स्वास्थ्यसमाचार /लुम्बिनीका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले स्वास्थ्य क्षेत्रको सुधारमा लागिपरेको वताउनु भयो ।उहाले स्वास्थ्य क्षेत्र सुधार गर्न मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ५५ बुँदा लिएर अगाडि बढेको वताउनु भएको छ । भीम अस्पताल भैरहवा, रुपन्देहीमा आयोजना गरेको अस्पतालबाट प्रवाह हुने सेवा तथा गुणस्तरकोबारे छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सारुले यस्तो वताउनु भएको हो । उहाले भीम अस्पतालप्रति सेवाग्राहीको विश्वसनीयता बढ्नु सकारात्मक पक्ष भएको वताउनु भयो । ‘अस्पतालको स्तरोन्नतिमा लाग्नुपर्छ । यो अस्पतालमा बिरामीको चाप बढेको छ । सरसफाईमा ध्यान दिइएको छ उहाले भन्नु भयो, यो कायम राख्नुहोला । नेतृत्व र व्यवस्थापन महत्वपूर्ण…
अस्पताल
तोकिए भन्दा बढी शुल्क लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका थिए । कतिपय नागरिकले शुल्कबारे थाहा नै नहुने गरेको समेत गुनासो गरे पछि मन्त्री पौडेलले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्न पहल गरेका थिए ।मन्त्री पौडेलले चासो लिए पछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको हो । मन्त्रालयले पठाएको पत्रमा आफ्ना…
नीजि स्वास्थ्य संस्थालाई पनि बिमामा जोड्न पुर्व मन्त्री पुनको आग्रह
स्वास्थ्यसमाचार/नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा पुर्व मन्त्री अमरसिंह पुनले स्वास्थ्य बिमामा नीजि क्षेत्रलाई पनि समेट्नु पर्ने बताउनु भएको छ । उहाँले सरकारले स्वास्थ्य बिमालाई ब्यापक बनाउनुका साथै नीजि क्षेत्रका अस्पतालहरुलाई पनि समेट्न आवश्यक भएको धारणा राख्नु भयो । बुटवल हस्पिटल प्रा.लिको स्थलगत अवलोकन गर्दै पुर्व मन्त्री पुनले बिमा का नाममा सरकारी अस्पतालहरूबाट सेवा लिन बिरामीलाई निकै कष्ट भएको गुनासो आएको बताउनु भयो । उहाँले नीजि क्षेत्रले बनाएका सुविधा सम्पन्न अस्पतालबाट स्वास्थ्य बिमाको सेवा लिने सक्ने बाताबरण बनाउन तिनै तहका सरकारलाई सुझाव दिनु भयो । उहाँले बुटवलमा बिरामी आएपछि भारतीय…
बुटवलमा बल्ल बन्यो गर्व गर्न लायक हस्पिटल–पुर्व स्वास्थ्यमन्त्री श्रेष्ठ
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमालेका लुम्बिनी प्रदेशका उपाध्यक्ष माननीय भोज प्रसाद श्रेष्ठले बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अनुगमन गर्नु भएको छ । बुटवल बाटै प्रदेश सभा सदस्यमा निर्वाचित श्रेष्ठले बुटवलमा पहिलो पटक भौतिक संरचनाका हिसाबले उत्कृष्ट अस्पताल निमार्ण भएको प्रतिक्रिया दिनु भएको छ । उहाँले यस क्षेत्रका विरामीहरु विभिन्न कारणले उपचारका लागि भारतीय शहरहरुमा जानुपर्ने वाध्यताको अन्त्यका लागि बुटवल हस्पिटल प्रा.लि.ले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले स्वास्थ्यका क्षेत्रमा बुटवलले अझै धेरै गर्न वाँकी रहेको भन्दै अव पुर्वाधार र उपकरणका हिसाबले बुटवल प्रा लि जस्तै नीति र…
लुम्बिनी प्रदेश सरकारको एकसय दिन :स्वास्थ्यमा महत्वपुर्ण उपलब्धी
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको एक सय एक उपलब्धी सार्वजनिक गर्नु भएको छ । देउखुरीमा आज पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले एक सय दिनको उपलब्धी सार्वजनिक गर्नु भएको हो । गत साउन ९ गते आचार्यले पदभार ग्रहण गर्नु भएको थियो । एक सय दिनको उपलब्धी सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण कार्यभएको दाबी गर्नु भयो । उहाले कुष्ठरोग र हात्तीपाइलेका कारण अपाङ्गता भएका व्यक्तिको भेदभावको अन्त्य तथा जीविकोपार्जन र आत्मनिर्भता अभिवृद्धिका लागि स्वयं हेरचाह सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरी कार्यान्वयनमा लगिएको छ…
लुम्बिनी प्रदेश स्वास्थ्य उपचार बिशेष आर्थिक सुविधा निर्देशिका संसोधन हुने
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली २०८० संसोधन गर्ने निर्णय भएको छ । प्रदेश स्वास्थ्य उपचार बिशेष आर्थिक सुविधा निर्देशिका २०७८ लाई संसोधन गर्ने निर्णय भएको छ । अव क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको भल्व फेर्ने सेवाको लागि प्रदेश स्वास्थ्य निर्देशनालयमा आउन नपर्ने भएको छ । जिल्लामा रहेको स्वास्थ्य कार्यालयबाट सो सुविधा पाउने व्यवस्था गरिएको छ । यस्तै प्रशासन, सुशासन र विकास लगायतको क्षेत्रमा अवकाश प्राप्त राष्ट्रसेवकहरुको ज्ञान, सीप र अनुभवको उपयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले अवकास प्राप्त राष्ट्रसेवकहरुको…
भीम अस्पताल भैरहवामा पहिलो पटक पित्त थैलिको अपरेशन
स्वास्थ्यसमाचार/ भीम अस्पताल भैरहवामा पित्तथैलीको शल्यक्रिया (अपरेशन) सुरु भएको छ । अस्पतालमा भर्ना भएकी एक महिलाको पित्तथैली पत्थरीको सफल शल्यक्रिया भएको भीम अस्पतालले जनाएको छ । रुपन्देहीकी ४२ वर्षिय सधिया खातुनको पित्तथैलीको पत्थरीको शल्यक्रिया भीम अस्पतालमा कार्यरत जनरल सर्जन डा. उत्सव कार्की र जनरल सर्जन डाक्टर राजिब ढकालले गरेका छन् ।भीम अस्पतालमा पहिलो पटक पित्त थैलीको सफल सल्यक्रिया भएको डाक्टरद्वय कार्की र ढकालको भनाइ छ । ‘बिरामीले बारम्बार पेटको दाहिने भागमा दुःख्ने समस्या भएको बताएपछि चेकजाँच गरियो डाक्टर कार्किले भने । चेकजाँच गर्ने क्रममा पित्तथैलीमा पत्थरी (ढुंगा) भेट्टायौं’ उनले भने,‘त्यसपछि…
संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआई तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी मन्त्री पौडेलले कार्तिक ७ गते मन्त्री स्तरीय निर्णय गरेका हुन् । अब यस आधारमा मन्त्रालय मातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउनेछन् ।स्वास्थ्यका लागिसमेत हानिकारक मानिने एक्सरे फिल्म प्रयोगमा भइरहेको ठूलो धनराशि खर्च कटौती गर्दै नागरिकलाई राहत दिने गरी यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।…
उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने सरकारको निर्णय
स्वास्थ्यसमाचार/सरकारले जनल पीडितको उपचार सरकारी अस्पतालमा निशुल्क गर्ने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलन पीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव पारित गरेको हो । ‘अब आर्थिक अभावका कारण कसैले पनि जलनको उपचारबाट बञ्चित हुनु पर्दैन,’ मन्त्रिपरिषदको निर्णय सार्वजनिक भए पछि मन्त्री पौडेलले भने, ‘आर्थिक अभावमा विपन्न समुदायका नागरिकले पाएको समस्या कम गर्न निर्णय गरेका हौं ।’ यो निर्णयसंगै अब कीर्तिपुर अस्पताल र वीर अस्पतालको जलन वार्डसँगै कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्जमा समेत…
पुर्वमन्त्री खांण सहितका नेताहरुद्धारा बुटवल हस्पिटलको अवलोकन
स्वास्थ्यसमाचार/बुटवलमा निमार्ण सम्पन्न भई उपचार सेवा शुरु भएको बुटवल हस्पिटल प्रा.लि.को पुर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले अवलोकन गर्नु भएको छ । मंगलबार पुर्वमन्त्री खांण सहितका नेताहरुले अस्पतालको नवनिर्मित भवन, उपकरण तथा सेवाका बारेमा जानकारी लिनु भएको हो । बुटवलमा नीजि क्षेत्रको एक सय शैयाको आफ्नै भवनमा बनेको बुटवल हस्पिटल प्रा.लि पहिलो अस्पताल हो । अस्पतालको अवलोकन प्रश्चात पुर्वमन्त्री खांणले भन्नु भयो –बुटवल धेरै हिसाबले अब्बल रहेपनि स्वास्थ्य क्षेत्रमा कता कता पछाडी हो कि भन्ने थियो, अव बुटवल हस्पिटल प्रा.लि.ले त्यसको अन्त्य गरेको हुनु पर्दछ । संविधानले परिकल्पना…