राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रादेशिक अस्पतालद्वारा नयाँ वर्ष २०८२ को भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान

स्वास्थ्यसमाचार/राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रादेशिक अस्पताल बिषेश जिल्ला कार्यसमिति द्वारा नयाँ बर्ष २०८२को भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको संगठनका अध्यक्ष सिता खनालको अध्यक्षता तथा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालको प्रमुख आतिथ्यता तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्यद्धय जिवलाल भुसाल र रुपलाल पन्थीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम वोल्दै प्रमुख अतिथी डा इन्द्र ढकालले संगठनले गरेको कामको प्रशंसा गर्दे आफनो अधिकारको रक्षा गर्ने आफुले दिने सेवामा बिषेश ख्याल गरि गुनासो नआउने तरिकाले…

विशेषज्ञ डाक्टर ग्रामीण भेगमा जानैपर्ने मापदण्ड बनाउछौं :मन्त्री कार्की

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले दुर्गममा डाक्टर जान नमान्ने रोग भएको बताएका छन् । बिहीबार गुल्मी अस्पताल तम्घासमा नसर्ने रोगको छुट्टै क्लिनिक (पेन प्लस क्लिनिक) को उद्घाटन गर्दै मन्त्री कार्कीले विशेषज्ञ डाक्टर दुर्गममा जानै नमान्ने रोग भएको बताएका हुन् । कार्कीले गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर अभाव रहेको प्रसंगमा गुल्मीमा अलिक कम भए पनि रुकुम र रोल्पामा डाक्टर जानै नमान्ने गरेको बताए । ‘जिल्ला अस्पतालहरूमा विशेषज्ञ डाक्टरको अभाव छ,’ उनले भने, ‘दुर्गममा डाक्टर नजानै रोग नै भएको छ ।’ कार्कीले यस विषयमा प्रदेशबाट जनशक्ति पदपुर्ति गर्ने…

पाल्पामा सरकारी अस्पतालको आकस्मिक र अप्रेसन कक्ष भवन बन्दै

स्वास्थ्यसमाचार/पाल्पा अस्पतालको आकस्मिक र अप्रेसन कक्ष लागि भवन निर्माण कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको ५० लाख र अस्पताल विकास समितिको २० लाख लगानीमा भवन निर्माण हुन लागेको हो । असार १५ गते भित्र सक्ने गरी ५६ लाख २५ हजार एक सय ७३ रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएर काम अघि बढेको अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो । अहिले आकस्मिक र अप्रेसन कक्ष नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालबाट फर्काउनुपर्ने बाध्यता रहेको छ । भवन निर्माण भएपछि सेवा विस्तारमा सहज हुने अध्यक्ष आत्रेयले विश्वास व्यक्त गर्नुभयो । भवनको…

पूर्व स्वास्थ्य मन्त्री तथा सांसद दीपक बोहराको उपचारको क्रममा निधन

स्वास्थ्यसमाचार/पूर्व स्वास्थ्य मन्त्री समेत रहेका सांसद दीपक बोहराको निधन भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा  )का वरिष्ठ नेता समेत रहेका बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो । उनी रुपन्देही क्षेत्र नम्बर – ३ बाट निर्वाचित सांसद हुन् । कोभिड – १९ महामारीको दोस्रो लहर चलेका बेला ९जेठ २०७७० संक्रमणमा परेका थिए । त्यसपछि उनी बोल्न नसक्ने अवस्थामा पुगेका थिए । चिकित्सकहरुले पोस्ट कोभिड समस्याले गर्दा यस्तो भएको बताउने गरेका थिए । पोष्ट कोभिडबाट स्वर भासिएको बोहोराको पछि घाँटीको क्यान्सर देखिएको बताइएको थियो । परिवारले उपचारका लागि बोहोरालाई…

सेती अस्पताललाई संघीय अस्पतालमा परिणत गर्न संघीय सरकारलाई पत्राचार

स्वास्थ्यसमाचार/सुदूरपश्चिम सरकारले सेती प्रादेशिक अस्पताललाई संघीय अस्पतालमा परिणत गर्दै सञ्चालन गर्न संघीय सरकारलाई पत्राचार गरेको छ। सुदूरपश्चिम सरकारको गत ६ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सेती अस्पताललाई संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गरेको हो । सुदूरपश्चिम प्रदेश सरकार मातहत सञ्चालित सेती प्रादेशिक अस्पताललाई सो अस्पतालमा कार्यरत जनशक्ति व्यवस्थापन सहित गेटा अस्पतालमा विशिष्टिकृत सेवा रहने गरी संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदको निर्णयमा भनिएको छ। मन्त्रिपरिषदको सोही निर्णय अनुसारको पत्र सुदूरपश्चिम सरकारले संघीय स्वास्थ्य मन्त्रालयलाई पठाएको छ।उक्त निर्णयसहित सामाजिक विकास मन्त्रालयबाट…

“श्रम ऐन उल्लंघन गर्ने अस्पताललाई सम्बन्धन खारेज गर्ने चेतावनी”

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवामा सुधारको पक्षमा बोल्दै मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी र सामुदायिक अस्पतालमा दक्ष जनशक्तिलाई श्रम ऐन अनुसार तलब नदिएको खण्डमा ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिएका छन्। नेपाली कांग्रेस बाँकेले आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले यस्तो बनाउनु भएको हो ।साथै, औषधिको मूल्य समायोजनको तयारी भइरहेकाे र यससँगै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्ने योजनासमेत रहेको जानकारी दिएका छन्। मन्त्री पौडेलले नेपालगञ्ज मेडिकल कलेजका समस्याहरू कलेज प्रशासनले आफैले समाधान गर्नु पर्नेमा जोड दिएका छन्। उहाँका अनुसार, “मेडिकल कलेजलाई नीति र नियम अनुसार चलाउनुपर्छ र…

लुम्बिनीमा इन्डोस्कोपीका लागि महिनौं पालो कुर्नुपर्ने समस्याको अन्त्य

स्वास्थ्यसमाचार /स्वास्थ्य सेवामा सुधार तथा सहज पहुँच बिस्तार गर्दै लुम्बिनी प्रादेशिक अस्पतालले इन्डोस्कोपी सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गरेको छ । अस्पतालमा इन्डोस्कोपीका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै आइतबारदेखि दैनिक रुपमा नै यो सेवा उपलब्ध गराउने तयारी भएको इसिजी/इन्डोस्कोपी विभाग प्रमुख भेषराज बञ्जाडेले वताए । ‘विगतमा इन्डोस्कोपीका लागि ३ महिना लामो समय कुर्नुपर्ने अवस्था थियो । उक्त संख्या र समयावधिलाई घटाउँदै दुई महिना, एक महिना हुँदै अब एकै दिनमा सेवा उपलब्ध गराउने गरी तयारीमा पुगेका छौं ।’–बञ्जाडेले भने, ‘सीमित श्रोत साधन र जनशक्तिका बाबजुद पनि लामो…

लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु रोग सम्बन्धी थप सेवाको विस्तार

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ट्रेडमिल टेस्ट (TMT)सेवा सुरु गरिएको छ। अस्पतालका वरिष्ठ कार्डियोलोजिस्ट डा. रोशन घिमिरेले एक व्यक्तिको परीक्षण मार्फत यो सेवाको औपचारिक सुरुआत गर्नु भएको हो । अस्पतालमा यो सेवा नयाँ हो र यसले मुटुको नसा बल्क भएको छ कि छैन भनेर जानकारी प्राप्त गर्न मद्दत  पुर्‍याउँछ डा. घिमिरेले भन्नु भयो ।, (TMT)परीक्षण गर्दा मुटुको नसाको अवस्था लगभग ७५ प्रतिशत थाहा पाउन सकिन्छ ।जसबाट बिरामीको एन्जियोग्राफी गर्नु पर्ने वा नपर्ने अबस्था देखिन्छ । डा. घिमिरेले  अस्पतालले यो सेवालाई निरन्तरता दिनुपर्ने वताउनु भयो । लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुरु…

सिद्धार्थ वाल तथा महिला अस्पताल बुटवलमा एचडियु सेवा शुभारम्भ

स्वास्थ्यसमाचार/ सिद्धार्थ वाल तथा महिला अस्पताल –आम्दा, बुटवलमा ९ बेडको एचडियु (हाई डिपेण्डेन्सी युनिट) सेवा औपचारिक रूपमा सुरु गरिएको छ। उक्त सेवा अस्पतालका मेसु डा. बिनोद पराजुलीले उद्घाटन गर्नुभएको हो। डा.  पराजुलीले अस्पतालमा पिआईसियु र एनआईसियु संचालनमा रहेको भए पनि अस्पतालमा बाल बिरामीहरूको अधिक चापका कारण बेड अभावले गर्दा अन्य स्वास्थ्य संस्थामा प्रेषण गर्दा अभिभावकले सकभर यसै अस्पतालमा उपचार गराउन जोड गरेका कारण बिरामीको अस्पतालप्रतिको विश्वासलाई कायम राख्नका लागि एचडियु संचालनमा ल्याएको बताउंदै अब थप बिरामीलाई सेवा प्रदान गर्न सकिने बताउनुभयो । विगत २६ वर्षदेखि निरन्तर सेवारत अस्पतालले सस्तो र…

निमोनियाले गल्दै आठमहिने बालक, आर्थिक अभावले छोराको रेफर लिन मुस्किल

स्वास्थ्यसमाचार/गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनी सिमकी सुमित्रा परियारका आठ महिनाका छोरालाई निमोनिया भएको छ । बच्चा १० फागुनदेखि गुल्मी अस्पताल तम्घासमा भर्ना भएका छन् । सुमित्रा बेडमा छोरा तड्पिएको देखेर रुन्छिन् । तर, पीडा अभिव्यक्त गर्न सक्दिनन् । किनकि उनी बोल्दिनन्, सुन्दिनन् छोरालाई ज्वरो आउने, खोकी लाग्ने र श्वास–प्रश्वासमा समस्या भएपछि अस्पताल आएकी हुन् । छोरा साहरा परियारलाई निमोनिया रहेको गुल्मी अस्पतालकी डाक्टर विद्या पन्थीले जानकारी दिइन् । बच्चाको अवस्था सुधार नभएकाले आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्दा राम्रो हुने भएकाले बाहिर पठाउन खोजिएको डाक्टर पन्थीले बताइन् । थप उपचार…