मर्चवारमा ट्याक्टर पल्टिदा २६ जना घाइते भीम र सिटीमा उपचार हुदै

स्वास्थ्यसमाचार/रुपन्देहीको मर्चवारमा ट्याक्टर दुर्घटना हुंदा २६ जना घाइते भएका छन् । जिल्लाको कोटहीमाइ गाउँपालिका वडा नं ५  दुई मुहानमा श्रीमद भागवत महायज्ञको लागि जल लिन गएको लु १ त ५५४७ नं ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक मनोहर भट्टले जानकारी दिए ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा सावित्रा यादव र उर्मिला यादव रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको ट्याक्टरको चालक फरार रहेकोले खोजी कार्य जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक :