलबार निधन भएको छ। सिरहा गोलबजार नगरपालिका–६ खरहीटोल निवासी यादव २०७६ साल कार्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो। यादवको ८० वर्षको उमेरमा निवासमै निधन भएको हो।यादव पछिल्लो समयमा पक्षघातका कारण ओछ्यान पर्नुभएको थियो।  नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सिरहा–३ का सङ्घीय सांसद लिलानाथ श्रेष्ठका अनुसार उहाँको निवासमै निधन भएको हो। उहाँ २०४८ र २०५१ मा तत्कालीन सिरहा–३ बाट प्रतिनिधि सभाकाका लागि नेकपा एमाले बाट उम्मेदवार बन्नुभएको थियो। यादवको अन्तिम संस्कार सुखीपुर नगरपालिका –६ खरहीटोलमा हुने नेकपा एमाले सिरहाले जनाएको…

सैनामैनामा डेढ बर्षमा ९ सय आमाहरुले लिए निःशुल्क एम्बुलेन्स सेवा

स्वास्थ्यसमाचार/सुत्केरी हुने आमालाई नमुना कामको रूपमा रूपन्देहीको सैनामैना नगरपालिकाले ‘निःशुल्क एम्बुलेन्स सेवा’ प्रदान गरेको लामो समय भएको छ । नगरपालिकाले नगर कार्यपालिकाको बैठकबाट नै निर्णय गरेर निःशुल्क रूपमा सुत्केरी हुने आमाहरूको लागि निःशुल्क एम्बुलेन्सको सेवा प्रदान गरिरहेको हो । सैनामैनाका ११ वटै वडाका कुनै पनि स्थानबाट सुत्केरी हुने आमाहरूको लागि अस्पतालमा लैजानेको लागि नगरपालिकाले निःशुल्क रूपमा एम्बुलेन्स सेवा प्रदान गर्दै आएको हो । नगरपालिकाको स्वास्थ्य शाखा जनस्वास्थ्य निरिक्षक बसन्तकुमार श्रेष्ठका अनुसार अघिल्लो आर्थिक बर्षमा ७०० जना आमाहरूले यो सेवा लिएका छन् । आर्थिक बर्ष २०८०/०८१ को माघ महिना सम्ममा २ सय १०…

सिद्धार्थ बाल तथा महिला अस्पतालका निर्देशक डा.पराजुली नियुक्त

स्वास्थ्यसमाचार/ सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को कार्यकारी निर्देशक परिवर्तन भएका छन। बरिष्ठ बालरोग विशेषज्ञ डा बिनोद पराजुलीलाई २ बर्षको लागी कार्यकारी निर्देशकमा नियुक्त गरिएको छ। आम्दा नेपालका अध्यक्ष डा सुनु दुलालले दिएको जानकारी अनुसार २ बर्षको लागी डा बिनोद पराजुलीलाई सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को कार्यकारी निर्देशकमा नियुक्त गरिएको बताउनु भयो। उहाले अस्पतालमा २ बर्षको लागी कार्यकारी निर्देशन नियुक्ती हुने भएकोले अहिलेका निर्देशक डा राजेन्द्र बस्यालको अबधि सकिएपछि उहाँलाई नियुक्ती गरिएको बताउनु भयो। आम्दा अस्पतालमा डा बस्यालले २ कार्यकाल निर्देशक भएका छन भने डा पराजुली पनि यसभन्दा पहिले…

सरकारबाट रकम नआएपछि हस्तान्तरण भएन भीमको प्रसुती भवन

स्वास्थ्यसमाचार/भिम अस्पताल भैरहवामा प्रसुति भबन तयार भएको एक बर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन। सरकारले दिनु पर्ने १ करोड ३० लाख रुपैया ठेकेदार कम्पनीलाई नदिएको कारण गत बर्ष निमार्ण सम्पन्न भएको भबन ठेकदार कम्पनीले हस्तान्तरण गरेको छैन । लुम्बिनी प्रदेशको सहरी बिकास मन्त्रालयबाट १४ करोडको लगातमा निमार्ण भएको तीनतले भबन अस्पताल लाई हस्तान्तरण नगरिँदा अस्पतालबाट सेवा दिन समस्या भएको भिम अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताउनु भयो। हामीले स्वास्थ्यमन्त्री सचिब यस क्षेत्रका माननीय सबैलाई भनेका छौ अहिले सम्म भएको छैन उहाँहरुले छिटो बजेट निकासा गरि ठेकदार कम्पनीलाई दिने…

अखिल क्रान्तिकारीद्वारा आम्दा अस्पताल र सिटिईभिटीको प्रादेशिक कार्यालयमा कालो ब्यानर

स्वास्थ्यसमाचार/माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले बुटवल स्थित महिला तथा बाल अस्पताल आम्दा र सिटिईभिटी काे लुम्बिनी प्रदेश कार्यालयमा कालो ब्यानर टागेकाे छ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको नेतृत्वमा गएको विद्यार्थीहरूका समुहले साेमबार दिउँसो आम्दा र सिटिईभिटिकाे प्रदेश कार्यालयमा कालो ब्यानर टागेकाे हो । सामुदायिक अस्पताल भएता पनि आमा सुरक्षा कार्यक्रम लागु नगरेको, मनपरि तरिकाले बिना प्रतिस्पर्धा ल्याबको सेम्पलहरु आफ्नो फर्ममा पठाएकाे,टेण्डरमा सामान खरिद नगरी कमिसनको आधारमा खरिद गरेको,बर्षों देखी सामान खरिद गरेर स्टाेर गरेर सामान राखेको,अस्पताल मर्मत गर्दा निस्किएको गिट्टी बहिर बेचेको,अस्पतालका आवश्यक पर्ने…

घर-जग्गा बेचेर क्यान्सर पीडितहरूका लागि ‘अञ्जन स्मृति कोष’ स्थापना

स्वास्थ्यसमाचार/क्यान्सरकै कारण छोरा गुमाउनुभएका पराजुली दम्पतीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक करोड एक लाख ११ हजार १११ रुपैयाँबराबरको ‘अञ्जन स्मृति क्यान्सर पीडित उपचार कोष’ स्थापना गर्नुभएको छ । काठमाडौं कीर्तिपुरस्थित ट्यांगला फाँट निवासी प्रा डा तीर्थराज पराजुली र उहाँकी श्रीमती शारदा पराजुलीले छोरा डा अञ्जन पराजुलीको स्मृतिमा सो कोष स्थापना गर्नुभएको हो । अस्पतालमा आयोजित कार्यक्रममा अक्षय कोष स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्दै सो रकम बराबरको चेक परिवारले अस्पताललाई हस्तान्तरण गरेको छ । पराजुली दम्पतीले सो रकम आफ्नो घरजग्गा बेचेर क्यान्सर पीडितहरूका लागि सहयोग गरेको बताउनुभयो ।…

स्वास्थ्यमन्त्री खनालद्धारा लुम्विनी प्रादेशिक अस्पतालको क्याथ ल्याब उदघाटन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मुटु परीक्षण गर्ने क्याथ ल्याब सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उदघाटन गर्नु भयो। अस्पतालको ११४ औ बार्षिक उत्सवको अबसरमा खनालले मुटु परीक्षण गर्ने क्याथ ल्याब सेवाको खनालले उदघाटन गर्नु भएको हो।प्रदेश मातहतका अस्पतालहरुमा क्याथ ल्याव सुरु गर्ने लुम्बिनी प्रादेशिक अस्पताल पहिलो हो । संघीय सरकार अर्न्तगतको लुम्बिनी प्रदेशको भेरी अस्पतालमा पनि क्याथ ल्याव सेवा उपलब्ध छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनको लागि चालु वर्ष २२ करोड रुपैंयाँ बिनियोजन गरेको र यहा सेवा सुरु भएको स्वास्थ्यमन्त्री खनालले बताउनु भयो। उहाले बोल्दै यस…