स्वास्थ्यसमाचार/ दाङमा दुई वर्षअघि निर्माणको काम सम्पन्न हुनुपर्ने ट्रमा सेन्टर निर्माणको काम अझै सकिएको छैन । आगामी जेठ अन्तिम साता निर्माणको सबैकाम सक्नेगरी अहिले ट्रमा सेन्टरको पूर्वाधारको काम चलिरहेको छ । लुम्बिनी प्रदेश सरकारले निर्माणकार्य चाँडो सम्पन्न गर्न निगरानी बढाएको हो । सरासर काम भएको भए दुई बर्ष अघिनै ट्रमा सेन्टरको भौतिक निर्माणको काम सकिने थियो । तर, निर्माण कम्पनीसंग सम्झौता भएपनि ढिलोगरी काम सुरु भएकै कारण चालु आर्थिक बर्षको जेठ अन्तिम भित्र काम सम्पन्नगर्नेगरी निर्माणको काम अहिले चलिरहेको हो । हिजोआज दैनिक ५० जना भन्दा बढी श्रमिक भवन निर्माणको…
अस्पताल
रुकुम पूर्वमा छैन ब्लड बैंक -बिरामी बचाउन दैनिक ‘हारगुहार’
स्वास्थ्यसमाचार/ नेपालकै कान्छो जिल्ला रुकुमपूर्वमा ब्लड बैंक छैन । ब्लड बैंक स्थापना नहुँदा बिरामीहरूको ज्यान जोगाउन हारगुहार गर्नुपर्ने बाध्यता छ । दुर्गम भूगोल र कठिन पहुँचका कारण यहाँका नागरिकहरू अझै आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नै छन् । नेपालको संविधान २०७२ अनुसार राज्य पुनर्संरचनापछि स्थापना भएको रुकुमपूर्व तीनवटा गाउँपालिका सिस्ने, भूमे र पुथा उत्तरगंगा मिलेर बनेको छ । यी गाउँपालिकाका ३१ वटा वडामा बसोबास गर्ने बासिन्दा स्वास्थ्य उपचारका क्रममा रगतको अभावमा कठोर समस्या भोग्दै आएका छन् । रुकुमपूर्व अस्पतालका सूचना अधिकारी सृष्टि कोइरालाका अनुसार गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा…
भिम अस्पताल भैरहवाको मेसु डा. बर्षा थापा नियुक्त
स्वास्थ्यसमाचार / भिम अस्पताल भैरहवाकी नयाँ मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) रूपमा डा. वर्षा थापा नियुक्त भएकी छन्। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ११ तहकी डा. थापालाई भिम अस्पतालको मेसु पदमा जिम्मेवारी दिएको हो। डा. थापा लुम्बिनी प्रादेशिक अस्पतालको डेन्टर बिभाग प्रमुख हुन । प्रदेश सरकारको सोमबार बसेको क्याबिनेट बैठकले यस निर्णयसँगै तत्कालीन मेसु डा. शकुन्तला गुप्ताको काज फिर्ता गर्ने निर्णय पनि गरेको जनाएको छ। डा. गुप्ता २०८१ साल जेठ महिनामा भिम अस्पताल भैरहवाको मेसु पदमा नियुक्त भएकी थिइन्। काज फिर्ता भएपछि अब उनी…
भिम अस्पताल भैरहवाकी मेसु डा. शकुन्तला गुप्ताको काज फिर्ता
स्वास्थ्यसमाचार/ भिम अस्पताल भैरहवाकी मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. शकुन्तला गुप्ताको काज फिर्ता भएको छ। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उनको काज फिर्ता गरिएको जानकारी दिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद्को हिजो (सोमबार) बसेको क्याबिनेट बैठकले डा. गुप्ताको काज फिर्ता गर्ने निर्णय गरेको बताइएको छ। डा. गुप्ता २०८१ साल जेठ महिनामा लुम्बिनी प्रदेश सरकारको निर्णयअनुसार भिम अस्पताल भैरहवामा मेडिकल सुपरिन्टेन्डेन्ट पदमा नियुक्त भएकी थिइन्। काज फिर्ता भएपछि अब उनी पुनः लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत हुने भएको छ।
राप्ती घोषणा पत्र : लुम्बिनी प्रदेशको स्वास्थ्य सुधारको नयाँ खाका
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशले आगामी वर्षहरूमा स्वास्थ्य क्षेत्रलाई रूपान्तरण गर्ने उद्देश्यसहित ‘राप्ती घोषणा पत्र २०८२’ सार्वजनिक गरेको छ। दाङको राप्ती उपत्यकामा सम्पन्न आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीको अन्त्यमा प्रदेश सरकारद्वारा जारी गरिएको यस घोषणा पत्रले प्रदेशको स्वास्थ्य प्रणालीलाई जनमैत्री, गुणस्तरीय र दिगो बनाउन ठोस मार्गचित्र प्रस्तुत गरेको छ। “स्वस्थ मानव पूँजीयुक्त समृद्ध प्रदेश : खुशी नागरिक” भन्ने नारासहित ल्याइएको यस घोषणामा मातृ तथा शिशु स्वास्थ्य, कुपोषण नियन्त्रण, नसर्ने रोग व्यवस्थापन र मानसिक स्वास्थ्य सुदृढीकरणलाई प्रमुख प्राथमिकता दिइएको छ। नीतिगत प्रतिबद्धता र सुधारका योजना घोषणा पत्रका १६ बुँदाहरूमा स्वास्थ्यकर्मीहरूको…
प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गराैं : मुख्यमन्त्री आचार्य
स्वास्थ्यसमाचार अनलाईन |लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताउनुभएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई मंगलबार राप्ती उपत्यका(देउखुरी)मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाँप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयाे-`प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा चलाउन सकिन्छ । जनशक्ति पर्याप्त छ, तर बिरामीहरू सहज रूपमा सेवा पाउन सकेका छैनन् । प्रादेशिक अस्पतालमा रचनात्मक रूपमा सेवा दिन सकिन्छ ।´उहाँले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल…
गुल्मीको चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल सञ्चालनमा
स्वास्थ्यसमाचार/ गुल्मीको चन्द्रकोट गाउँपालिकामा बनेको १५ शैयाको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। गाउँपालिकाको वडा नम्बर ६ मा बनेको उक्त अस्पताल बिहीबारबाट सेवा दिन थालेको हो। गाउँपालिकाले मेडिकल अधिकृतको व्यवस्था गरी अस्पताल सञ्चालनमा ल्याएको हो। गाउँपालिकाले गरेको विज्ञापनमार्फत डाक्टर रोशनकुमार यादव र लुम्बिनी प्रदेशको छात्रवृत्ति करारमार्फत डाक्टर अरुण गैरेलाई नियुक्त गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो। अस्पतालमा अब ल्याब, बर्थिङ सेन्टर, भिडियो एक्स–रे लगायत ओपीडी सेवाहरू सञ्चालनमा आउने भएका छन्। जिल्लामा सबैभन्दा पहिले निर्माण व्यवसायी विजय खनालले गुल्मीदरबारमा डिकोई अर्जुन न्यू लिजा र चन्द्रकोट गाउँपालिकामा तुल्सिभक्त अर्जुन बिल्डर्स जेभीमार्फत अस्पताल…
नर्सिङ र स्वास्थ्यकर्मीलाई सरकारी सरह तलब दिन अस्पताल र मेडिकल कलेजलाई मन्त्रालयको निर्देशन
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीहरुको पारिश्रमिक सुविधाका सम्वन्धमा गतवर्ष २७ मंसिरमा भएको निर्णय तथा निर्देशन कार्यान्वयन गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठान, सरकारी, सामुदायिक र निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई पाँच बुँदे निर्देशन दिएको छ। कतिपय निजी मेडिकल कलेज तथा अस्पतालहरुमा श्रम शोषण भएको भन्दै नर्सहरु आन्दोलनमा उत्रिए पछि मन्त्रालयको यस्तो निर्देशन आएको हो ।गत शुक्रबारको मितिमा काटिएको निर्देशनात्मक पत्रमा मन्त्रालयले मिति २०८१ मङ्सिर २७ गतेको निर्णयअनुसार जारी निर्देशनहरू अझै पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै अस्पतालहरूलाई तुरुन्त कार्यान्वयन गरी प्रतिवेदन मन्त्रालयमा बुझाउन भनेको छ । पाँच बुँदे निर्देशनमा स्वास्थ्य…
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति प्रा.डा. भण्डारीसहित १३ जनामाथि अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
स्वास्थ्यसमाचार/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा एमआरई मेसिन खरिद प्रक्रियामा अनियमितता भएको पाइएपछि तत्कालीन उपकुलपति प्राडा संगिता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले दायर गरेको आरोपपत्रअनुसार, एमआरआई खरिदका क्रममा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ का प्रावधानहरू उल्लङ्घन गर्दै बदनियतपूर्ण ढङ्गले प्रक्रिया अघि बढाइएको हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमआरआई मेसिन खरिदका लागि Supply, Delivery and Installation of Magnetic Resonance Imaging (MRI) System (IFB No: RAHS/NCB/HE/15/077/078) शीर्षकमा बोलपत्र आह्वान गरेको थियो। तर, खरिद आवश्यकताको पहिचान र खरिद…
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीमैत्रि सेवा सुनिश्चित गर्न निर्देशन
स्वास्थ्यसमाचार/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्श, स्वास्थ्यकर्मि, विभागीय प्रमुख, शाखा प्रमुखहरुको बैठक आइतवार प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ । बैठकमा प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्साल र अस्पताल निर्देशक प्रा.डा जनार्दन पन्थिले संयुक्तरुपमा अस्पतालको सेवालाई विरामीमैत्रि बनाउन र गुनासो नआउने गरी कामलाई चुस्त दुरुस्त बनाउन निर्देशन दिनु भएको हो । रजिष्ट्रार लम्सालले देशमा विकशीत राजनैतिक, सामाजिक घटनाक्रम र शनिवार दाङको सुरक्षा संयन्त्रको प्रतिष्ठान भ्रमणकाक्रममा राखीएका चासो र प्रतिष्ठानप्रति निरन्तर ब्यक्त हुने जनसरोकारका विषयहरुमा ब्रिफीङ गर्नु भएको थियो । उहाँले प्रतिष्ठानको फार्मेसिमै पाइने औषधिहरु किन्न विरामीलाई वाहीर नपठाउन र ल्यावको…
