रिफरलको चक्रमा ज्यान गुमाएको बालक, सहानुभूतिपूर्ण सहयोगी बने एम्बुलेन्स ड्राइभर

सत्य घट्ना : आज साझ ६ बजे एक जना २५/२६ बर्ष कि जस्ती देखिने महिला कपाल र निधार ढाकिने गरि रातो रुमालले टाउकोमा बाँधेर भैरहवा मेडिकल कलेजको इमर्जेन्सी अगाडि पार्किङ नजिकै डिलमा बसेर बेस्सरी रोइरहनु भएको थियो। म अस्पतालको ड्युटी सकाएर फर्किन गाडीको ढोका खोल्दै गर्दा ती महिला सङ्गै उभिएका एक जना भाइले नमस्ते म्याडम भन्नू भयो। मैले नमस्ते भने र के भएको हो सोधे।ती भाइले सबै बताउनु भयो। “मैले प्युठान बाट यी महिलाको सानो सिरियस बच्चालाई यहाँ लिएर आए तर बच्चा रहेनन्, त्यसैले रोइरहनु भाछ । पहिला प्युठानको अस्पतालमा…

मुख्यमन्त्रीद्वारा भालुबाङ अस्पतालको उद्घाटन, विशेषज्ञ सेवा विस्तार

स्वास्थ्यसमाचार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गर्नुभएको छ । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि सोमबार मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री आचार्यले भालुबाङ अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा प्रदेश सरकारले अघि बढाएकाे र जनशक्तिको व्यवस्थापनसहित गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिने बताउनुभयो । दाङ, अर्घाखाँची, प्युठान, रोल्पा लगायतका जिल्लाका नागरिकले उपचार पाउने भरपर्दो अस्पतालको रूपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै, मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मातहत रहेका अस्पतालहरूबाट विशेषज्ञ उपचार…

शुक्रबारदेखि आकस्मिक र आईसीयु बाहेक सम्पूर्ण सेवा बन्द गर्ने चिकित्सकको निर्णय

स्वास्थ्यसमाचार/आवासिय चिकित्सकहरुलाई तोकिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै देशभरका चिकित्सकहरु अनिश्चितकालिन आन्दोलनमा उत्रेका छन । आन्दोलनको कार्यक्रम अन्तरगत विहिबार देशभर बिरोध सभा गरेका छन । यसैक्रममा आन्दोलनलाई ऐक्यबद्धता जनाउदै नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखा बुटवलले विहिबार जिल्ला प्रशासन कार्यालय भैरहवामा ज्ञापनपत्रसहित दुई घण्टा धर्ना दिएका छन । संघका उपाध्यक्ष वर्षा थापा, सचिव प्रकाश बस्नेत, कोषाध्यक्ष रमेश भट्टराई, सदस्य सम्राट पराजुलीले सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानालाई ज्ञापन पत्र बुझाउदै आन्दोलनका कार्यक्रमबारे प्रकाश पारे । यसैबिच नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखा बुटवलका बिहिबार नै बसेको आकस्मिक बैठकबाट…

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाहबारे अनुगमन तथा छलफल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि गठित सुझाब समितिले बुधबार लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाह बारे अनुगमन तथा सरोकारवाला पक्षहरुसँग छलफल गरेको छ । सो अवसरमा बोल्दै सुझाब समितिका संयोजक पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले मितव्ययी र प्रभावकारी ढंगमा सेवा सञ्चालनका लागि आग्रह गरे । अस्पतालमा वार्षिक रुपमा सेवाग्राहीको चाप बढ्दै जानु सकरात्मक भएको उल्लेख गर्दै उनले अस्पतालप्रति जनताको विश्वास बढ्दै गएको कुरालाई यसैले प्रमाणित गर्ने उल्लेख गरे । समिति स्रोत साधन र जनशक्तिले ठूलो जनसङ्ख्यालाई सेवा उपलब्ध गराउनु आफैमा चुनौतिपूर्ण भएपनि मितव्ययी भएर सबै कुरालाई…

“गौरवको योजना: लुम्बिनी प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउने ऐतिहासिक मौका”

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको गौरवको परियोजना लुम्बिनी प्रादेशिक अस्पताललाई नै मेडिकल कलेजमा रूपान्तरण गर्नुपर्ने माग सरोकारवाला र विज्ञहरूले तीव्र रूपमा उठाउन सुरु गरेका छन । सरकारले सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने निर्णय गरेसँगै, लुम्बिनी प्रदेशमा अलग्गै नयाँ मेडिकल कलेज खोल्नु उचित हो कि अहिलेकै प्रमुख सरकारी अस्पताललाई शिक्षण अस्पतालमा रूपान्तरण गर्नु उपयुक्त हो? भन्ने बहसले गति लिएको छ। अवस्थित संरचना र सेवा प्रभावकारिता बुटबलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल हो। हाल वार्षिक ३ लाखभन्दा बढी बिरामीहरूलाई सेवा दिइरहेको यो अस्पताल ३०–३५ वर्षअघि मात्र ५० हजार बिरामीको सेवामा…

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रादेशिक अस्पतालद्वारा नयाँ वर्ष २०८२ को भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान

स्वास्थ्यसमाचार/राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रादेशिक अस्पताल बिषेश जिल्ला कार्यसमिति द्वारा नयाँ बर्ष २०८२को भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको संगठनका अध्यक्ष सिता खनालको अध्यक्षता तथा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालको प्रमुख आतिथ्यता तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्यद्धय जिवलाल भुसाल र रुपलाल पन्थीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम वोल्दै प्रमुख अतिथी डा इन्द्र ढकालले संगठनले गरेको कामको प्रशंसा गर्दे आफनो अधिकारको रक्षा गर्ने आफुले दिने सेवामा बिषेश ख्याल गरि गुनासो नआउने तरिकाले…

विशेषज्ञ डाक्टर ग्रामीण भेगमा जानैपर्ने मापदण्ड बनाउछौं :मन्त्री कार्की

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले दुर्गममा डाक्टर जान नमान्ने रोग भएको बताएका छन् । बिहीबार गुल्मी अस्पताल तम्घासमा नसर्ने रोगको छुट्टै क्लिनिक (पेन प्लस क्लिनिक) को उद्घाटन गर्दै मन्त्री कार्कीले विशेषज्ञ डाक्टर दुर्गममा जानै नमान्ने रोग भएको बताएका हुन् । कार्कीले गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर अभाव रहेको प्रसंगमा गुल्मीमा अलिक कम भए पनि रुकुम र रोल्पामा डाक्टर जानै नमान्ने गरेको बताए । ‘जिल्ला अस्पतालहरूमा विशेषज्ञ डाक्टरको अभाव छ,’ उनले भने, ‘दुर्गममा डाक्टर नजानै रोग नै भएको छ ।’ कार्कीले यस विषयमा प्रदेशबाट जनशक्ति पदपुर्ति गर्ने…

पाल्पामा सरकारी अस्पतालको आकस्मिक र अप्रेसन कक्ष भवन बन्दै

स्वास्थ्यसमाचार/पाल्पा अस्पतालको आकस्मिक र अप्रेसन कक्ष लागि भवन निर्माण कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको ५० लाख र अस्पताल विकास समितिको २० लाख लगानीमा भवन निर्माण हुन लागेको हो । असार १५ गते भित्र सक्ने गरी ५६ लाख २५ हजार एक सय ७३ रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएर काम अघि बढेको अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो । अहिले आकस्मिक र अप्रेसन कक्ष नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालबाट फर्काउनुपर्ने बाध्यता रहेको छ । भवन निर्माण भएपछि सेवा विस्तारमा सहज हुने अध्यक्ष आत्रेयले विश्वास व्यक्त गर्नुभयो । भवनको…

पूर्व स्वास्थ्य मन्त्री तथा सांसद दीपक बोहराको उपचारको क्रममा निधन

स्वास्थ्यसमाचार/पूर्व स्वास्थ्य मन्त्री समेत रहेका सांसद दीपक बोहराको निधन भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा  )का वरिष्ठ नेता समेत रहेका बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो । उनी रुपन्देही क्षेत्र नम्बर – ३ बाट निर्वाचित सांसद हुन् । कोभिड – १९ महामारीको दोस्रो लहर चलेका बेला ९जेठ २०७७० संक्रमणमा परेका थिए । त्यसपछि उनी बोल्न नसक्ने अवस्थामा पुगेका थिए । चिकित्सकहरुले पोस्ट कोभिड समस्याले गर्दा यस्तो भएको बताउने गरेका थिए । पोष्ट कोभिडबाट स्वर भासिएको बोहोराको पछि घाँटीको क्यान्सर देखिएको बताइएको थियो । परिवारले उपचारका लागि बोहोरालाई…

सेती अस्पताललाई संघीय अस्पतालमा परिणत गर्न संघीय सरकारलाई पत्राचार

स्वास्थ्यसमाचार/सुदूरपश्चिम सरकारले सेती प्रादेशिक अस्पताललाई संघीय अस्पतालमा परिणत गर्दै सञ्चालन गर्न संघीय सरकारलाई पत्राचार गरेको छ। सुदूरपश्चिम सरकारको गत ६ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सेती अस्पताललाई संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गरेको हो । सुदूरपश्चिम प्रदेश सरकार मातहत सञ्चालित सेती प्रादेशिक अस्पताललाई सो अस्पतालमा कार्यरत जनशक्ति व्यवस्थापन सहित गेटा अस्पतालमा विशिष्टिकृत सेवा रहने गरी संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदको निर्णयमा भनिएको छ। मन्त्रिपरिषदको सोही निर्णय अनुसारको पत्र सुदूरपश्चिम सरकारले संघीय स्वास्थ्य मन्त्रालयलाई पठाएको छ।उक्त निर्णयसहित सामाजिक विकास मन्त्रालयबाट…