काठमान्डौ/ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनको समेत गएराति मृत्यु भयो । उक्त घटनाको प्रारम्भिक अनुसन्धानमा छोराछोरीलाई पहिले केही वस्तुले सास थुनेर हत्या गरी महर्जनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले घटनाको प्रकृति हेर्दा उनले नै छोराछोरीको हत्या गरी त्यसपछि घरको चार तलाबाट हाम्फालेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको जानकारी दिनुभयो । शव परीक्षणको रिपोर्टपछि मृत्युको यकीन कारण भन्न सकिने उहाँको भनाइ छ । उहाँले घटनाका कारणबारे सबै…
अस्पताल
राष्ट्रिय कर्मचारी संगठन (निजामति) लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समिती द्धारा भेटघाट तथा चियापान
स्वास्थ्यसमाचार/अखिल नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय कर्मचारी संगठन निजामति लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिका अध्यक्ष अमिर राईको अध्यक्षता लुम्बिनी प्रदेशका पुर्ब समाजिक बिकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै माओवादी लुम्बिनीका अध्यक्ष तथा पुर्ब सामाजिक बिकास मन्त्री सुदर्शन बरालले बर्तमान स्वास्थ्य क्षेत्रको अबस्था कर्मचारीका समस्या तथा अब पार्टीले गर्न थालको कामका बारेमा जानकारी गराउनु भएको थियो।उहाँले अस्पताल बिकास तथा बिस्तारमा सबैसँग हातेमालो गरेर अघिबढनु पर्ने बताउनु भयो। हामी समाजिक बिकास मन्त्री हुदा हामीले…
लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको क्षयरोग अन्तका लागि “प्रतिबद्धता”
स्वास्थ्यसमाचार/लुम्बिनी इन्टरनल मेडिसियन सोसाईटी को प्रथम अधिवेशनद्वारा क्षयरोग अन्तका लागि एउटा प्रतिबद्धता जनाएको छ । बुटवलमा सम्पन्न LIMS को प्रथम अधिवेशनको पहिलो भागमा राष्टिय क्षयरोग कार्यक्रम सम्बन्धी भएको CME शेशनका प्रमुख वक्ताहरूको रूपमा राष्टिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ र सेभ द चिल्ड्रेनका बरिष्ठ प्राविधिक सल्लाहकार डा. आशिष श्रेष्ठले क्षयरोग कार्यक्रमको रणनैतिक लक्ष्य, प्रिभ्यालेन्स सर्भेको को वारेमा बोल्नु भएको थियो। उहाले नेपालमा बार्षिक अनुमानित क्षयरोगका विरामी संख्या (६९हजार देखी १लाख १७ हजार सम्म), त्यो अनुसार नेपालले गरेको प्रगती तथा चुनौती, क्षयरोग निदान र केश व्यवस्थापनमा भएका नयाँ पहलहरू…
लुम्बिनी इन्टरनल मेडिसिन सोसाईटी अध्यक्षमा डा.पौडेल निर्वाचित
स्वास्थ्यसमाचार/ लुम्बिनी इन्टरनल मेडिसिन सोसाईटी अध्यक्षमा डा विष्णुप्रसाद पौडेल निबिरोध निर्वाचित हुनु भएको छ। बुटबलमा आज भएको मेडिसिन सोसाईटी प्रथम अधिवेशनले डा पौडेलको अध्यक्षतामा समिति निबिरोध भएको हो । इन्टरनल मेडिसिन सोसाईटी बरिष्ठ उपाध्यक्ष डा नन्दु प्रसाद पाठक उप सभापति डा महेश राज घिमिरे महासचिव डा सरोज थापा सचिवमा डा कृष्ण कुमार अग्रवाल कोषाध्यक्षमा डा बिशाल के.सी.सह कोषाध्यक्षमा डा शम्भु खनाल सदस्यमा डा मोहनलाल तिवारी सुन्दर पान्डे डा तिलचन्द पान्डे डा. मनिष बि.क डा कृष्ण खनाल डा आकाश शाही सदस्य भएको निर्वाचन समितिका संयोजक गुणनिधि खनालले बताउनु भयो। नवनिर्वाचित अध्यक्ष…
पाल्पामा १७ हजार बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने
स्वास्थ्यसमाचार /पाल्पामा दादुरा–रुबेला खोप लगाउने दुई चरणमा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय पाल्पाले १० पालिका मध्ये ५ पालिकामा पहिलो चरणमा फागुन १३ गते १६ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा जिल्लाको तानसेन, रिव्दीकोट, बगनासकाली, रैनादेवी छहरा, माथागढी र तिनाउ गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले वताउनु भयो। यस्तै, दोस्रो चरणअन्तर्गत फागुन २१ गतेदेखि २४ गतेसम्म रामपुर, रम्भा, पूर्व खोला र निस्दी गाउँपालिकामा अभियान सञ्चालन हुने डा गिरीले बताउनुभयो ।अभियान सुरु गर्नुअघि जिल्लास्तरीय सूक्ष्म रुपमा योजना बनाउने, स्वास्थ्यकर्मीहरूलाई तालिम…
घटेको छैन लुम्बिनी प्रदेशमा मातृ तथा नवजात शिशु मृत्युदर
स्वास्थ्यसमाचार /राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाख जिवित जन्ममा १ सय ५१ जना आमाहरूको मृत्यु हुने गरेको पाइएको छ । जुन नेपालको तथ्यांक हो । नेपालमा सबै भन्दा बढि लुम्बिनी प्रदेशमा मातृमृत्यु हुने प्रदेशमा देखिएको छ ।स्वाथ्य निर्देशनालय लुम्बिनीको तथ्यांक अनुसार प्रदेशमा १ लाख जिवित जन्ममा मा २ सय ७ जना आमाको ज्यान गुमाउने गरेको पाइएको हो ।जुन सबैभन्दा बढि लुम्बिनी प्रदेशमा रहेको छ । स्वाथ्य निर्देशनालय दाङका अनुसार सबैभन्दा दुर्गम मानिने सुदुरपश्चिम र कर्णालीमा भन्दा पनि बढी आमाहरूको मृत्यु हुने गरेको तथ्याङ छ। जिल्ला अनुसारको…
स्वास्थ्यमन्त्री द्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल, लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको एक समारोहबीच बिहीबार उद्घाटन गरेका छन् । सिविन नेपाल र फोरुट नर्वेको सहकार्यमा मानसिक अस्पतालमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ शैयाको छ । जसमध्ये ६ वटा शैया जनरल र ६ वटा शैया सेमी जनरल छन् । इकाईमा मनोचिकित्सक, नसिङ, विशेष शिक्षक, समाजिक कार्यकर्ता गरि ३० जना कर्मचारीले सेवा प्रदान गर्ने छन् । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यको उचित सुविधा प्राप्त गर्न नसक्दा…
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बर्थिङ सेन्टर पिआइसियु सुरु
स्वास्थ्यसमाचार/ बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष(पिआईसियु) सेवा सुरु भएको छ। बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले कक्षको उद्घाटन गर्नु भयो। परिवारका सदस्यहरू र विशेषज्ञ सहित बच्चा जन्माउने सुविधा सहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक सी को पहिलो तल्ला र २८ दिन देखि १४ वर्ष सम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक सी तेस्रो तल्लाबाट यो सेवा प्रदान गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताउनु भयो। उद्घाटन पश्चात् आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मन्त्रालयले प्रदेशका १३…
लुम्बिनीमा दादुरा–रुबेलाको खोप ११ लाख बढीलाई लगाइने
स्वास्थ्यसमाचार/सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारले प्रतिबद्धता जनाएपनि कोभिड–१९को महामारी र अन्य कारणहरुले गर्दा नेपालमा पछिल्लो समय बालबालिकाहरूमा दादुरा रुबेलाको महामारी देखिएको छ । कोभिड–१९ ले गर्दा नेपालमा दादुरा रुबेलाको खोप लगाउन छुटेका बालबालिकाहरुको संख्यामा बृद्धि भई २०७९/०८० मा दादुराको महामारी देखिएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले जनाएको छ । लुम्बिनी प्रदेश पूर्ण खोप प्रदेश घोषण भएपनि २०७९ मंसिर ३ देखि २०८० पुष १५ गतेसम्म दादुरा रुबेलाको महामारीको रुपमा सबै भन्दा धेरै बिरामी बाँकेमा फेला परेको थियो । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार बाँकेमा ३ सय…
बेवारिसे शिशुको प्यूठान अस्पतालमा छैठी गरिदिए स्वास्थ्यकर्मीले
स्वास्थ्यसमाचार/प्यूठान अस्पतालमा कार्यरत चिकित्सकले फरक काम गरे । अस्पतालमा रहेकी नवजात शिशुको जन्मिएको ६ दिन पुगेको अवसरमा स्वास्थ्यकर्मीले उनको छैठी गरिदिए । बेवारिशे अवस्थामा माघ १७ गते प्यूठान नगरपालिका ४ जुम्रिमा भेटिएकी नवजात शिशु जन्मिएको छ दिन पुगेको अवसरमा प्यूठान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले उनको छैठी गरिदिएका हुन् । शिशुको जन्म भएको छ दिनमा उसको भबिष्य लेखिन्छ रे । सबै परिवारले हिन्दु संस्कार अनुसार शिशु जन्मिएको छ दिनका दिन छैठी गरिदिने परम्परा छ । यो शिशुको अहिले बाबु आमा जे भनेपनि यहाँका स्वास्थ्यकर्मी हामी नै हौ । त्यसैले परिवारको जिम्मेबारी सम्झिएर शिशुको छैठी गरिदिएको प्यूठान अस्पतालकी ओसीएम…